जापानको ताइफुन खानुन यस हप्ता दक्षिणपश्चिमी मुख्य टापुमा पुग्ने

-


     जनहित न्युज    
     श्रावण २२ गते २०८०


जापानमा चलेको खानुन ताईफुन यस हप्ताको अन्त्यमा जापानको दक्षिणपश्चिमी मुख्य टापु क्युसुमा पुग्ने अनुमान गरिएको छ । उक्त ताइफुनका कारण सम्भवतः यस क्षेत्रका केही भागहरूमा मुसलधारे वर्षाका साथै बाढी र तीव्र हावाको ल्याउने सम्भावना रहेको मौसम एजेन्सीले चेतावनी दिएको छ ।

ओकिनावाको दक्षिणी टापु प्रिफेक्चरको वरिपरि बिस्तारै सर्ने क्रममा रहेको ताइफुन पूर्व तर्फ अघि बढिरहेको र कागोशिमा प्रिफेक्चरको अमामी-ओशिमा टापु क्षेत्रमा यो आँधी जापान मौसम विज्ञान एजेन्सीले बताएको छ ।
अमामी क्षेत्र र दक्षिणी क्युशुमा मंगलबार बिहानसम्म भारी वर्षा ल्याउने हुने अपेक्षा गरिएको छ।आँधीले पछि उत्तरतर्फ दिशा परिवर्तन गर्नेछ र बुधबार क्युसुको मुख्य टापुमा पुग्ने अपेक्षा गरिएको छ। एजेन्सीका अनुसार ताइफुनले पूर्वी र पश्चिमी जापानमा आवधिक भारी वर्षाको सम्भावना पनि राखेको छ।

सोमबार बिहान ११ बजेसम्म ताइफुन अमामी-ओशिमा टापुको उत्तर-उत्तर पूर्व दिशामा यसको केन्द्रमा ९७० हेक्टोपास्कलको वायुमण्डलीय चापको साथ सर्दै प्रति घण्टा १४४ किलोमिटरको वायुको वेगमा आएको छ ।
अमामी क्षेत्र र दक्षिणी क्युसुमा २४ घण्टाको अवधिमा मंगलबार बिहान ६ बजेसम्म ३०० मिलिमिटर र पश्चिमी शिकोकु क्षेत्र र मध्य टोकाइ क्षेत्रमा २५० मिलिमिटरसम्म वर्षा हुने एजेन्सीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?