तस्विर समाचार

नेपालबाट जापान आउनुअघि लजालु सृष्टि “वाशोई, वाशोई” भन्दै “तेन्जिनसाई जोसेई ओमिकोशी” को “गल मिकोशी” मा ६० किलोको पोलमा झुण्डिएको झोला उठाउन सक्ने भइन

नेपालको बागलुङ जिल्लाको गलकोट रिश्मीबाट जापान आउनुअघि नै सृष्टि सापकोटा लजालु र कसैसंग कुराकानी नगर्ने स्वभावकी थिइन । त्यसैले १८६ जना आवेदकहरूबाट सबै महिला "गल मिकोशी" पोर्टेबल श्राइन परेडका लागि ८० सहभागीहरूको चयन प्रक्रियामा २३ वर्षीया किशोरीलाई आफ्नो परिचय दिन समेत गाह्रो भयो।अन्य प्रतिस्प्रधीले खुसीसाथ आफ्नो बारेमा अभिव्यक्ति राख्दा सापकोटाले किन उक्त परेडमा सम्मिलित हुन चाहन्थे भनेर मात्र पनि बताउन सकिनन् ।"म चिन्तित थिएँ, धेरै नर्भस भएकोले बोल्ने शब्दहरू फेला पार्न समेत सकिन," बिगतको स्मरण गर्दै उनले जुलाई ८ को… पुरा पढौ

विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख दिइने

वैदेशिक रोजगार बोर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ। यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो। यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय… पुरा पढौ

मकवानपुरमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु, ६ जना बेपत्ता

मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ । अक्कल बहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी ,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता… पुरा पढौ

जापान पुगेकी प्रेमिकाले समय नदिँदा मलेसियामा रहेका प्रेमीलाई तनाव भएपछि…

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका म्याग्दीको मंगला गाउँपालिका– ५ सिर्कुमका २७ वर्षीय प्रकाश जैसी भन्ने प्रकाश विकलाई साइबर ब्यूरोले इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल झिकायो । ब्यूरोमा परेको जाहेरीका आधारमा ४ महिनाअगाडि इन्टरपोल नेपाल शाखामार्फत ‘रेडकर्नर नोटिस’ जारी गरी साउन १४ गते नेपाल झिकाइएको थियो । प्रहरीले उनलाई साउन १६ गते सार्वजनिक गर्‍यो । ‘उनीविरुद्ध साइबर अपराधको जाहेरी परेपछि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेर नेपाल ल्याएका हौं,’ साबइर ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले भने । विक ७… पुरा पढौ

जापानको ताइफुन खानुन यस हप्ता दक्षिणपश्चिमी मुख्य टापुमा पुग्ने

जापानमा चलेको खानुन ताईफुन यस हप्ताको अन्त्यमा जापानको दक्षिणपश्चिमी मुख्य टापु क्युसुमा पुग्ने अनुमान गरिएको छ । उक्त ताइफुनका कारण सम्भवतः यस क्षेत्रका केही भागहरूमा मुसलधारे वर्षाका साथै बाढी र तीव्र हावाको ल्याउने सम्भावना रहेको मौसम एजेन्सीले चेतावनी दिएको छ । ओकिनावाको दक्षिणी टापु प्रिफेक्चरको वरिपरि बिस्तारै सर्ने क्रममा रहेको ताइफुन पूर्व तर्फ अघि बढिरहेको र कागोशिमा प्रिफेक्चरको अमामी-ओशिमा टापु क्षेत्रमा यो आँधी जापान मौसम विज्ञान एजेन्सीले बताएको छ ।अमामी क्षेत्र र दक्षिणी क्युशुमा मंगलबार बिहानसम्म भारी वर्षा ल्याउने हुने… पुरा पढौ

जापानका महिलाको आयु विश्वमै सबैभन्दा लामो,पुरुष भने झरे चौथोमा

कोरोनाभाइरस महामारीबाट उल्लेखनीय रूपमा प्रभावित भई जापानी नागरिकको औसत आयु २०२२ मा लगातार दोस्रो वर्षमा घटेको स्वास्थ्य मन्त्रालयका जनाएको छ ।सार्वजनिक गरिएको तथ्यांकका अनुसार जापानी महिलाको औसत आयु गत वर्ष ०.४९ ले कमि आई ८७.०९ वर्षमा झरेको छ भने पुरुषको आयु ०.४२ वर्षमा कमी आई ८१.०५ ०.४२ पुगेको छ ।कोरोना भाइरसका कारण ४७,००० भन्दा बढीको मृत्यु भएको हुन गई औसत आयुमा फेरबदल आएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।निरन्तर गिरावटको बावजुद पनि जापानको महिलाहरूको… पुरा पढौ

विपिन केसीको प्रस्तुतिमा ‘केही हुँदैन मेरो राजालाई…’ गीत सार्वजनिक

सर्जक तथा गायक विपिन केसीको प्रस्तुति रहेको गीत ‘केही हुँदैन मेरो राजालाई…’ सार्वजनिक भएको छ । विपिनको गीतलाई चर्चित गायिका इलिना चौहान र जया देवकोटाले स्वर दिएका छन् । गीत विपिन केसी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीत माया गर्ने जोडीको पीडालाई समेटेर तयार पारिएको छ । जीवन सँगै जिउने सपना बुनेर बिहे गरेको प्रेमील जोडीको दुर्घटनाले लुटिएको खुसीलाई शब्दमार्फत बोलिएको गीत निकै मार्मिक बनेको छ । एकअर्काप्रतिको माया तथा ‘केयर’ले सुन्दर बनिरहेको जीवनमा प्रेमी दुर्घटनामा पार्दा सबै सकिएको… पुरा पढौ

सर्वोच्चको आदेशले माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न बाटो खुल्यो

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ। सर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णयमा संलग्नमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव कुमार नेपालमाथि पनि तानिने सम्भावना बढेको हो।  ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश आएको हो । सर्वोच्चको आदेशसँगै ललिता निवास जग्गा प्रकरणमा… पुरा पढौ

गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिले दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिले आगामी सेप्टेम्बर ११ तारिकका दिन जापानको कान्साइमा दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको क्षेत्रीय समिति कान्साइले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको क्षेत्रीय अध्यक्ष रामु साहनीले बताए ।खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको… पुरा पढौ

जापानमा जन्मेका र हुर्केका विदेशी नाबालिगहरूलाई जापानमा नै बस्नको लागि विशेष अनुमति दिने

जापान सरकारले जापानमा जन्मेका र हुर्केका विदेशी नाबालिगहरूलाई जापानमा नै बस्नको लागि विशेष अनुमति दिने घोषणा गरेको छ।यस घोषणाले जापानमा जन्मे र हुर्के पनि बासिन्दाको हैसियत नभएका निर्वासनको सामना गरिरहेका विदेशी नागरिकका १४० बालबालिकालाई जापानमा बस्न विशेष अनुमति दिइने भएको हो । सरकारले मानवीय आधारमा विशेष उपाय लागू गर्ने निर्णय गरेको बताएको हो।जापानमा जन्मेर हुर्केका तर बसोबासको हैसियत नपुगेका १८ वर्ष मुनिका विदेशी नागरिकका बालबालिका र तिनका परिवारलाई स्वविवेकको हिसावले जापानमा बस्न दिइने न्यायमन्त्री ताकेरु साइतोले शुक्रबार विशेष पत्रकार सम्मेलनमा… पुरा पढौ