
गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले तिजको अबसरमा गरेको ‘तिज धमाका २०२३’ कार्यक्रम सोमबार टोकियोको कामतामा सम्पन्न भएको छ ।
बिगतदेखि आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष नेपालबाट आमन्त्रित कलाकारहरू प्रीति आले, भागिरथ चलाउने र सिता परियारसहित स्थानीय कलाकार निशा क्षेत्रीको प्रस्तुतिमा कार्यक्रम सम्पन्न भएको हो ।

हरितालिका तिजको दिनमैं कार्यक्रम गरिएकोले व्यापक दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थित तयारीले गर्दा दर्शकहरू कलाकारहरूसंग रमाउन सहज भएको दर्शकहरूको प्रतिक्रिया रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि रहेकी गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले नेपालमै रहेर तिज मनाइरहेको झल्को दिने कार्यक्रम गरेर आफ़नो मौलिक सस्कृति रीतिरिवाजलाई पनि प्रवासमा भव्य बनाएकोमा खुशी व्यक्त गरिन ।

कार्यक्रमले प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुका बिचमा आपसी भाईचारा, सद्भाव र एकता क़ायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण तथा नया पुस्तामा नेपाली सस्कृति पुस्तान्तरण गर्न सहयोग पुर्याएको अध्यक्ष थापाको भनाई थियो । कार्यक्रममा गलकोट समाजका महासचिव लक्ष्मण कार्की, कल्पना खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिइन ।
कार्यक्रममा क्षेत्रीय समितिलाई विभिन्न कोणबाट सहयोग पुर्याउने व्यक्ति र संस्था र आमन्त्रित कलाकारहरूलाई सम्मान पत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष राजु बस्नेत र कार्यक्रमको संचालन सचिव दिपक सुवेदी विप्लवले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य चन्द्रकुमारी केसी र सांगीतिक कार्यक्रमको संचालन समितिका उपाध्यक्ष दिनेश थापाले गरेका थिए ।
फोटो फिचर













