हत्या र आगजनीको आरोपमा जापानमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय

-


     जनहित न्युज    
     माघ ११ गते २०८०


चर्चित क्योतो एनिमेसन स्टुडियोमा सन् २०१९ मा आगजनी गरेको आरोपमा जापानको अदालतले एक ४५ वर्षीय पुरुषलाई मृत्युदण्डको सजाय सुनाएको छ । जापानमा २० वर्ष यताकै सबैभन्दा ठुलो सामूहिक हत्याकाण्डको यो घटनामा ३६ जनाको मृत्यु भएको थियो ।

एनएचकेका अनुसार सिन्जी आओबामाथि प्रहरीले हत्या र आगजनीको मुद्दा दायर गरेको थियो । आओबाले स्टुडियोमाथि आफ्नो काम चोरी गरेको आरोप लगाउँदै आफूले इन्धन छर्केर स्टुडियोमा आगजनी गरेको प्रहरीसमक्ष बयान दिएका थिए । उनलाई क्योटो जिल्ला अदालतले बिहीबार दोषी करार गरेको हो । 

आगलागीको समयमा तीन तले भवनमा दर्जनौँ मानिस काम गरिरहेका थिए । आगो यति चाँडो फैलियो कि धेरैले त्यहाँबाट भाग्न समय पनि पाएनन् । मारिनेमा सबै त्यहाँका कामदार थिए । घटनामा थप ३२ जना घाइते भएका थिए । आफ्नो फैसला सुनाउँदै न्यायाधीश केसुके मासुदाले आओबाको अपराधलाई ‘अमानवीय’ भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?