तस्विर समाचार

दार्चुलाका विष्णु भट्ट यसरी पुगे जापानस्थित नेपाली स्कुल ‘एभरेस्ट इन्टरनेसनल’को नेतृत्वमा

सुदूरपश्चिम प्रदेशको दार्चुलाको एक गाउँमा चार दशकअघि जन्मिएका विष्णु भट्ट कालो पाटीमा कमेरोलाई कलम बनाएर लेख्दै हुर्के । सानैदेखि पढाइमा उनको औधी रुचि थियो । विष्णुले कक्षा १० सम्मको अध्ययन स्थानीय स्कुलबाटै पूरा गरे, १२ सम्मको अध्ययन भारतको पिथौरागढ जिल्लाको झुलाघाटबाट गरे । त्यसपछि कञ्चनपुरमा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतकै सिद्धनाथ विज्ञान क्याम्पसबाट बीएस्सी पूरा गरे र केही समय स्थानीय एक विद्यालयमा शिक्षण गरे । अध्ययन गर्ने उनको चाहना सकिएकै थिएन । केही समयपछि थप अध्ययनका निम्ति काठमाडौं प्रवेश गरे । २०५९ सालमा त्रिभुवन विश्वविद्यालयबाट… पुरा पढौ

गत वर्ष जापानको व्यापार घाटा ६३ अर्ब डलर

जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलरमा झरेको सरकारी तथ्याङ्कले देखाएको छ । कूल निर्यात २.८ प्रतिशतले वृद्धि भइ पहिलोपटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ । निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिकोे सबैभन्दा उच्च स्तर हो ।  कार वा चार पाङ्ग्रे अल्का साधनको निर्यात ३२.७ प्रतिशतले बढेको छ भने निर्माण तथा खानी मेसिनरीको निर्यात १६.२ प्रतिशतले बढेको छ । यसैबीच, तेल र ग्यासको… पुरा पढौ

जापानमा काम गर्ने शैली र जीवनयापनका नियमहरु

जापानमा गएर नयाँ जीवन शैली सुरुवात गर्दा, विदेशी नागरिकहरुलाई थाहा नभएका कस्तो प्रकारका नियम कानुनहरु छन होलान । जुन देशमा पनि काम र जीवनशैलीका हिसाबले त्यही देशको नियम र शिष्टचार हुने गर्दछ । ती कुराहरुलाई संस्कृतीको एक भागको रुपमा स्वीकार गर्न सकेमा काम र जीवन सहज रुपमा अगाडी बढाउँन सकिन्छ । जापानी नागरिकले समेत याद गर्न गाह्रो हुने जापानको कार्यशैली र जीवन शैलीका नियमहरुका सन्दर्भमा, जापानमा काम गरेको अनुभव आधारमा यो जानकारी राखिएको हो । कार्यस्थलमा काम गर्ने तरिका :… पुरा पढौ

हत्या र आगजनीको आरोपमा जापानमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय

चर्चित क्योतो एनिमेसन स्टुडियोमा सन् २०१९ मा आगजनी गरेको आरोपमा जापानको अदालतले एक ४५ वर्षीय पुरुषलाई मृत्युदण्डको सजाय सुनाएको छ । जापानमा २० वर्ष यताकै सबैभन्दा ठुलो सामूहिक हत्याकाण्डको यो घटनामा ३६ जनाको मृत्यु भएको थियो । एनएचकेका अनुसार सिन्जी आओबामाथि प्रहरीले हत्या र आगजनीको मुद्दा दायर गरेको थियो । आओबाले स्टुडियोमाथि आफ्नो काम चोरी गरेको आरोप लगाउँदै आफूले इन्धन छर्केर स्टुडियोमा आगजनी गरेको प्रहरीसमक्ष बयान दिएका थिए । उनलाई क्योटो जिल्ला अदालतले बिहीबार दोषी करार गरेको हो ।  आगलागीको… पुरा पढौ

जापानको ‘मुन स्पिनर’ चन्द्रमामा सफल अवतरण, चन्द्रमामा पुग्ने भयो पाँचौं देश

टोकियो, ११ । जापानले चन्द्रमाको सतहमा आफनो ‘मुन स्पिनर ल्यान्डर’ मा सफल अबतरण गरेको जनाएको छ ।  आफ्नो लक्ष्य भन्दा केही मिटरको दूरीमा असामान्य रूपमा सटीक चन्द्रमा अवतरण गर्न सफल भएको जापानी अन्तरिक्ष एजेन्सीले जनाएको हो ।यससँगै चन्द्रमामा अन्तरिक्ष यान राख्ने जापान पाँचौं देश बनेको छ । ‘मून स्निपर ल्यान्डर चन्द्रमाको सतहमा तल छोएको जनाएसँगै जापानमा उत्साह छाएको छ । जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले आफनो अन्तरिक्ष यान टचडाउन भएको २ घण्टा ३७ मिनेट भित्र आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम)… पुरा पढौ

राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ उम्मेदवार विजयी, एमालेकी कोइराला निर्वाचित

काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्। तर, एक ठाउँमा एमालेकी उम्मेदवार विजयी भएकी छन्।१९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक १८ जना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन्। तर, कोशीमै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला भने विजयी भएका छन्। उनले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन्। सिटौला पौडेलभन्दा… पुरा पढौ

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय भेला-२०२४ सिजुओकामा सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय भेला-२०२४ सिजुओकामा सम्पन्न भएको छ ।राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय समिति बिचको सम्बन्धलाई सुमधुर, प्रगाढ बनाइ समन्वयात्मक र सहकार्यमा कार्य गर्दा सेवा प्रवाहमा सरलता प्रभावकारी आउनुका साथै दाहारोपनामा कमि ल्याउनलाई सहज गराउने उदेश्यले आयोजित कार्यक्रम आइतबार सम्पन्न भएको हो।कार्यक्रममा एनआरएनए जापान अन्तर्गत रहेका १२ वटा क्षेत्रीय समितिहरूले यस कार्यकालमा गरेका कार्य, आगामी दिनमा गरिने योजना, राष्ट्रिय समन्वय परिषद र क्षेत्रीय समितिका बिच अपनाउनु पर्ने सम्बन्धका बारेमा प्रस्तुति राखिएको एनआरएनए जापानका उपाध्यक्ष तथा क्षेत्रीय समन्वय… पुरा पढौ

जापानको अनुसन्धान चन्द्रमामा अवतरण, तर ऊर्जा उत्पादन असफल

एउटा जापानी अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ, तर सोलार पावर उत्पादन प्रणालीले काम नगरेकोले उक्त गाडीको निरन्तर सञ्चालन अनिश्चित रहेको जापानी अन्तरिक्ष एजेन्सीले शनिबार जनाएको छ। स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन अर्थात् SLIM को टचडाउनको साथ जापानले आफ्नो पहिलो चन्द्रमा अवतरण गरेको हो । पूर्व सोभियत संघ, संयुक्त राज्य अमेरिका, चीन र भारतलाई यो उपलब्धि हासिल गर्ने एक मात्र देशको रूपमा जापान सामेल भएको छ। "हामी विश्वास गर्छौं कि यो सफ्ट ल्यान्डिङ गर्न सफल भयो" जापान एयरोस्पेस एक्सप्लोरेसन… पुरा पढौ

नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि अमेरिकाको लागि उडेको विमान टोकियोमा

अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ । एएनएका प्रवक्ताका अनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ सेवन गरेर चालक दलका सदस्यको पाखुरामा टोकेका थिए । एएनएका अनुसार उक्त घटनाका कारण १५९ यात्रुसहित आकाशमा उडिरहेको विमानलाई चालकले प्यासिफिकको हनेदा विमानस्थलमा फर्काएका थिए । जापानी प्रसारक टीबीएसबाट प्रसारित समाचारमा ती यात्रुले अनुसन्धानकर्तासँग आफ्नो व्यवहारबारे आफूलाई ‘पटक्कै केही याद नभएको’ बताइएको छ । यस घटनालाई… पुरा पढौ

जापानलाई पराजित गर्दै इराक नकआउट चरणमा

एएफसी एसियन कप फुटबल प्रतियोगितामा उपाधि दाबेदार जापानलाई पराजित गर्दै इराक नकआउट चरणमा स्थान बनाउन सफल भएको छ।  समूह ‘डी’ अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा इराकले जापानलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जितका साथ नकआउट चरणमा स्थान बनायो।  कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा इराकका लागि आयमेन हुसेनले पहिलो हाफमा गरेको २ गोल उसको जितका लागि पर्याप्त बन्यो। जापान खेलको सुरुवातमै इराकसँग पछि परेको थियो। खेलको पाँचौं मिनेटमा नै इराकले अप्रत्याशित रुपमा खेलमा अग्रता लियो। बक्सको बायाँ तर्फबाट आएको क्रस जापान… पुरा पढौ