तस्विर समाचार

जुन गाउँ बालबच्चा बूढापाकाले धानेको छ

जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छेहरु गाउँ छोड्दै बजार ओर्लिन थाले। अप्ठ्यारो भूगोल। चारैतिर डाँडाकाँडा र भिरैभिर। थुम्का-थुम्कामा बस्ती। साँघुरा र कच्ची सडक। बागलुङ नगरपालिका-११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ। दुर्गम गाउँ भए पनि डेढ दशक अघिसम्म यहाँ खेतीपाती र पशुपालन गरी स्थानीयले जीविकोपार्जन गर्दै आएका थिए। जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छेहरु गाउँ छोड्दै बजार ओर्लिन थाले। हरेक वर्ष बजार झर्नेको सङ्ख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ। गाउँमा माध्यमिक तहसम्मको विद्यालय छ। नजिकै… पुरा पढौ

कोरोना भाइरसको नयाँ भेरियन्ट कति जोखिमपूर्ण ?

पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त भेरियन्ट भारतको केरलामा पुष्टि भएको हो । नेपालको छिमेकी राष्ट्रमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि नेपालमा पनि एक किसिमको तरंग पैदा भएको छ ।  भारतमा कोभिड–१९ को पहिलेको भन्दा बढी संक्रामक नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि सतर्कता अपनाउनुपर्ने विज्ञहरू बताउँछन् । भारतमा यो भेरियन्ट पहिलोपटक २२ मंसिरमा कारकुलमामा पुष्टि भएको थियो ।  भारतमा कोरोनाका केस बढेपछि नेपालमा पनि संक्रमण फैलिनसक्ने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च… पुरा पढौ

प्रधानमन्त्रीको घोषणा – मेरो हुटहुटीअनुसारको परिणाम आएन, अब कार्यशैली बदल्छु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसबासीका नाममा सम्बोधन गरे ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने बताएका छन् । आज राष्ट्रका नाममा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।  ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन। म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन,  कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता… पुरा पढौ

गलकोटमा जेष्ठ नागरिकको घरमै पुगेर उपचार : गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा हुनुभयो । उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उहाँमा अन्य स्वास्थ्य समस्या थिएन । केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उहाँलाई गाह्रो हुने गरेको थियो । उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सक्नुभएको थिएन । गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरे पनि उच्च रक्तचापको उपचार हुँदैनथ्यो ।  बिहीबार गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोली पुनको घरै नजिक पुग्यो । चिकित्सकले उहाँको स्वास्थ्य परीक्षण गरी घरमै औषधी दिएपछि उहाँ… पुरा पढौ

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)सुन्दर हमालको शब्दमा ‘सुन ठिटा हो’ सार्वजनिक  

काठमाण्डौंगायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार  सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ ।ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन्। सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन्। गीतलाई सुनिल  क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।… पुरा पढौ

बसाइँसराइको प्रभाव : हिमाल र पहाड क्रमशः रित्तिँदै, पाँच लाख बस्न योग्य घर खाली

मुलुकमा तीव्र बसाइँसराइको क्रम नरोकिए पुख्र्यौंली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ। जनसंख्यासम्बन्धी पछिल्ला तथ्याङ्कले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा बहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने तीव्र भएको देखाउँछ। यसरी बसाइँ सर्नेमा अधिकांश युवा र बालबालिकाको संख्या बढी रहेको छ। यस्तो प्रवृत्तिले ठूलो सामाजिक समस्याको संकेत गरेको विज्ञहरुको भनाइ छ। विसं २०४६ सम्म पहाडमा बढी चाप रहेकामा क्रमशः तराईतर्फ चाप सरेको पछिल्ला जनगणनाले देखाउँछ। अहिले तराईमा कूल जनसङ्ख्याको ५४ प्रतिशत आवादी रहेको छ । यसले… पुरा पढौ

कोदोको दिन फिर्दै, हौसिए किसान

म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी तिला बिकले यस वर्ष सात मुरी कोदो घरमा भित्र्याइन्। विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गरेकी बिकले यस वर्ष भने आफ्ने करिब पाँच रोपनी बारीमा कोदो रोपेकी थिइन्। गत वर्ष तीन मुरी कोदो भित्र्याएकी बिक यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउन पाउँदा दंग भइन्। त्यसैगरी मालिका गाउँपालिका–१ निस्कोटका मनवीर सुनारले पनि विगतका वर्षमा भन्दा तीन मुरी बढी कोदो घरमा भित्र्याएको बताए। विगतका वर्षहरुमा मुस्किलले दुई मुरी कोदो उत्पादन हुने गरेकामा… पुरा पढौ

दोस्रो विश्वयुद्धमा जापानमा परमाणु बम हानेको टापु पुनः सञ्चालनमा ल्याउँदै अमेरिका

दोस्रो विश्वयुद्धमा जापानमा परमाणु बम हान्न प्रयोग गरिएको प्रशान्त टापुको एक एयरफिल्डलाई अमेरिकी वायुसेनाले फेरि सञ्चालनमा ल्याउने भएको छ । चीनसँगको टकराबका बेला प्रयोग गर्न सकिने सैन्य अखडा प्रर्याप्त बनाउन अमेरिकाले यस्तो गर्ने भएको हो । अमेरिकी सेनाको प्यासिफिक एयर फोर्सका कमान्डर जनरल केनेथ विल्सबाकले निक्की एसिसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । टिनियन टापुमा रहेको उत्तरी एयरफिल्डलाई सन् १९४६ मा अमेरिकी सेनाले त्यागेपछि त्यो क्षेत्र हाल जंगल बनेको छ । जंगल फँडानी गर्ने काम पूरा भएपछि एयरफिल्डमा विस्तृत सुविधा थपिने… पुरा पढौ

शिक्षा विधेयकले उत्पीडित शिक्षकका सबै माग पूरा गर्नेछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको शिक्षा विधेयकले उत्पीडित शिक्षक एवं विद्यालय कर्मचारीका सम्पूणर् माग पूरा गर्ने बताएका छन् । उनले संसदमा दर्ता भएको शिक्षा विधेयकलाई शिक्षकमैत्री बनाउन पहल गर्नेसमेत बताए ।एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै प्रचण्डले शिक्षा विधेयकमार्फत् आफ्ना माग पूरा गराउन शिक्षकहरुको लागि अनुकुल अवसर प्राप्त भएको दाबी गरे । संसदमा शिक्षा विधेयकमाथि छिट्टै छलफल शुरु हुन गइरहेको भन्दै उनले शिक्षकका पक्षमा विभिन्न संशोधन प्रस्ताव दर्ता भएको बताए । शिक्षकका समस्या… पुरा पढौ

सातसय बगाले थापा समाजको ११ औं अधिवेशन: नयाँ नेतृत्व चयन 

सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको ११ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले छुम बहादुर थापाको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धनश्याम थापा, अम्मर बहादुर थापा, बेलुकाजी थापा महासचिवमा थम्मन थापा सन्देश, सचिवमा सुवेदार मिन बहादुर थापा, भोज कुमारी थापा र कोषाध्यक्षमा शेर बहादुर थापा रहनुभएको छ । समितिको सदस्यहरुमा चन्द्र बहादुर थापा, प्रेम थापा, रुद्र बहादुर थापा, हर्क थापा, शिबु थापा, थुमा थापा, टिका कुमारी… पुरा पढौ