
काभ्रेमा जन्मेका सत्याल काठ्माण्डौको मिनभवन कलेजबाट उच्च शिक्षा पास गरेपछि उचित गन्तव्यको रूपमा जापान प्रवेश गरे । भाषा विद्यार्थीको रुपमा २००३ मा जापान प्रवेश गरेका उनले प्राविधिक कलेजबाट दिक्षित भएपछि जापानी कम्पनीमा व्यवस्थापकको रूपमा जागिर सुरु गरे । इण्डियन खानाको चेन चलाइरहेको कम्पनीमा उनले १० बर्ष रोजगारी गरेपछि अब आफैंले केहि गर्न पर्छ भनेंर रेष्टुरेण्ट व्यवसाय संचालनमा ल्याए ।
जागिरको सुरुवाती दिनबाटै साहित्यिक गतिविधि र एनआरएनए अभियानमा जोडिएका उनी , व्यवसायिक छलाङ सगंसगैं परोपकारी सामाजिक कार्यमा सहभागी हुदैं जापानलाइ प्रतिनिधि गर्ने पात्र बनें ।
एनआरएनए जापानको क्षेत्रीय समिति ( कान्तो ) को उपसयोंजक, सयोंजक हुदै केन्द्रीय समिति सदस्य हुदैं अहिले आइसिसि सदस्य छन । श्रवण अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको सदस्य, कोषाध्यक्ष हुदैं उपाध्यक्ष समेत भइसकेका छन भनें पत्रकार महासंघ जापान शाखाको कोषाध्यक्ष समेत भएको अनुभव छ ।
अहिले एन आर एन ए आइसिसि सदस्य रहेका श्रवण आगामि ११ औं अधिवेशनबाट एशिया क्षेत्रीय समिति को उप-सयोंजक पदमा उमेदवारी दिने तरखरमा छन ।
जापानलाइ विगत दुइ दशक देखि कर्मथलो बनाएका सत्याल आफ्नो अनुभव र योग्यता खर्चिएर गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदलाइ सबै प्रवासी नेपालीको अपनत्व महशुस गराउने दिशामा डोर्याउने आफ्नो सपनालाइ सबैको साथ सहयोग समर्थन र मत प्राप्त गर्ने कुरामा उनी विश्वस्त देखिन्छन ।