तस्विर समाचार

जापान भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो

नयाँ वर्षको दिनमा मध्य जापानको इसिकावा प्रिफेक्चरको नोतो प्रायद्वीप र आसपासका क्षेत्रहरूमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा ४८ जनाको मृत्यु भएको पुष्टि भएको छ । इशिखावा प्रिफेक्चरको सुजु सहरमा २० जना, वाजिमा सहरमा १९ जना, नानाओ सहरमा ५ जना, अनामिजु सहरमा २ जना, हाकुई सहर र सिगा सहरमा १–१ जना गरी ४८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  इसिखावा प्रिफेक्चरमा आज बिहान पनि ५.६ म्याग्नेच्युटको अर्को भूकम्प गएको थियो । भुकम्प, आगलागी र सुनामीका कारण घाइते भएकाहरुको उद्धार… पुरा पढौ

हानेदा विमानस्थलमा जापान एयरलाइन्सको यात्रुवाहक विमानसँग ठोक्किँदा पाँच जापानी कोस्ट गार्डको मृत्यु भएको पुष्टि

टोकियोको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको यात्रुवाहक विमानसँग ठोक्किँदा भएको दुर्घटनामा जापान कोस्ट गार्डको विमानमा सवार छ जना मध्ये पाँच जनाको मृत्यु भएको छ भने जापान एयरलाइन्सको फ्लाइट ५१६ का चालक दल र यात्रु मध्ये १४ जना घाइते भएको पुष्टि भएको छ । हानेदा विमानस्थलमा जापान एयरलाइन्स र एनएचकेले जडान गरेको क्यामेराको फुटेज अनुसार २ गते साँझ करिब ५ः४७ बजे नयाँ चितोसे विमानस्थलबाट उडेको जापान एयरलाइन्सको फ्लाइट ५१६ हानेदा विमानस्थलको रनवे सीमा अवतरण गर्ने बित्तिकै दुर्घटनाग्रस्त भएको थियो । उडान नम्बर… पुरा पढौ

टोकियोको शिबुया वार्डले यस वर्ष पनि नयाँ वर्षको काउन्टडाउन कार्यक्रम स्थगीत

व्यापक भिडभाडका कारण हुन सक्ने समस्याको कारण देखाउदै टोकियोको शिबुया वार्डले चौथो वर्षको लागि आफ्नो प्रमुख रेल स्टेशन वरपर नयाँ वर्षको पूर्वसन्ध्यामा काउन्टडाउन कार्यक्रम नगर्ने निर्णय गरेको छ।शिबुया वार्डले २०१९ सम्म यस्ता कार्यक्रम आयोजना गरेको थियो तर वार्डले २०२० मा कोरोनाभाइरस महामारीका कारण स्थगित गरेको थियो।सरकारले COVID-19 लाई मौसमी इन्फ्लुएन्जा जस्तै श्रेणीमा डाउनग्रेड गरेपछि आइतवार जापानको पहिलो वर्षको अन्त्य बिदा हो।बाहिरी कार्यक्रमहरूले ठूलो भीडलाई आकर्षित गर्न सक्छ र सार्वजनिक मद्यपान र भीड क्रस जस्ता समस्याहरूको जोखिम बढाउन सक्ने समस्याप्रति वर्ष… पुरा पढौ

निलुवा समाज जापानको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा मोहनराज सुवेदी सर्वसम्मत निर्वाचित

जापान । निलुवा समाज जापानको पाँचौ अधिवेशनबाट मोहनराज सुवेदी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । ‘बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान’ भन्ने मूल नाराका साथ सन् २०१५ मा निलुवा समाज जापान गठन भएको थियो । यस संस्थामा विशेषगरी बागलुङ जिल्लाको गल्कोट नगरपालिका- ४ चमुवाबाट जापानमा पुगेर विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरु रहेका छन् । यस संस्थाकाे वरिष्ठ उपाध्यक्षमा हरी सुवेदी निर्वाचित भएका छन् । यसैगरी, संस्थाकाे उपाध्यक्षमा जिआर सेवेदी, दिपक… पुरा पढौ

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिकविना राउत र सरोज प्रजाको फिचरिङमा  ‘चाहना बढ्दै गो….’ सार्वजनिक

काठमाडौं  । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन  लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक  रुपमा प्रस्तुत गरिएको छ  । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त गरेका छन ।सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायांकन… पुरा पढौ

‘अरेली काँडाले च्वास च्वासै’का गायक सहित ३ कलाकार ३ दिने साँगीतिक धमाका-२०२४ मा प्रस्तुति दिन जापानमा

'अरेली काँडाले च्वसै च्वासै' नेपाली साङ्गीतिक आकाशमा यस वर्ष सर्वत्र छाएको यो गीत डिसेम्बर ३१ देखि जनवरी २ तारिखसम्म जापानका विभिन्न शहरहरूमा प्रत्यक्ष गुन्जिने भएको छ । त्यो मात्र हैन पञ्चे बाजामा आधारित 'बाबु दिन्छेउ र मलाई नानी दिन्छेउ र' बोलको गीतमा पनि कम्मर मर्काई मर्काई नाच्ने अवसर यो नयाँ वर्षमा पाइने भएको छ। त्यतिले मात्र साँगीतिक तृष्णा मेटाउन नपुगेमा ६० को दशकमा अत्यन्तै लोकप्रिय भाका' सधैं मेरो दुख्यो दिलको घाउ, झुठो माया चाहिँदैन पापिनी तिम्रो नासो फिर्ता लिन आऊ'… पुरा पढौ

म्याग्दीमा आठ महिनामा छ पुल निर्माण, गाउँघरमा यातायात सहज बन्दै

म्याग्दी– म्याग्दीमा आठ महिनाका अवधिमा छवटा नयाँ सडक पुल निर्माण सकिएको छ । थप एकवटा मोटरेबलपुल निर्माणको अन्तिम चरणमा छ ।  ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ । संघीय सरकारमार्फत चार र प्रदेश सरकारमार्फत तीनवटा पुल निर्माण भएका हुन् । यस वर्ष दुईवटा मोटरेबल पुल निर्माण सुरु गरेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले थप दुईवटा पुलको ठेक्का लगाउने तयारी गरेको छ ।  सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत  अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना… पुरा पढौ

वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो । यसबाट तीन करोड २६ लाख ३५ हजार आठ सय ५० रुपैयाँ आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए । 'डिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको छ,' उनले भने, 'यसै वर्ष ५५… पुरा पढौ

गर्भनिरोधक चक्कीको जथाभाबी सेवन बढ्दो, चिकित्सक भन्छन्- भविष्यमा आमा बन्ने चाहना नहुनसक्छ पूरा

नयाँ बानेश्वरस्थित आभास मेडिकल स्टोरमा एक युवतीले गर्भ निरोधक चक्की मागिन् । ती युवतीले गर्भ निरोधक चक्की मागेपछि मेडिकल सञ्चालक आभास पौडेलले ‘इ–कोन’ नामक पिल्स दिए । युवतीले एक सय रुपैयाँ सुभाषलाई दिएर आफ्नो बाटो लागिन् ।  पछिल्लो समय आकस्मिक गर्भनिरोधक चक्कीको माग बढेको मेडिकल सञ्चालक आभास बताउँछन् । ‘पहिले फाट्टफुट्ट बिक्री हुन्थ्यो । तर, हिजोआज दैनिक १०–१५’ जनासम्मले आकस्मिक गर्भ निरोधक चक्की खरिद गर्छन् । महिला पुरुष दुवै खरिद गर्न आउने भए पनि प्रायः पुरुष मानिसले नै बढी खरिद… पुरा पढौ

जापानमा असुरक्षित बन्दै वृद्धवृद्धाहरू

संसारमै निकै कम अपराध हुने देशमा पर्छ, जापान । तर, पछिल्लो समयमा जापानमा अपराधका घटनामा तीव्रता आएको छ । यति मात्रै होइन, जापान वृद्धवृद्धाका लागि निकै खतरनाक बन्दै गएको तथ्य बाहिर आएको छ । निरन्तर घट्दो जनसंख्याको दबाबमा रहेको जापानमा वृद्ध जनसंख्या अर्को बोझ बनेको छ । यतिसम्म कि जापानमा आफ्नै छोराछोरी पनि वृद्धावस्थामा पुगेका आमाबाबुका लागि खर्च गर्न चाहँदैनन् । यसै कारण पछिल्लो एक दशकदेखि हरेक आठौँ दिन एक वृद्धको हत्या हुने गरेको तथ्य बाहिर आएको छ । जापानको… पुरा पढौ