एनआरएनए आइसीसीका प्रवक्ता सोम सापकोटाले एकताबद्द पारदर्शी र संगठित साझा एनआरएनए बनाउन उप महासचिवमा उम्मेदवारी घोषणा

-


     जनहित न्युज    
     भाद्र १५ गते २०८०


गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी १७–२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३–२५ कार्यकालका लागि वर्तमान प्रवक्ता सोम सापकोटए केन्द्रीय उप महासचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
सङ्घको स्थापनाकालदेखि नै सक्रिय सापकोटाले एकताबद्द पारदर्शी र संगठित साझा एनआरएनए बनाउनका लागि योगदान दिनका लागि उनले सो पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका बताएका हुन ।
नेपालमा गैरआवासीय नेपाली सङ्घ मध्यमबाट ईलाइबेरी स्थापना, पर्यटन प्रवर्द्धन, बैदेशिक रोजगार साथै लगानीमार्फत रोजगारी लगायतमा क्षेत्रमा भूमिका खेलेका सापकोटाले विश्वभरि छरिएर रहेका प्रवासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्दै संस्थालाई साझा संगठन बनाउन उम्मेद्धारी दिएको बताएका हुन ।
‘संस्थाले सोचे अनुरुप काम गर्न सकेको छैन।’ उप महासचिब पदमा उम्मेदवार घोषणा गरेका वर्तमान प्रवक्ता सापकोटाले भने- “प्रवास बस्ने नेपालीहरूको साझा सङ्गठन निर्माणमा क्रियाशील गराउन र सङ्घको केन्द्रीय कार्यालयबाट जेजति डेलिभरी हुनुपर्ने हो त्यो दिन नसकेको अवस्थामा त्यसको व्यवस्थापनका लागि मेरो उम्मेदवारी हो ।”
अब बन्ने नयाँ समितिले भए गरेका कमजोरी सच्चाएर सबै प्रवासीकाबीचमा भाइचाराको सम्बन्ध कायम गराउन आफू लागिपर्ने प्रतिवद्दता समेत सापकोटाले व्यक्त गरे ।
फरक प्रसंगमा, नेपाली संस्कृति र नेपाली रैथाने खानेकुरालाई प्राथमिकतामा राख्नु पर्ने बताउने सापकोटाले नेपाली सेलरोटी लगायत रैथाने खानालाई बिदेशी सामु परिचित गराउने योजना पनि बनाएका छन ।
नेपालमा आउने पर्यटकको बसाइ बढाएर दैनिक गर्ने खर्च पनि बढाउन आवश्यक कार्य गरिनुपर्ने बताउने उनले नेपालको बारेमा छरिएका भ्रमलाई चिर्न संस्था र सरकारले सहकार्य गर्नुपर्नेमा उनको जोड छ ।

सन २००६ देखि बिभिन्न सामाजिक सेवाको काममा सक्रिय हुँदै आएका सापकोटा २००६ मा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्य परिषद् पोर्तुगलको सदस्य हुँदै २००८ मा गैरआवासीय नेपाली संघ डेनमार्कको अध्यक्ष हुँदै सापकोटा सन् २०११–२०१३ सम्म सङ्घको केन्द्रीय सदस्य सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा अन्तर्राष्ट्रिय समन्वय परिषदको सहकोषाध्यक्षमा निर्वाचित भै कार्यसम्पादन गरि सकेका छन ।
पेशा, ब्यावसाय र अवसरको खोजिमा नेपालबाट विश्वका विभिन्न देशमा रहेका नेपालीहरुकोबीचमा नेपालीहरुको हक हितको संरक्षण गर्दै भाइचाराको सम्बन्ध स्थापित गर्दै आफूले सिकेको सीप र पूँजीलाई पुन : नेपालमा भित्राउने उद्येश्यले स्थापित गैरआवासीय नेपाली सङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन अक्टोवर १७ देखि २० (असोज ३० गतदेखि कार्तिक ३ ) गतेसम्म काठमाडौँमा हुँदैछ । ५९ देशबाट अधिबेसनमा ४१ सय ७६ प्रतिनिधि सहभागी रहने छन् ।

Flyer-Nepali

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?