तस्विर समाचार

एनआरएनए चुनावी नजिकियो,नेतृत्वको लागि केसी, आरके र श्रेष्ठ भिड्दै

संसारभर फैलिएका नेपालीलाई एकै मालामा उन्ने उद्देश्य लिएको ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) विगत २ वर्षदेखी अस्तब्यस्त छ । वितेको २ वर्ष विर्सन लायक बनेको एनआरएनएलाई फेरी पुरानै विरासतमा फर्काउने कोशिश भैरहेको छ । झण्डै १ महिनापछि हुने घोषणा गरिएको महाधिवेशनले संस्थालाई फेरी ठिकठाक बनाउने एनआरएनए अभियन्ताहरुको दाबी छ । वितेका २ वर्षमा एनआरएनए २ वटा बन्यो । ४ जना अध्यक्ष भए । राम्रो विरासत भएको संस्था लथालिङ्ग बन्यो । यसभन्दा बढी बिग्रन दिन नहुने भन्दै फेरी एनआरएनए अगुवाहरु जुर्मुराएका… पुरा पढौ

‘विदेशमा बस्ने नेपालीका नागरिकतादेखि श्रमिक तथा दोस्रो पुस्ताका मुद्दा कार्यान्वयन गर्न एनआरएनएमा मेरो नेतृत्व आवश्यक छ ।’ राजेन्द्रकुमार (आरके) शर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचन नजिकिए सँगै उम्मेदवारी घोषणाले पनि तिव्रता पाउन थालेको छ । जापानका व्यावसायी तथा उपाध्यक्ष महेशकुमार श्रेष्ठले काठमाडौंमा उम्मेदवारी घोषणा गरिरहदा अर्का मध्यपूर्वमा रहेर सफल व्यावसायी बनेका उपाध्यक्ष राजेन्द्रकुमार(आरके) शर्माले कतारबाट औपचारिक रुपमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।कतारमा आयोजित एक कार्यक्रममा ५७ संस्थालाई साक्षी राखेर शर्माले ०२३-०२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।नेपाल महिला समाज कतार र एनआरएनए एनसीसी कतार महिला विभाग समन्वयमा ५७ वटा संघसंस्थाको आयोजनामा भएको तीज कार्यक्रममा शर्माले… पुरा पढौ

सोमबार हुने “तीज फेस्टिवल” को सबै तयारी पूरा

टोकियो,जापान । हिन्दू धर्मावलम्बी नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा कोकोरो इन्टरटेन्टमेन्ट र कानागावा नेपाली कम्यूनिटीको संयुक्त आयोजनामा सोमवार गर्न लागिएको “तीज फेस्टिवल” को सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् ।टोकियोको कामतामा रहेको चर्चित नेपाली रेष्टुरेन्ट चौतारो रेष्टुरेन्टको साझेदारितामा हुन लागेको सो महोत्सवको सह-आयोजकमा नवलपुर समाज-जापान र भिजिट नवलपुर रहेका छन् ।कार्यक्रममा नेपाली गीत-संगीतमा विशिष्ट पहिचान बनाएका चर्चित गायक रमेशराज भट्टराई, अर्जुन सापकोटा र सुशीला गौतमसहित जापानमा रहेर संगीतकर्म गरिरहेका गायक/गायिका अनि सर्जकहरू परदेशी गायक सूर्य खड्का, बाला… पुरा पढौ

‘सत्ता शक्तिको भरमा गैर आवासीय नेपाली संघ अब प्रभावित हुँदैन‘ एनआरएनए कार्यकारी अध्यक्ष डा बद्री केसी

सत्ता शक्तिको भरमा गैर आवासीय नेपाली संघ प्रभावित नभइ आगामी कार्यकालको लागि हुने निर्वाचन कसैले रोक्न नसक्ने दाबी कार्यकारी अध्यक्ष डा बद्री केसीले गरेका छन ।एनआरएनए जापानले शुक्रबार टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जापान भ्रमणमा रहेका कार्यकारी अध्यक्ष डा केसीले विगतका अनुभवहरूबाट पाठ सिक्दै अक्टोबरमा हुने निर्वाचन मतदान प्रक्रियाबाट अघि बढ्ने स्पष्ट पार्दै सो कुरा बताएका हुन ।एनआरएनएको कुनै कालखण्डमा विगतको अवस्था आउनुपर्ने थियो र आयो । डा केसीले भने- ‘भावनाले सस्था चल्दा एकैदिन सकिन पनि सक्ने भएकोले अब… पुरा पढौ

एनआरएनए आईसीसी अध्यक्षमा महेश श्रेष्ठको औपचारिक उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा साथै आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।आगामी १७-१९ अक्टोबर काठमाडौंमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई बर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि शुक्रबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । सो अवसरमा उनले आगामी दुई बर्षको लागि पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरे । समारोहमा संघको… पुरा पढौ

नेपालमा जाइकाको गाडीमाथि भएको ढुंगा प्रहारमा जापानी राजदूतावासले आपत्ति जनायो

नेपालस्थित जापानी राजदूतावासले जाइका नेपालका प्रमुख ओकुबो आकिमिचुलाई लक्षित गरी ढुङ्गा प्रहार भएकोप्रति आपत्ति जनाएको छ। दूतावासले आज एक विज्ञप्ति जारी गर्दै आकिमिचुलाई लक्षित गरी ढुंगा प्रहार गर्दा उनी घाइते भएको र उनको सवारीसाधन क्षति भएको जनाएको छ।  प्रदर्शनकारीहरूले जाइका प्रमुख आकिमिचुलाई काठमाडौंमा ढुङ्गा प्रहार गरेको बताएपनि घटनाबारे दूतावासले थप बताएको छैन। प्रहरी स्रोतका अनुसार बुधबार त्रिचन्द्र क्याम्पस अगाडि उनीमाथि ढुंगा प्रहार भएको थियो।  दूतावासले अग्रणी भूमिका खेल्ने जाइकाका प्रतिनिधि नै यस्ता घटनामा घाइते हुनु अत्यन्तै खेदजनक भएको टिप्पणी गरेको छ। ‘लोकतन्त्रमा… पुरा पढौ

आयरल्याण्डको लिम्रिकमा नेपाली कम्युनिटी लिम्रिकले तिजको शुभकामना कार्यक्रम गर्यो

नेपाली कम्युनिटी लिम्रिकले नेपाली हिन्दु नारीहरुको चाड हरितालिका तिजको अवसरमा तिजको शुभकामना कार्यक्रम भएको छ ।आयरल्याण्डको लिम्रिकमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका लिम्रिक सिटीका मेयर आजाज तालुक्दरले विदेशी सस्कृतिलाई आफ्नो देशमा देख्न र अवलोकन गर्न पाएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै नेपाली नागरिकलाई केहि समस्या परेमा आफुले सक्दो सहयोग गर्न तयार रहेको बताएका थिए । विशिष्ट अतिथिको रूपमा रहेका विदेश नागरिक लिम्रिक काउन्सिलर अल्सा ओदोनोभानले यस्ता कार्यक्रमले दुई देशको सस्कृति आदानप्रदान गर्न सहयोग पुर्याउने भएकोले व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि… पुरा पढौ

एनआरएनएमा सहमति, सहकार्य र एकताको लागि रोबिन्द्रप्रसाद श्रेष्ठ ‘गोविन्द’ को उपाध्यक्ष पदमा उम्मेदवारी

‘विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजी स्वदेशको विकास र समृद्धिमा हाम्रो लगानी’ भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघको आगामी कार्यकाल २०२३-२०२५ लागि जापानमा सफल व्यवसायी र सामाजिक व्यक्तित्वको छवी बनाएका रोबिन्द्रप्रसाद श्रेष्ठ ‘गोविन्द’ ले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रम कार्यान्वयनको लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको श्रेष्ठले बताए । “एनआरएनए अभियानमा क्रियाशील रहि… पुरा पढौ

११ टिमलाई पछि पार्दै दोस्रो गलकोट कप भलिबल प्रतियोगिताको उपाधि घुम्टे युवा परिवार जापानले उचाल्यो 

दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२३ को उपाधि गलकोट स्पोर्ट्स क्लब टोकियोलाई २ का विरुद्ध ० सेट आफ्नो पक्षमा पार्दै घुम्टे युवा परिवार जापानले उपाधि चुमेको छ ।गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइ ओसाकाद्वारा आयोजित सेप्टेम्बर ११ तारिख जापानको Osaka, Sakai, Sakai Ward, Ohama Kitamachi, 5 Chome−7−1 मा रहेको खेल मैदानमा सम्पन्न उक्त भलिबल प्रतियोगितामा भएको फ़ाइनलमा गेमको सोझो २ सेट आफ़नो पक्षमा पार्दै उपाधी चुम्न सफल भएको हो । प्रतियोगिताको रमाइलो पक्ष विजेता टिम घुम्टे युवा परिवार… पुरा पढौ

संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।  बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिए को थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍य ाइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्व ाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उनको पार्थिव शरीर घर लैजाने तयारी… पुरा पढौ