
नेपाली कम्युनिटी लिम्रिकले नेपाली हिन्दु नारीहरुको चाड हरितालिका तिजको अवसरमा तिजको शुभकामना कार्यक्रम भएको छ ।
आयरल्याण्डको लिम्रिकमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका लिम्रिक सिटीका मेयर आजाज तालुक्दरले विदेशी सस्कृतिलाई आफ्नो देशमा देख्न र अवलोकन गर्न पाएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै नेपाली नागरिकलाई केहि समस्या परेमा आफुले सक्दो सहयोग गर्न तयार रहेको बताएका थिए ।

विशिष्ट अतिथिको रूपमा रहेका विदेश नागरिक लिम्रिक काउन्सिलर अल्सा ओदोनोभानले यस्ता कार्यक्रमले दुई देशको सस्कृति आदानप्रदान गर्न सहयोग पुर्याउने भएकोले व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आग्रह गरेका थिए ।
नेपाली महिलाहरू साड़ीमा सजिएर कार्यक्रममा सहभागिता देखिदा नेपालमैं रहेर तिज मनाएको झल्को मेटिएको उपस्थित महिलाहरूले प्रतिक्रिया दिएका थिए । रोचक पक्ष त के भयो भने कार्यक्रममा विदेशी महिलाहरू पनि नेपाली नारीको पोशाक सारीमा सजिएर आएका थिए । कार्यक्रममा स्थानीय कलाकार ज्ञानसिंह पुनले दिएको प्रस्तुतिले सबैलाई नचाएका थिए । तिजका गीतमा नृत्यसहित दर पनि खुवाइएको थियो ।

कार्यक्रमलाई मनोरन्जनात्मक बनाउनका लागि म्युजिकल कुचि दौड, महिला पुरुष कपल व्यालुन रेस र लक्की चिटा कार्यक्रम समेत गरिएको थियो । उक्त प्रतियोगितामा विजेता हुनेलाई पुरस्कृत समेत गरिएको गरिएको त्यहाबाट हिमाल कंडेलले जानकारी दिए ।
संस्थाका अध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यसमिति सदस्य सुर्य पराजुलीले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष प्रजया न्यौपाने स्वागत मन्तव्य व्यक्त गरेकी थिइन ।
