तस्विर समाचार

कोरोना महामारीपछि जापानको बेरोजगारी दर २.५ प्रतिशतमा झर्यो, गतवर्ष मात्र ६ करोड ८५ लाखले जागिर पाए 

जापानको बेरोजगारी अघिल्लो महिनाको तुलनामा जुन महिनामा २.५ प्रतिशतमा झरेको छ । एक महिना अघिको २.६ प्रतिशतमा रहेको बेरोजगारी दर जुन महिनामा कोरोनाभाइरस महामारीको कम प्रभावको कारण तल झरेको हो । रोजगारीमा महिला कामदारहरूको संख्या रेकर्ड-उच्च ३०.६५ मिलियन पुगेको सरकारी तथ्याङ्कले मंगलबार देखाएको छ। रोजगारी उपलब्धता अनुपात मे देखि ०.०१ बिन्दुबाट १.३० मा झरेको छ । जीवन खर्चको सामना गर्न काम खोज्ने भएकोले रोजगार प्रस्तावहरूको संख्या उस्तै बढेको छ । तथ्याङ्कले प्रत्येक १०० जागिर खोज्नेहरूका लागि १३० जागिरहरूका आवेदनहरू आउने… पुरा पढौ

मनोरन्जन भिसामा जापान प्रवेशका नियम थप सहज बनाइयो 

जापानले अन्तर्राष्ट्रिय सास्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न मनोरञ्जन भिसाको नियमहरू सहज बनाएको छ । कोरोनाभाइरस महामारीबाट प्रभावित अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गर्न मंगलबारदेखि मनोरन्जन भिसाका लागि गायक, अभिनेता र एथलीटहरूलाई लामो समयसम्म रहन र कार्यक्रम स्थलहरूको फराकिलो दायरामा प्रदर्शन गर्न सहज पार्दै आवश्यकताहरू सहज बनाएको जापानी सञ्चार माध्यम क्योदो न्यूजले जनाएको छ ।परिवर्तित नियम अनुसार जापान भ्रमणको क्रममा प्रत्येक दिन ५ लाख येन ($ 3,500) वा सो भन्दा बढी कमाउनेहरूले कलाकारहरूलाई ३० दिनसम्म देशमा बस्न अनुमति दिने भएको छ । यस… पुरा पढौ

आङ सान सुची र राष्ट्रपति मियन्टलाई क्षमादान, सजाय मात्रै घट्ने, रिहा नहुने

सन् २०२१ को फेब्रुअरीमा सैनिक विद्रोहपछि पक्राउ परेकी म्यानमारकी नेतृ आङ सान सुचीलाई लगाइएका आरोपमध्ये केहीमा क्षमादान दिइएको छ। जेलबाट निकालेर घरमै नजरबन्द गरिएको केही दिनपछि त्यहाँको सैनिक सरकारले सुची र राष्ट्रपति विन मियन्टको केही सजायमा क्षमादान दिएको हो।  ७८ वर्षीया सुचीलाई गत सोमबार जेलबाट नेपिडावस्थित सरकारी भवनमा सारिएको थियो। नोबेल शान्ति पुरस्कार विजेता सुची यस वर्षको जुनसम्म घरमै नजरबन्दमा थिइन्, त्यसपछि उनलाई एकान्त कारागारमा सारिएको थियो।  म्यान्मारको सेनाले फेब्रुअरी २०२१ को कूपछि दुवैजनालाई लेजमा हालेको थियो। सुचीलाई १९ अपराधका… पुरा पढौ

जापानको तीन सहरमा नेपथ्य गुन्जिदै, कन्सर्टमा हाउसफुल हुने गरि टिकट बिक्री भएको आयोजकको भनाई

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको लोकरक ब्याण्ड नेपथ्यले जापानको तीन सहरमा लोकरक गुञ्जाउने छ ।राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरुमा आफुलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली यसै अगस्त महिनाको पहिलो साता जापान आउन लागेको भिजोनिया कम्पनीका निर्देशक सुभाष लामिछानेले जानकारी दिए ।“नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफुलाई प्रस्तुत गर्नेछ ।” लामिछानेले भने-“ब्याण्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा… पुरा पढौ

समानान्तर एनआरएनए दर्ता गर्न सर्वोच्चको आदेशपछि खैलाबैला

काठमाडौँ । सर्वोच्च अदालतले समानान्तर एनआरएनए (गैरआवासीय नेपाली सङ्घ) दर्ता गर्न बाटो खुला गरिदिएसँगै सो संस्थामा हल्लीखल्ली मच्चिएको छ ।  सङ्घका पूर्व उपाध्यक्ष सोनाम लामाको रिट निवेदनका आधारमा सर्वोच्चले समानान्तर संस्था दर्ता गर्न आदेश दिएसँगै हल्लीखल्ली मच्चिएको हो ।  विश्वभर रहेका नेपालीहरूको साझा संस्थाको रूपमा रहेको एनआरएनए अब सर्वोच्चको आदेशसँगै छिन्नभिन्न हुने खतरा बढेको उनीहरूको चिन्ता छ ।  कतिपयले एनआरएनएभित्रको सिन्डिकेट प्रथा र बढ्दो राजनीतिको परिणामस्वरूप यस्तो अवस्था आइपुगेको पनि टिप्पणी गरेका छन् ।  एनआरएनएका उपाध्यक्ष हेमराज शर्माले सर्वोच्चको फैसलाले… पुरा पढौ

सर्वोच्चको फैसलाले एनआरएनएको भविष्य संकटमा

सर्वोच्च अदालतले समानान्तर एनआरएनए खोल्न सक्ने फैसला गरेको छ । यस फैसला पछि एनआरएनएमा अब के होला भन्ने कौतुहलता बढेको छ । गैरआवासीय नेपाली सम्बन्धि ऐनको दफा १६ र नियमावलीको दफा १२ मा कम्तिमा २५ देशमा बसोबास गर्ने ५० जना गैरआवासीय नेपालीहरुको निवेदन दिएमा संघ दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । यसै दफालाई टेकेर एनआरएनका पुर्व उपाध्यक्ष सोनाम लामाले एनआरएनए जस्तै सँस्था दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । यस निवेदनबारे मन्त्रालयले कुनै जवाफ नदिए पछि लामाले सर्वोच्चको… पुरा पढौ

मोडल तुलशा कटुवालको अभिनय रहेको “प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोस” गीतको भिडियो सार्वजनिक

काठमाण्डौँ , साउन १३ । कलाकार तथा मोडल तुलशा कटुवाल शाक्यको अभिनय रहेकोे आधुनिक गीत प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोसको भिडियो सार्वजनिक भएको छ । ओएसआर मुभिज युबट्युब च्यानलबाट सार्बजनिक गरेको प्रत्येक पाईला चाल्दा गीतमा आवाज भने तिर्थ राज पोखरेल र ममता गुरुङ्गले दिएकी छिन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्टर सार्वजनिक गर्दै प्रत्येक पाईला चाल्दा गीतको भिडियो चाडैँ नै बजारमा ल्याउने उक्त गीतका मोडल तथा कलाकार तुलशाले जानकारी गराएकी थिइन । उक्त… पुरा पढौ

एनआरएन जापानको अध्यक्षमा अत्यधिक मतका साथ नविन निउरे विजयी, सबैको भावनालाई समेटेर समन्वय र सहकार्यमा काम गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२३–२०२५ को कार्यकालका लागि भएको निर्वाचनमा नविन निउरेले अध्यक्षमा बाजी मारेका छन् ।आइतबार सम्पन्न अनलाईन भेरो भोटिङ नामक प्रणालीबाट भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी संगीता अधिकारी सुवेदीलाई पछि पार्दै २ हजार ९ सय ५५ मत प्राप्त गरि आगामी कार्यकाल २०२३-२५ का लागि अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।कुल ७ हजार १ सय ६८ मतदाता रहेकोमा ५ हजार ४ सय ४८ खसेको मत मध्य निकटतम प्रतिस्पर्धी सुवेदीले १२ सय २० मत प्राप्त गर्दा… पुरा पढौ

एनआरएनए जापानमा आगामी कार्यकालको लागि चयनका लागि आईतबार निर्वाचन हुदै (अनलाईन भोटिङ तरिका सहित)

गैरआवासीय नेपाली संघ एनआरएनए जापान नयाँ कार्यसमिति २०२३-२५ चयनका लागि आईतबार अनलाईन भोटिंग मार्फत निर्वाचन हुदैछ। निर्वाचन समिति संयोजक डम्बरराज पौडेलका अनुसार अनलाईन भोटिङ्गका लागि सबै तयारी पुरा भएको छ।अनलाईन भोटिगं प्रणाली “भेरो भोटिङ्ग प्रणाली” मार्फत पहिलो पटक हुन लागेको निर्वाचनमा फेस भेरिफिकेशनबाट मतदाताले आफ्नो मतदान प्रयोग गर्न पाउने छन् । एनआरएनए जापानले निर्धारित समयमा तोकिएको मापदण्ड पुरागरि प्रमाणीत भएका ७१६८ जनाले विभिन्न पदका २२ जनालाई चयन गर्ने छन्।अमेरिका अस्ट्रेलिया लागायतका देशमा सफलता पुर्बक प्रयोग भईसकेको भेरो भोटिङ्ग प्रणालीमा सबै… पुरा पढौ

बागलुङको पातीहाल्ने जङ्गलमा मानव कङ्काल फेला

बागलुङमा सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकैको जङ्गलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिए । शव कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न समस्या परेको उनको भनाइ छ ।  पातीहाल्ने जङ्गलमा पुगेका स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो ।'शव कङ्काल बनिसकेको छ, धेरै दिन अगाडि मृत्यु… पुरा पढौ