तस्विर समाचार

१६ बुँदे साझा निष्कर्ष निकाल्दै एनआरएनए जापानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न,एक साझा फोरमको निर्माण हुने

जापानबासी नेपालीहरु बीच विद्यमान साझा समस्याहरुको संयुक्त रुपमा सम्बोधन गर्न एक साझा फोरमको निर्माण गरिने भएको छ ।गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आइतबार जापानको टोकियोमा सम्पन्न ‘जापानमा रहेका संघ संस्थासँग समन्वयात्मक सहकार्यका लागि अन्तरक्रिया’ कार्यक्रमबाट उक्त फोरम निर्माण गरेर नेपालीको वृहत्तर हितको लागि समन्वयकारी भूमिका गर्दै मानवीय समस्या समाधानमा केन्द्रित रहने निचोड निकालिएको हो । साझा फोरमको निर्माणका लागि भुषण घिमिरे, तिलक मल्ल, डा. बलराम श्रेष्ठ, जिज्ञानकुमार थापा र सालिकराम भण्डारी रहेको एक कार्यदल गरि उक्त कार्यदलको… पुरा पढौ

दोस्रो गलकोट कप भलिबल प्रतियोगितामा १२ समूहले सहभागी जनाउने, टाईसिट सार्वजनिक

गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइ ओसाकाद्वारा आयोजना गरिन लागेको दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा १२ समूहले सहभागी जनाउने भएका छन ।Osaka, Sakai, Sakai Ward, Ohama Kitamachi, 5 Chome−7−1 मा रहेको खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका १८:०० बजेसम्म सञ्चालन हुने सो प्रतियोगिताको आईतबार सार्वजनिक गरिएको टाईसिट(Fixture) अनुसार १२ समूहलाई समेटिएको खेल संयोजक नारायण भण्डारीले जानकारी दिए ।नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि संस्थाले यसपटक दोस्रो संस्करणको रूपमा प्रतियोगिता… पुरा पढौ

मोरक्को गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौँ । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेकाहरु धेरै मानिसहरुले दोस्रो दिनको रात पनि खुल्ला आकास मुनि बिताएका छन् । शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८… पुरा पढौ

घुम्टे युवा परिवार जापान शाखाद्वारा मल्मको विपन्न परिवारलाई आर्थिक सहयोग

सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाद्वारा मल्मको विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । बागलुङको गलकोट नगरपालिका–७ मल्म टोकरीका जंग बहादुर चोखालको परिवारलाई संस्थाको सक्रियतामा जापानमा संकलित रकम ३ लाख ४७ हजार ३ सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।गलकोट नगरपालिका–७ का वडा अध्यक्ष राज बहादुर थापा, घुम्टे युवा परिवार केन्द्रिय समिति अध्यक्ष थम्मन थापा सन्देश र जापान शाखाका सदस्य प्रकाश थापाले रकम संयुक्त रुपमा जंग बहादुर चोखाल र उनकी धर्मपत्नी मोती चोखाललाई हस्तान्तरण गरेका थिए ।रकम हस्तान्तरण कार्यक्रममा बोल्दै… पुरा पढौ

पाल्पा समाज जापानको तेस्रो अधिवेशन अक्टुबर ८ तारिक हुने

जापानमा रहेका पाल्पालीहरुको संस्था पाल्पा समाज जापानको तेस्रो अधिवेशन आउदो अक्टुबर ८ तारिखका दिन टोकियोमा हुने भएको छ । टोकियो शिनओकुबोस्थित बारकाडे रेष्टुरेन्टमा हुने सो अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन गर्नुका साथै भावी कार्ययोजना तथा संस्थागत रणनीतिहरु तय गर्ने कार्यक्रम रहेको अध्यक्ष निरञ्जन गैरेले बताए । संस्थापक अध्यक्ष गैरेका अनुसार पाल्पा जिल्लाबाट जापान आई विभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान र रोजगारीमा संलग्न पाल्पालीहरुलाई एकताबद्ध गराउँदै प्रवासका भईपरिआउने समस्याहरुको संस्थागत तवरले समाधान गर्ने र गृहजिल्लामा पनि सक्दो मानवीय… पुरा पढौ

गल्कोट समाज जापान क्षेत्रीय समिति नागोयाले दर खुवाउने कार्यक्रम गर्ने

नेपाली नारीहरुको चाड हरितालिका तीजको अवसरमा गल्कोट समाज जापान क्षेत्रीय समिति नागोयाले शुभकामना आदान प्रदानका साथ दर खुवाउने कार्यक्रम गर्ने भएको छ । जापानको नागोया क्षेत्रमा बसोबास गर्ने दिदीबहिनीहरूलाई सेप्टेम्बर १४ तारिकका दिन तिजको अवसरमा शुभकामना आदान प्रदानका साथमा दर खुवाउने कार्यक्रम गर्न लागिएको क्षेत्रीय समितिका अध्यक्ष अजय थापाले जानकारी दिए । जापानमा रहेका दिदीबहिनीहरुको विशेष सहभागितामा दिदी बहिनीहरुलाई मनोरन्जनसगै शुभकामना आदान प्रदान गरि आत्मीयता, सद्भाव बढाउदै रितीरिवाज, सस्कृतिलाई जगेर्नाका लागिकेहि योगदान पुगोस भन्ने हेतुले कार्यक्रम आयोजना गरिएकोले उपस्थितिको लागि… पुरा पढौ

कटुवाल प्रथामा प्रविधिको प्रयोग

बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रूपमा थियो ।  गाउँलेको भेलाले दुई-दुई वर्षमा गाउँमा नयाँ कटुवाल बनाउने प्रचलन अहिले पनि छ । विज्ञानको युगमा पनि पुरानै संस्कार, परम्परा र प्रथालाई अङ्गाल्नु कतिपयले गलत भन्दै आएका छन् भने कतिपयले नेपाली समाजको पहिचानका रूपमा लिएका छन् । खास गरी कटुवाल दलित, जनजाति तथा न्यून वर्गका व्यक्तिलाई बनाइँदै आएको पाइन्छ ।… पुरा पढौ

गलकोट समाज जापानको १८ औ वार्षिक साधारण सभा सम्पन्न

जापानमा रहेका सक्रिय सामाजिक संघ सस्था मध्यको गलकोट समाज जापानको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्य गरेर जापानमा छुट्टै पहिचान बनाएको समाजले आफ्नो स्थापनाकालमै पहिलो पटक सेप्टेम्बर ५ तारिक सम्पन्न साधारण सभामा विधान संशोधन, वार्षिक कार्यक्रमको तर्जुमा, विगतका कार्यक्रमको समिक्षा समाजलाई योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । विभिन्न पेशा,व्यावसाय, अध्ययन लगायतका लागि जापानभित्र रहेका सम्पूर्ण गलकोटबासी लगायत यस समाजप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई संगठित गर्दै एकापसमा अविच्छिन्न पारस्परिक सम्बन्ध, भातृत्व, सद्भाव, सहयोग र… पुरा पढौ

एनआरएनए जापानद्वारा हटलाइन टेलिफोन सञ्चालन, अत्यावश्यक समस्या, जरुरी सूचना जानकारीको लागि मात्र उपयोग गर्न आग्रह

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा रहेका नेपालीको लागि हटलाइन टेलिफोन सार्वजनिक गरेको छ ।जापानमा रहदा नेपालीलाई परेका समस्या अप्ठ्यारा र सूचना जानकारी आदानप्रदानको सहजताका लागि उपयोग हुने गरि हटलाइन टेलिफोन सेवा संचालनमा ल्याइएको एनआरएनए जापानले जनाएको छ ।भाषा, भैपरी आउने मानवीय सहयोग, दैनिक जीवनमा परेका समस्याको सुनवाई र कार्यान्वयनका लागि हटलाइन टेलिफोन सार्वजनिक गरेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए । उनका अनुसार +८१ ८० ६३५२ ८२८६ नम्बरको टेलिफोन नम्बर एनआरएनए जापानको हटलाइन टेलिफोन रहेकोले अत्यावश्यक… पुरा पढौ

लोपोन्मुख हुँदै गएको चौतारी चिन्ने, वरपिपल रोप्ने प्रतिक्षालय निर्माण गर्ने कार्य गरे गल्कोटका बुढाथोकी परिवारले

ग्रामिण क्षेत्रमा लोपोन्मुख हुँदै गएको चौतारी चिन्ने, वरपिपल रोप्ने प्रतिक्षालय निर्माण गर्ने कार्यलाई पुर्स्थापित गर्नको लागि गल्कोट नगरपालिका ८ कॅाडेवास बिर्कोटका बुढाथोकी परिवार लागि परेको छ ।स्वस्तपूर्त रूपमा सामाजिक सेवाको लागि टिकाबहादुर बुढाथोकीको परिवारले बिरकोटको लाकुरीबोटमा करिब साढे चार लाखको लगानीमा प्रतिक्षालय,पानीको धारा,चौतारो निर्माण र वरपिपल रोपण गरेका छन ।आफ्नो क्षेत्रमा समाजसेवीको पहिचान बनाएको टिकाबहादुर बुढाथोकीको परिवारले बिगतदेखि समाजमा रचनात्मक कार्यहरू आएकोमा हालै प्रतिक्षालय,पानीको धारा र चौतारो निर्माण गरेको हो । बाजे लालबहादुर बुढाथोकी,बज्यै भिमा बुढाथोकीको स्मृतिमा बाबा टिकाराम बुढाथोकी,… पुरा पढौ