नेपाली जनप्रगतिशील मञ्च जापानको महाधिवेशनमा सहभागी हुन प्रवास समन्वय समितिका सह इन्चार्ज र अध्यक्ष जापान आउने

-


     जनहित न्युज    
     पौष २३ गते २०८०


नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) को नवौं महाधिवेशनमा सहभागी हुनका लागि प्रवास समन्वय समितिका सह इन्चार्ज र अध्यक्ष जापान आउने भएका छन्।
जनवरी २८ तारिकका दिन टोकियोको मुसासिनो स्विङ हलमा हुने उक्त महाधिवेशनलाई सम्बोधन गर्न लागि नेकपा माओवादी समर्थित प्रवास समन्वय समितिका सह इन्चार्ज लक्ष्मण पन्त र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा जापान आउन लागेको मञ्चका राष्ट्रिय समितिका महासचिव बाबुराम पौडेलले जानकारी दिए।
प्रवासमा रहेका वर्गीय विचारधारा मिल्ने नेपालीहरुको संगठन नेपाली जनप्रगतिशील मञ्चमा आवद्ध प्रवासी नेपालीहरुलाई नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी दिने र प्रवासी नेपालीहरूका समस्या र उनीहरूद्वारा उठाइएका विषयवस्तुलाई राजनैतिक दलको एजेण्डामा समावेश गर्न सहयोग पुर्याउने उदेश्यले पन्त र शर्माको जापान भ्रमण हुन लागेको मञ्चका महासचिव पौडेलको भनाइ रहेको छ।
“प्रवासी नेपालीहरुमा आपसी सद्भाव, भाइचारा र एकताको अभियान ! ज्ञान , सिप र पुँजीको लगानी सहित समृद्ध नेपालको लागि नवौँ अधिवेशन”! भन्ने नाराका साथ हुन लागेको महाधिवेशनबाट आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन हुने भएकोले अधिवेशन तयारीको अन्तिम चरणमा पुगेको मञ्चका राष्ट्रिय अध्यक्ष भवानी पन्तले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्नका लागि बैठकले दिएको जिम्मेवारी अनुरुप विभागहरूले कार्य गरिरहेको र नेपालको राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने संगठनका जिम्मेवार नेतृत्वको उपस्थितिमा महाधिवेशन गरिन लागेकोले जापानको मञ्च थप सशक्त रुपमा अघि बढ्ने विश्वास आफूले लिएको मञ्चका अध्यक्ष पन्तले व्यक्त गरे ।

महाधिवेश सम्पन्न गर्नका लागि हल व्यवस्थापन उप – समितिमा संयोजक मोहन पौड़ेल, सदस्य श्रवण सत्त्याल, दावा शेर्पा आर्थिक उप-समितिमा संयोजक भुवन हुमागाई सदस्य बिनुका खड़का, गौरी सापकोटा स्वयम सेवक तथा मास परिचालन उप समितिमा संयोजक श्यामहरि पाण्डे, सदस्य आर एच गौतम क्षेत्रीय समितिका अध्यक्षहरु प्रचार प्रसार उप समितिमा संयोजक रामकृष्ण भण्डारी सदस्य जीवन पोखरेल, राज पुरी र क्षेत्रीय समितिका सचिबहरु विधान संशोधन उप- समितिमा संयोजक बाबुराम पौड़ेल र डिला निउरेलाई जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।
मञ्चको अधिवेशनमा निर्वाचन सम्पन्न गर्न प्रवास समन्वय समिति सदस्य डा भुपालमान श्रेष्ठको संयोजकत्वमा प्रवास सदस्य अरुण कुमार श्रेष्ठ र मञ्च जापान इन्चार्ज रामहरी पुडासैनी सदस्य रहने गरि ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको र समितिले आफ्नो कार्य सुरु गरिसकेको जानकारी दिएको छ ।
मञ्चका जापानका विभिन्न ७ क्षेत्रमा गठन गरिएका क्षेत्रीय अधिवेशन गत डिसेम्बर मै सम्पन्न भइसकेका छन्। सम्पन्न क्षेत्रीय अधिवेशनले मञ्चप्रति प्रवासमा रहेका नेपालीहरुको विश्वास बढ्दै गइरहेको देखाएको मञ्चको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?