गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोद्वारा आयोजित ‘तिज धमाका २०२३’ को तयारी पुरा, कलाकार प्रीति, भागिरथ र सिता जापान आईपुगे

-


     जनहित न्युज    
     भाद्र ३० गते २०८०


गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले तिजको अबसरमा गर्न लागेको ‘तिज धमाका २०२३’ को तयारी पुरा भएको छ ।
हरेक वर्ष आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष पनि नेपालबाट आमन्त्रित कलाकारहरू प्रीति आले, भागिरथ चलाउने र सिता परियार जापान आइसकेको र अन्य व्यवस्थापकीय कार्य सम्पन्न भएको समितिका अध्यक्ष राजु बस्नेतले जानकारी दिए ।
सिन कामाताको हलमा (144-0054 Ichome 18-16 Shinkamata, Ota City ) हुन लागेको ‘तिज धमाका-२०२३ ’ का लागि आवश्यक सामग्री व्यवस्थापन, कलाकार आगमन लगायतका काम सम्पन्न भैसकेको छ । अध्यक्ष बस्नेतले भने- नेपालमै रहेर तिज मनाइरहेको झल्को दिने कार्यक्रम गर्न आवश्यक तयारी गरेका छौ ।

तीजको दिनमा नै आयोजना गरिएको र जापानमा समेत सार्वजनिक विदा भएकोले पनि उपस्थिति उत्साहजनक हुने विश्वास आयोजकले लिएको छ । कार्यक्रम अपरान्ह ३:३० बजेदेखि सुरु हुने बताईएको छ ।
चाडपर्वको अवरसरमा आयोजना गरिने कार्यक्रमले प्रवासमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी भाईचारा, सद्भाव र एकता क़ायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण तथा नया पुस्तामा नेपाली सस्कृति पुस्तान्तरण गर्न सहयोगी हुने भएकोले कार्यक्रम गर्न लागिएको सचिव दिपक सुवेदीले गराए ।
नेपालका प्रख्यात र स्टेज पफर्मेन्सका लागि चर्चित कलाकारहरूको प्रस्तुति सेप्टेम्बर १८ तारिख अर्थात् सोमबारका दिन नेपालीहरुको बाक्लो उपस्थिति रहेको क्षेत्र कामातामा कार्यक्रम हुने भएकोले जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीलाई उपस्थितिको लागि उपाध्यक्ष दिनेश थापाले आग्रह गरे।
जापानमा पनि तिजको कार्यक्रमलाई नेपाल कै झल्को दिने गरि यस पटकको तिज धमाका २०२३ हुनेमा हामी विश्वस्त छौ । उपाध्यक्ष थापाले भने- विगतका वर्षहरुमा जस्तै यस पटक पनि टोकियोबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले कार्यक्रमलाई सफल पार्न सहयोग हुनेमा कान्तो समिति पूर्ण रूपमा विश्वस्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?