तस्विर समाचार

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले टोकियोमा म्याग्दी (मोना) फेस्टिवलको आयोजना गर्ने

टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले टोकियोमा म्याग्दी (मोना) फेस्टिवलको आयोजना गर्ने भएको छ । म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक एवं पर्यटकीय गन्तब्यहरुको पहिचान एवं प्रवर्द्धन गर्ने र जिल्लामा उत्पादित कृषिजन्य तथा अन्य वस्तुहरुलाई जापानी बजारमा प्रचारप्रसार गर्ने मुलभुत उद्देश्यले उक्त फेस्टिवलको आयोजना गर्न लागिएको मोना जापानका अध्यक्ष बिशाल केसीले समुद्रपारिलाई बताए । आगामी अप्रिल महिनाको २७ र २८ तारिख हुन लागेको दुई दिवसीय फेस्टिवल टोकियोको इताबासी नगरपालिकाको सहयोग र सहकार्यमा संयुक्तरुपमा आयोजना गर्न लागिएको हो ।उक्त… पुरा पढौ

‘हामीले नेपालमा बनाएको एन्टिबडी हार्वर्ड, क्याम्ब्रिजमा अनुसन्धानमा प्रयोग हुन्छ’

‘हामीले अहिले शिखर सिफिक्स भन्ने कभर स्लिप बनाएका छौं जसलाई सेल कल्चर ल्याबहरूमा अनुसन्धानका लागि प्रयोग गरिन्छ। यो कभर स्लीप स्वीट्जरल्यान्ड, अमेरिका, यूके, जापान, चीन, भारत र सिंगापुर जस्ता देशमा प्रयोग भएको छ।’सामान्य परिवारमा जन्मिएकी बाग्लुङकी सुनीता घिमिरे गौतमले जापानको सबैभन्दा ठूलो र प्रतिष्ठित अनुसन्धान संस्था न्याशनल रिसर्च एन्ड डेभलपमेन्ट एजेन्सी (रिकेन)मा काम गर्ने अवसर पाइन्। रिकेनमा आफ्ना ११ वर्ष बिताइन्, मोलिक्यूलर बायोटेक्नोलोजीमा पीएचडी सकिन् र रिकेनको ब्रेन साइन्स इन्स्टिच्यूटबाट पोस्टडक्टरल रिसर्च गरिन्। सन् २०२० मा रसायनशास्त्रतर्फ नोबल पुरस्कार विजेता… पुरा पढौ

एनआरएनए जापानद्वारा जापानको भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानमा भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ।नयाँ वर्ष कै दिन जापानको ईशिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भुकम्प प्रभावित क्षेत्र वाजिमा र सुजुसीका शिविर मध्य दुईवटा शिविरमा रहेका ७२५ जना जापानी नागरिकलाई खाना खुवाउनुका साथै चार वटा अस्थायी शौचालय प्रदान गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए। भूकम्पको अति प्रभावित क्षेत्र मध्य शुक्रबार वाजीमा सी मिइ कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३०० जना र नजिकको… पुरा पढौ

भूकम्पका कारण जापानमा मृत्यु हुनेको संख्या २०६ पुग्यो

स्थानीय अधिकारीहरूले नयाँ वर्षको दिन इशिकावा प्रिफेक्चर र अन्य मध्य जापानका क्षेत्रहरूलाई हल्लाउने शक्तिशाली भूकम्पबाट विस्थापितहरूलाई होटेलहरू र अन्य आवासहरूमा सार्न प्रयासहरू तीव्र पारेका छन्। ७.६ म्याग्निच्युडमा गएको भूकम्पका कारण जापानमा मृत्यु हुनेको संख्या २०६ पुगेको छ। जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकअनुसार इशिकावा प्रान्तको नोतो क्षेत्रमा गएको भूकम्पका कारण प्रिफेक्चरमा २०६ जनाको मृत्यु भएको हो। उनीहरुको स्वास्थ्य अवस्था बिग्रिएका कारण मृत्यु भएको अनुमान गरिएको छ । बेपत्ताको संख्या घटेर ५२ पुगेको छ, तर भूकम्पबाट प्रभावित भएको कुनै सङ्केत नभए… पुरा पढौ

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ३ लाख जरिवाना सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बुधबार उक्त सजाय सुनाएको हो । सन्दीपबाट थप २ लाख रुपैयाँ क्षतिपूर्ति समेत गरी कुल ५ लाख रुपैयाँ भराउने फैसला भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जनाएका छन् । परिवर्तित नाम गौशाला २६ लाई जबरजस्तीकरणी गरेको अभियोगमा सन्दीपलाई दोषी ठहर गरिएको हो ।अब सन्दीपले कारागार चलान नभई उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । १३ पुसमा जिल्ला… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापानको महाधिवेशनमा सहभागी हुन प्रवास समन्वय समितिका सह इन्चार्ज र अध्यक्ष जापान आउने

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) को नवौं महाधिवेशनमा सहभागी हुनका लागि प्रवास समन्वय समितिका सह इन्चार्ज र अध्यक्ष जापान आउने भएका छन्।जनवरी २८ तारिकका दिन टोकियोको मुसासिनो स्विङ हलमा हुने उक्त महाधिवेशनलाई सम्बोधन गर्न लागि नेकपा माओवादी समर्थित प्रवास समन्वय समितिका सह इन्चार्ज लक्ष्मण पन्त र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा जापान आउन लागेको मञ्चका राष्ट्रिय समितिका महासचिव बाबुराम पौडेलले जानकारी दिए।प्रवासमा रहेका वर्गीय विचारधारा मिल्ने नेपालीहरुको संगठन नेपाली जनप्रगतिशील मञ्चमा आवद्ध प्रवासी नेपालीहरुलाई नेपालको पछिल्लो राजनीतिक अवस्थाका… पुरा पढौ

हिमालमै छैन हिउँ, पुसमै फुल्यो गुराँस

बाह्रै महिना सेताम्यै हुने यहाँका हिमालमा पनि हिउँ देखिन छोडेको छ। बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ। केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो। केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताए। उनले केही वर्षयतादेखि हिमालमा हिउँ पनि देखिन छोडेको जानकारी दिए। लालीगुराँस फुल्ने भेरी नगरपालिकाका तिमिले, डिँगा, राङ्सी, मछाइना, कुशेका पाँचकाटीया, समाइला, नलगाडको लहाँ, करुवा, डाँडागाउँ, बारेकोटका रामीडाँडालगायत गाउँमा प्रशस्तमात्रामा… पुरा पढौ

गुल्मेली समाज जापानको ५ औँ अधिवेशन, अध्यक्षमा पुनः महेन्द्र अधिकारी

गुल्मेली समाज जापानको ५ औँ अधिवेशन जनवरी ५ तारिख टोकियोमा सम्पन्न भएको छ ।५ औँ अधिवेशनले पुनः महेन्द्र अधिकारीको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। समाजको सन २०२४-२०२६ कार्यकालको लागि उपाध्यक्षहरूमा पर्शुराम न्यौपाने ,कृष्ण बाबु पोख्रेल ,कुल बहादुर पोख्रेल ,दिपक कंडेल ,ईन्द्र थापा , ज्योति केसी र महिला उपाध्यक्षमा लक्ष्मी केसी महर्जन महासचिवमा नेत्र प्रसाद पान्डेय ,सचिवहरूमा दीपेन्द्र केसी ,लक्ष्मण बस्नेत ,सुदिप सापकोट , महिला सचिव कामना भन्डारी , त्यस्तै कोषाध्यक्ष निसान जिसी (अर्जुन) सह-कोषाध्यक्ष,निरज कार्की ,तिलक विष्ट,… पुरा पढौ

जापानमा दिपकको सफलता : ‘दिपवे जापान’ को २१ औँ वर्ष प्रवेश सँगै २१ औँ शाखा सञ्चालनमा ल्याउदै

जापानमा नेपालीद्वारा सञ्चालित कम्पनी ‘दिपवे जापान’ को बिसौँ वार्षिकोत्सव सम्पन्न भएको छ । सन् २००३ सालमा स्थापना भएको कम्पनी २० औँ वर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको हो । टोकियोको मिता स्टेशनस्थित आफ्नै रेस्टुरेण्टमा एक कार्यक्रम गरी कम्पनीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका प्रमुख दीपक सुबेदीले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहक वर्ग, कर्मचारी र शुभेच्छुकलाई धन्यवाद प्रकट गरे । कुक पेशाको रूपमा जापान प्रवेश गरेर निरन्तरको लगन र मेहनतले व्यवसाय स्थापना गरेको कुराको स्मरण गर्दै जापान प्रवेशको… पुरा पढौ

पारिवारिक भेटघाटका लागि जापान आएका नेपाली दम्पतीको ओकिनवामा कारको ठक्करबाट निधन

जापानमा रहेका आफ्ना छोरा/बुहारी तथा नातीसंगको भेटघाट तथा भ्रमणमा आएका नेपाली दम्पतीको ओकिनवामा कारको ठक्करबाट दुखद निधन भएको छ। नेपाल रुकुम पश्चिम घर भएका ६२ वर्षका पदम बिष्ट र ५६ वर्षका बिष्ट लालसरीको मृत्यु भएको प्रहरीलाइ उद्दृत गर्दै एनएचकेले जनाएको छ। बिष्ट दम्पती ओकिनवामा बस्दै आएका आफ्ना छोरा भुपाल विष्ट तथा बुहारी र भर्खरै जन्मिएका नातीको मुख हेर्न २ महिना अघि मात्रै जापानको ओकिनवा आइपुगेका थिए। जापानी समाचारहरुका अनुसार,शनिबार साँझ करिब ५ः२० बजे उरासो सहरको मियागीस्थित राष्ट्रिय रुट ५८ मा… पुरा पढौ