तस्विर समाचार

एमसीसी र महाअभियोग दलहरुबीच सहमति नभई अगाडि बढ्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीचको सहमति विना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गदै अध्यक्ष प्रचण्डले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको बताएका हुन् । उनले राजनीतिक दलहरुको सहमति र समझदारी नभई एमसीसीबारे संसदले निर्णय लिने अवस्था पनि नरहेको बताए… पुरा पढौ

हङकङसहित यी ९ देशबाट नेपाल आउन नपाइने

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नयाँ भेरियन्टलाई रोकथाम गर्न जोखिम देखिएका देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।  सरकारको उक्त निर्णय आज बिहीबार राति १२ बजेबाट लागु हुनेछ। ओमिक्रोनको संक्रमण देखिएका हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक र मलावीबाट नेपाल आउन रोक लगाउने निर्णय भएको हो। यी देश ट्रान्जिट बनाएर नेपाल आउनेलाई पनि रोक लगाइने भएको छ। यस्तै गएको तीन… पुरा पढौ

‘ओमिक्रोन’ बाट आत्तिने होइन सजग बनौँ

दक्षिण अफ्रिकामा पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ले यतिबेला विश्व सशंकित छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, भारतलगायतका देशले स्वास्थ्य सतर्कता अपनाउन सुरु पनि गरिसके । तर, नेपालमा यसको जोखिम कत्तिको छ ? यसबाट जोगिन नेपालले के कस्ता पूर्व तयारी गर्नुपर्ला ? धेरैको जिज्ञासा छ । नयाँ भेरियन्टमा धेरै संख्यामा उत्परिवर्तन आएको छ । यो चिन्ताको विषय हो । अहिलेसम्म बनेका कोभिड खोप स्पाइक प्रोटिनलाई लक्षित गरी बनेका छन् । धेरै संख्यामा म्युटेसन भएको नयाँ भेरियन्टले खोपबाट बनेको एन्टिबडी… पुरा पढौ

सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम लामिछानेको ‘कस्तो होला…’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम लामिछानेको नयाँ गजल कस्तो होला को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रिन्स ड्यानियलको निर्देशनमा बनेको भिडियोमा शिशिर भण्डारी, सबिना गहतराज र शयनम अधिकारीको अभिनय छ । गीतमा कोरियोग्राफी शयनम अधिकारीले गरेका छन् भने छाँयांकन र सम्पादन पवन सुस्लिङको छ । दिनेश गौतमको स्वरमा रहेको यो गजलमा संगीत पुस्तक प्रसादको छ । संगीत संयोजन एसके बच्चाको रहेको छ । भिडियो दिपश्री क्रियटिभ मिडिया युट्युब च्यानलमा अपलोड गरिएको छ । गीतकार लामिछाने अहिले जापानमा छन्… पुरा पढौ

नेपाल सरकारविरुद्ध एनआरएनएद्वारा दायर मुद्दा फिर्ता लिन माग (प्रेस विज्ञप्ति सहित)

काठमाडौँ -- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अध्यक्षहरुको दोश्रो विश्व भेलाले नेपाल सरकारविरुद्ध मुद्दा हाल्ने केन्द्रको कार्य दुर्भाग्यपूर्ण भन्दै फिर्ता लिन आव्हान गरेको छ । भेलाले संघको दशौं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि (डेलिगेट्स) हरु सम्बन्धी विवाद सम्बोधन नै नगरी निर्वाचन समितिले एकपक्षीय रुपमा निर्वाचन कार्यक्रम प्रकाशन गर्ने कामले अदालतको मानहानी भएको ठहर पनि गरेको छ । 'यस्तो कार्यले संस्थाभित्र विवाद बढ्दै जानुका साथै अन्ततः संघलाई विभाजनको बाटो तर्फ धकेल्ने खतरा देखिएको छ', भर्चुअल भेलाको निष्कर्ष छ, 'त्यसैले… पुरा पढौ

जापान आउने आगन्तुकका लागि अन्तर्राष्ट्रिय उडानहरूमा नयाँ बुकिंग स्थगित

कोभिड-१९ को नयाँ कोरोना भाइरसको भेरियन्ट "ओमिक्रोन स्ट्रेन" को फैलावटलाई रोकथाम गर्नका लागि जापानको भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले डिसेम्बरको अन्त्यमा आउने सबै अन्तर्राष्ट्रिय उडानहरूमा नयाँ रिजर्भेसनहरू स्थगित गर्न आग्रह गरेको छ ।कोरोना भाइरसको भेरियन्ट "ओमिक्रोन स्ट्रेन" लाई फैलिन नदिनका लागि "आकस्मिक निकासी सावधानी उपाय" अन्तर्गत डिसेम्बर अन्त्यमा जापान आउने अन्तर्राष्ट्रिय उडानका लागि सबै नयाँ रिजर्भेसन स्थगित गर्न एयरलाइन्सहरूलाई अनुरोध गरेको छ।नयाँ कोरोनाको नयाँ म्युटेन्ट भाइरस ‘ओमिक्रोन स्ट्रेन’ को सङ्क्रमण फैलिँदै गएपछि सरकारले विदेशीको नयाँ आगन्तुकलाई सैद्धान्तिक रूपमा रोक्दै… पुरा पढौ

जापानमा भेटियो ओमिक्रोन भेरियन्ट

जापानमा नयाँ कोरोना भेरियन्टका एक संक्रमित फेला परेका छन् । नामिबियाबाट आएका एक पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । मंगलबार ३०-४० उमेरका पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जापान टाइम्सले जनाएको छ । जिन सिक्वेन्सिङपछि संक्रमण पुष्टि भएको समाचारमा उल्लेख छ । संक्रमित व्यक्ति नामिबियाका कूटनीति रहेको र उनी आइतबार नामिबियाबाट टोकियो आएको जापानका स्वास्थ्यमन्त्री शिगेयुकी गोतोले सञ्चारकर्मीलाई बताए । संक्रमित पुरुषको सम्पर्कमा आएको आशंकामा सँगै आएका ७१ जना यात्रुको परीक्षण भइरहेको र १० दिन क्वारेन्टाइनमा राखिने गोतोंको भनाइ थियो… पुरा पढौ

जापानमा मंगलबारदेखि नयाँ आगन्तुकहरूलाई एक महिना प्रतिबन्ध, पुन: प्रवेश (रि-इनट्री )लाई भने प्रवेश अनुमति दिइने

नामिबियाबाट आइतबार नारिता विमानस्थलमा आइपुगेको एक व्यक्तिमा कोरोनाभाइरसको परीक्षणका क्रममा नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको पोज़ेटिभ देखाएपछि जापानले मंगलबारदेखि नयाँ आगन्तुकहरूलाई एक महिना प्रतिबन्ध लगाउने भएको छ । तर जापानमा पुन: प्रवेश (रि-इंट्री )गर्ने विदेशी बासिन्दाहरूलाई भने यो प्रतिबन्धले असर नगर्ने भएको छ । सरकारले ओमिक्रोन भेरियन्टलाई आन्तरिक रूपमा फैलिनबाट रोक्नको लागि मंगलबार रातीदेखि लागू हुने गरी सबै आगमन विदेशी यात्रुहरूलाई एक महिनाको लागि प्रतिबन्ध लगाउने सोमबार घोषणा गरेको छ। यो प्रतिबन्धले सबै नयाँ आगन्तुकहरू, व्यवसायीहरू, विद्यार्थीहरू र प्राविधिक इन्टर्नहरूको लागि… पुरा पढौ

जापानले सबै देशका आगन्तुकहरूलाई नोभेम्बर ३० को रातीदेखि आगमनमा प्रतिबन्ध

नयाँ कोरोनाको नयाँ म्युटेन्ट भाइरस ‘ओमिक्रोन स्ट्रेन’ को विश्वव्यापी विस्तारपछि प्रधानमन्त्री फुमियो किशिदाले सबै देशका लागि तत्काल जापानको नयाँ प्रवेशलाई सैद्धान्तिक रूपमा स्थगित गर्ने घोषणा गरेका छन् ।विश्वभरबाट विदेशीको नयाँ प्रवेशलाई मंगलबार राती १२ बजेदेखि सैद्धान्तिक रूपमा स्थगित गर्नका लागिएको प्रधानमन्त्री फुमीयो किशिदाले पत्रकारसँग बताएका हुन।प्रधानमन्त्री किशिदाले भने “आकस्मिक सावधानीका उपायको रूपमा सबैभन्दा पहिले नोभेम्बर ३० तारिकको मध्यरातबाट विश्वभर विदेशीहरूलाई जापान प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ।"सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री किशिदाले दक्षिण अफ्रिकामा पुष्टि भएको नयाँ म्युटेन्ट भाइरसको सङ्क्रमण विश्वका सबै देश… पुरा पढौ

कोभिड-१९ कोरोना भाइरसको नया भेरियन्टको”ओमिक्रोन” देखा परेसंगै विश्वव्यापी उच्च सतर्कता, जापानले पनि संक्रमण फ़ैलिन नदिन उच्चतम स्तरको सतर्कता बढायो

कोभिड-१९ कोरोनाभाइरसको नया भेरियन्टको"ओमिक्रोन" देखा परेपछि डेल्टा भन्दा ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै विश्वका धेरैजसो मुलुकहरूले फेरि हवाई यात्रा रोक्न सक्ने बताएका छन । विश्व स्वास्थ्य संगठनको प्यानलले "ओमिक्रोन" भेरियन्ट ट्रान्समिसिबल भेरियन्टहरूको तुलनामा अत्यधिक संक्रमणको जोखिम बढाउन सक्ने रहेको डब्ल्यूएचओले भनेको छ । यो भेरियन्टले कोभिड-१९ संक्रमित भएर निको भएका व्यक्तिलाई फेरि संक्रमित हुने जोखिम हुन सक्ने जानकारहरूले बताएका छन । यो भेरियन्टले विश्वव्यापी संक्रमणको अधिक तरंग बढाउनसक्ने पनि बताईएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडाले दक्षिणी अफ्रिकाका आगन्तुकहरूमा… पुरा पढौ