
ह्योगो प्रान्तको हिमेजी सहरमा राष्ट्रिय राजमार्गमा मंगलबार बिहान पाँच नेपाली सवार कार पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
१९ गते बिहान करिब ३ः३० बजे हिमेजी सहरको शिकाहिगाशी–चोमा पार्टटाइम काम सकेर फर्किदै गरेका पाँच जना नेपाली सवार गाडी सडक़ छेउको बारसँग ठोक्किएर पल्टिदा एक जनाको मृत्यु भएको जापानी संचारमाध्यमले जनाएका छन ।
दुर्घटनामा पछाडिको सिटमा सवार २० वर्षका एक व्यक्ति गाडीबाट खसेर करिब ४ मिटर तल नदीमा खसेर मृत्यु भएको बताईएको छ ।
अन्य तीन जना पुरुष र महिला चोटपटक लागि घाइते भएको बताईएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।घटनाको विस्तृत विवरण आउन बाँकी रहेकोले शवको सनाखात पश्चात थप समाचार राखिने छ ।