
कोपनहेगन, गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप क्षेत्रीय उपसंयोजकमा डेनमार्ककै शैलेन्द्र अधिकारी (शैलु)ले उम्मेदवारी दिने भएका छन् ।
संघको एघारौँ गैर आवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म (१७ – २० अक्टोबर, २०२३) सम्म काठमाडौँमा आयोजना हुदैछ ।
उनी डेनमार्क राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निवर्तमान अध्यक्ष हुन् । युरोप क्षेत्रका एनआरएनएकर्मी माझ परिचित छन् ।
यूरोप क्षेत्रका एनसिसिहरुसंग समन्वय तथा सहकार्य गर्न गरेर अघि बढ्ने अधिकारीले बताएका छन् । छिट्टै आफ्नो प्रतिबद्धतापत्र सहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् ।
‘एनआरएनए युरोपको डिआरसीमा उम्मेदवार बन्नेछु, विशेष योजना सहित छिट्टै घोषणा गर्नेछु’ शैलुले भने, ‘युरोपमा अझै बलियो र शसक्त एनआरएनए बनाउन मेरो जोड रहनेछ ।’ एनआरएनए युरोपमा एकजना क्षेत्रीय संयोजक र ३ जना उपसंयोजक विजयी हुने व्यवस्था छ ।