जापानका महिलाको आयु विश्वमै सबैभन्दा लामो,पुरुष भने झरे चौथोमा

-


     जनहित न्युज    
     श्रावण २२ गते २०८०


कोरोनाभाइरस महामारीबाट उल्लेखनीय रूपमा प्रभावित भई जापानी नागरिकको औसत आयु २०२२ मा लगातार दोस्रो वर्षमा घटेको स्वास्थ्य मन्त्रालयका जनाएको छ ।
सार्वजनिक गरिएको तथ्यांकका अनुसार जापानी महिलाको औसत आयु गत वर्ष ०.४९ ले कमि आई ८७.०९ वर्षमा झरेको छ भने पुरुषको आयु ०.४२ वर्षमा कमी आई ८१.०५ ०.४२ पुगेको छ ।कोरोना भाइरसका कारण ४७,००० भन्दा बढीको मृत्यु भएको हुन गई औसत आयुमा फेरबदल आएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।
निरन्तर गिरावटको बावजुद पनि जापानको महिलाहरूको आयु विश्वव्यापी रूपमा हेर्दा सबैभन्दा लामो रहेको छ । त्यसपछि महिलाको दक्षिण कोरियामा ८६.६ वर्ष र स्पेनको ८५.८३ वर्ष औसत आयु रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
विश्वव्यापी रूपमा पुरुषको औसत आयु तुलना गर्दा जापान तेस्रो स्थानबाट चौथो स्थानमा झरेको छ। ८१.६ वर्ष रहेर स्विजरल्याण्ड पहिलो, ८१.३४ वर्षमा स्वीडेन दोस्रो र ८१.३० वर्षमा अष्ट्रेलिया तेस्रो स्थानमा रहेका छन ।
सन् २०१० र २०११ पछि पहिलो पटक जापानीहरूको आयु लगातार दुई वर्षसम्म घटेको हो।
मन्त्रालयका एक अधिकारीले लगातार दोस्रो वर्ष गिरावट “असामान्य” भएको बताए तर कोभिड-१९ महामारीको प्रभाव घट्दै गएपछि यो सङ्ख्या फेरि बढ्ने सम्भावनालाई उद्धृत गर्दै यो प्रवृत्ति जारी रहने सम्भावना नरहेको धारणा व्यक्त गरे।

महामारीको दोस्रो वर्षमा, जापानमा करिब ४७,६०० मानिसको कोरोनाबाट मृत्यु भएको थियो।
मृत्युदरको अवस्था अपरिवर्तित रहेको अनुमान गर्दै मन्त्रालयले २०२२ मा जन्मेका महिलाको भविष्यमा भाइरसका कारण मृत्यु हुने सम्भावना ३.०३ प्रतिशत र पुरुषमा ३.२८ प्रतिशत रहेको अनुमान गरेको छ, जुन २०२१ मा गणना गरिएको प्रतिशतभन्दा दोब्बर हो।
गत वर्षका नवजात शिशुमध्ये ८७.९ प्रतिशत केटी र ७५.३ प्रतिशत केटा ७५ वर्षसम्म बाँच्ने अनुमान गरिएको थियो भने ४९.८ प्रतिशत र २५ दशमलव ५ प्रतिशत ९० वर्ष पुग्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।
सन् २०२२ मा जन्मेका ४२.१० प्रतिशत महिला र ४७.१२ प्रतिशत पुरुष क्यान्सर, मुटु रोग वा सेरेब्रोभास्कुलर रोगबाट मृत्यु अनुमान गरिएको छ ।
क्यान्सर वा अन्य कुनै पनि रोग मृत्युको कारण नभएको अवस्थामा महिलाहरू औसतमा थप ५.०७ वर्ष र पुरुष ६.११ वर्षसम्म बाँच्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?