गुल्मेली समाज जापानको ५ औँ अधिवेशन, अध्यक्षमा पुनः महेन्द्र अधिकारी

-


     जनहित न्युज    
     पौष २३ गते २०८०


गुल्मेली समाज जापानको ५ औँ अधिवेशन जनवरी ५ तारिख टोकियोमा सम्पन्न भएको छ ।५ औँ अधिवेशनले पुनः महेन्द्र अधिकारीको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति समेत चयन गरेको छ।

समाजको सन २०२४-२०२६ कार्यकालको लागि उपाध्यक्षहरूमा पर्शुराम न्यौपाने ,कृष्ण बाबु पोख्रेल ,कुल बहादुर पोख्रेल ,दिपक कंडेल ,ईन्द्र थापा , ज्योति केसी र महिला उपाध्यक्षमा लक्ष्मी केसी महर्जन महासचिवमा नेत्र प्रसाद पान्डेय ,सचिवहरूमा दीपेन्द्र केसी ,लक्ष्मण बस्नेत ,सुदिप सापकोट , महिला सचिव कामना भन्डारी , त्यस्तै कोषाध्यक्ष निसान जिसी (अर्जुन) सह-कोषाध्यक्ष,निरज कार्की ,तिलक विष्ट, युवा संयोजक निर्मल शर्मा ढकाल संगै सदस्यहरूमा , होमलाल सापकोटा ,अर्जुन भन्डारी,कृष्ण खरेल,धिरज भन्डारी ,कमल क्ष्रेष्ठ , ईश्वरी ढकाल ,शिव प्रसाद खरेल ,सरिता भन्डारी, लक्ष्मण भट्टाराई रहेका छन् ।

संस्थापक अध्यक्ष बाबुराम भन्डारीको संयोजकत्वमा कुलचन्द्र खरेल र गुणराज सापकोटा सदस्य रहेको निर्वाचन मण्डलले विधान- प्रतिवेदन माथि छलफल संगै सन २०२४-२०२६ कार्यकालको लागि नयॉं कार्यसमिति गठन प्रकृया पुरा गरेका थिए । कार्यक्रमको बन्द शत्र सचिव नेत्र पान्डेयको संचालन गरेका थिए भने सचिव कृष्णबाबु पोख्रेलको स्वागत मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीको सभापतित्वमा शुरू भएको खुल्ला सत्रमा नेपाली राजदुतावास जापानका राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यसंगै आईसिसि उपाध्यक्ष रोविन शेरचन लगायत विभिन्न संघ-संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरु, समाजसेवी,बौद्धिक व्यक्तित्वहरुका साथै गुल्मेलीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

खुल्लासत्र सचिव नेत्र पान्डेयको संचालन एवंअर्का सचिव कृष्ण बाबु पोख्रेलको स्वागत मंन्तव्य संगै नेपालका ख्याति प्राप्त कलकारहरूको प्रस्तुतिहरु सहित सम्पन्न भएको थियो ।

कार्यक्रममा, नेपालबाट आएका लोकप्रिय लोक तथा दोहोरी गायक खुमन अधिकारी,गायिका शान्ता रानि परियार संगै पुर्खे बाको प्रस्तुतिमा सॉंझ संगितमय बनेको थियो । कार्यक्रम प्रमुख अतिथि लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।(महासचिव नेत्रप्रसाद पाण्डेले तयार पारेको सम्पादित सामग्री)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?