तस्विर समाचार

म्याग्दी प्रवासी नेपाली संघ (मोना) को केन्द्रीय अध्यक्षमा जापानबाट ददिवल खड्काको दाबी

म्याग्दी प्रवासी नेपाली संघ (मोना) को केन्द्रीय अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले आफ्नो दाबी पेश गरेका छन ।करिव ३ दशकदेखि जापानमा बस्दै आएका खड्काले संस्थालाई गति दिनका लागि अब आफुले मोनाको नेतृत्व लिने सहि बेला आएकोले अध्यक्ष पदमा दाबी गरेको बताएका हुन । हङकङ, युरोप, न्युजिल्याण्ड, कोरिया, अमेरिकाले नेतृत्व सम्हालिसकेको र अहिलेसम्मका अध्यक्षहरु सबै जिल्लाको दक्षिणी भेगबाट भैसकेको र जिल्लाको भेगीय हिसाबले भन्ने पनि उत्तरीभेगले पाउनुपर्ने जिकिरसहित अब मोनाको नेतृत्व जापानले पाउनुपर्ने खड्काको दाबी रहेको छ । मोनाको संस्थापक… पुरा पढौ

समन्वयात्मक सहकार्यका लागि एनआरएनए जापानले सेप्टम्बर १० तारिक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने

जापानमा रहेका संघ संस्था र सरोकारवाला निकायसँग समन्वयात्मक सहकार्य तथा मानवीय सहयोग अन्तरगतका कार्यमा एकरूपता कायम गर्नका लागि एनआरएनए जापानले सेप्टम्बर १० तारिक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।टोकियोको शिन ओकुबो स्थित सोलमारीको मुरा हलमा नेपाली दूतावास, एनआरएनए जापान, जापानमा रहेका सामाजिक संघ संस्था र समाजसंग नेपालीहरूलाई केन्द्रित गरि सहयोग र सेवा प्रदान गर्न एकरूपता ल्याउने उद्देश्यले साझा योजना तय गर्नका लागि वृहत अन्तरक्रियाको आयोजना गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए ।‘एनआरएनए जापानले जापानमा क्रियाशिल… पुरा पढौ

एनआरएनए यूरोप उपसंयोजकमा डेनमार्कका शैलु अधिकारीको उम्मेदवारी

कोपनहेगन, गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप क्षेत्रीय उपसंयोजकमा डेनमार्ककै शैलेन्द्र अधिकारी (शैलु)ले उम्मेदवारी दिने भएका छन् । संघको एघारौँ गैर आवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म (१७ – २० अक्टोबर, २०२३) सम्म काठमाडौँमा आयोजना हुदैछ । उनी डेनमार्क राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निवर्तमान अध्यक्ष हुन् । युरोप क्षेत्रका एनआरएनएकर्मी माझ परिचित छन् । यूरोप क्षेत्रका एनसिसिहरुसंग समन्वय तथा सहकार्य गर्न गरेर अघि बढ्ने अधिकारीले बताएका छन् । छिट्टै आफ्नो प्रतिबद्धतापत्र सहित… पुरा पढौ

एनआरएनए आइसीसीका प्रवक्ता सोम सापकोटाले एकताबद्द पारदर्शी र संगठित साझा एनआरएनए बनाउन उप महासचिवमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी १७–२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३–२५ कार्यकालका लागि वर्तमान प्रवक्ता सोम सापकोटए केन्द्रीय उप महासचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् ।सङ्घको स्थापनाकालदेखि नै सक्रिय सापकोटाले एकताबद्द पारदर्शी र संगठित साझा एनआरएनए बनाउनका लागि योगदान दिनका लागि उनले सो पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका बताएका हुन ।नेपालमा गैरआवासीय नेपाली सङ्घ मध्यमबाट ईलाइबेरी स्थापना, पर्यटन प्रवर्द्धन, बैदेशिक रोजगार साथै लगानीमार्फत रोजगारी लगायतमा क्षेत्रमा भूमिका खेलेका सापकोटाले विश्वभरि छरिएर रहेका प्रवासी नेपालीहरूलाई एउटै… पुरा पढौ

जनैपूर्णिमामा मात्र किन? हरेक साता क्वाँटी खाउँ

महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ ।जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो ।क्वाँटीलाई नेवारी समुदायमा ‘क्वाँती’ भन्ने गर्छन् । यही तिथिलाई भारतमा रक्षाबन्धन भनेर मनाउँने चलन छ । तर, क्वाँटी खाने चलन भने नेपालमा मात्र छ ।क्वाँटी मा केराउ, भटमास, मास, मुँग, चना, बकुल्ला, सानो केराउ लगायत नौ प्रकारका गेडागुडी समावेश गरिन्छ… पुरा पढौ

आज देशभर जनैपुर्णिमा, रक्षाबन्धन मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए,… पुरा पढौ

विदेश जानेका लागि तीन दिनभित्र ‘स्मार्ट लाइसेन्स’

काठमाडौं । सवारी साधनको ईम्बोस्ड नम्बर, ट्रायलदेखि लाइसेन्सका विभिन्न विषयले यातायात क्षेत्रको व्यवस्थापन बाक्लै विवादमा आउने गरेको छ । त्यसमाथि अतिरिक्त आम्दानीको विषयले पनि यो निकाय आरोपक्त हुन सकेको छैन । यद्यपि विदेश जानेका लागि स्मार्ट लाइसेन्स सहज बनाइएको, यथेष्ट मौज्दात लाइसेन्स रहेको मात्र हैन, ट्रायलमा पारदर्शिता अपनाएर सुधार प्रयास गरिएको दावी सरकारी अधिकारीको छ । ९ महिनादेखि लाइसेन्सको पर्खाइमा रहेका लाक्पा लामा वैदेशिक रोजगारीमा जान लागेपछि ३ दिनमा हातमा लाइसेन्स आएपछि खुशी भएका छन । नेपाल यातायात व्यवस्था विभागले… पुरा पढौ

हिरोशिमा नेपाली कम्युनिटी जापानले “हिरोशिमा तीज धमाका-२०२३”गर्ने

नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ‘हिरोशिमा तीज धमाका २०२३ आयोजना हुने भएको छ । नेपाली परम्परा र रितिरिवाजलाई निरन्तरता दिन र प्रवासमा रहेका नारीलाई हरितालिका तिजको नियास्रो मेटाउने उदेश्यका साथ हिरोशिमा नेपाली कम्युनिटी जापानले हिरोशिमा तीज धमाका २०२३ कार्यक्रम गर्न लागिएको समितिका सचिव बिपिन केसीले जानकारी दिए । नेपालदेखि आउने लोक दोहोरी क्षेत्रका कलाकारसहित तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने गरि गरिन लागिएको कार्यक्रममा सुमन थापा, प्रदेशी गायक सूर्य खड्काको प्रस्तुति रहने समितिका अध्यक्ष रवि गैरेले जानकारी दिए ।… पुरा पढौ

दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टिम दर्ताका लागि आग्रह

गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइले आगामी सेप्टम्बर ११ तारिक सोमबारका दिन आयोजित दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम सहभागिताका लागि आग्रह गरेको छ ।गत वर्षदेखि राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन र प्रवासमा रहेका खेलाडीको क्रियाशिलताका लागि प्रतियोगिता संचालन गर्दै आएको क्षेत्रीय समिति कान्साइले यस वर्ष आयोजना गरिएको दोस्रो गलकोट कप प्रतियोगिताका लागि जापानमा रहेका भलिबल खेलसंग सम्बन्ध राख्ने खेलाड़ी, क्लब, समूह, समाज र संस्थालाई सेप्टम्बर ९ तारिकसम्म टिम दर्ताका लागि अनुरोध गरेको हो ।‘क्षेत्रीय समिति कान्साइले आयोजना गर्न… पुरा पढौ

जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

काठमाडौं। भाषा परीक्षा उत्तीर्ण (पास) को नक्कली कागजात (डकुमेन्ट) बनाएर जापानमा प्रशिक्षार्थी कामदार पठाएको शंकामा वैदेशिक रोजगार विभागले २५ म्यानपावर कम्पनीविरुद्ध छानबिन प्रक्रिया अगाडि बढाएको छ। भाषा परीक्षामा पास भएको संख्याभन्दा श्रम स्वीकृति लिने संख्या बढी देखिएपछि विभागले छानबिन समिति बनाएर अध्ययन अगाडि बढाएको हो। विभागका सूचना अधिकारी कविराज उप्रेतीले जापानमा प्रशिक्षार्थी कामदार पठाउँदै आएका म्यानपावरमध्ये २३ देखि २५ कम्पनीमाथि छानबिन सुरु भएको जानकारी दिए। अहिले ती म्यानपावर कम्पनीसँग जापान पठाएको संख्या विवरण सात दिनभित्र बुझाउन पत्राचार गरिएको छ। कतिले… पुरा पढौ