नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ‘हिरोशिमा तीज धमाका २०२३ आयोजना हुने भएको छ ।
नेपाली परम्परा र रितिरिवाजलाई निरन्तरता दिन र प्रवासमा रहेका नारीलाई हरितालिका तिजको नियास्रो मेटाउने उदेश्यका साथ हिरोशिमा नेपाली कम्युनिटी जापानले हिरोशिमा तीज धमाका २०२३ कार्यक्रम गर्न लागिएको समितिका सचिव बिपिन केसीले जानकारी दिए ।
नेपालदेखि आउने लोक दोहोरी क्षेत्रका कलाकारसहित तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने गरि गरिन लागिएको कार्यक्रममा सुमन थापा, प्रदेशी गायक सूर्य खड्काको प्रस्तुति रहने समितिका अध्यक्ष रवि गैरेले जानकारी दिए ।
“कार्यक्रममा नेपालबाट आउने आमन्त्रित कलाकारहरुको भिषाको प्रकृया पुरा भैसकेको र कार्यक्रम सेप्टेम्बर १३ तारिखका दिनमा हिरोशिमाको स्काई प्लाज़ा योकोगावा हलमा हुनेछ ।” अध्यक्ष गैरेले भने- नेपालको झल्को मेटाउने उद्धेश्यले आयोजित तिज धमकामा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि समेत अनुरोध गर्दछु ।