
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन्।
आइतबार बिहान सम्पन्न मतपरिणामबाट कमल थापालाई २२७ मतले पछि पार्दै लिङ्देन विजयी भएका हुन्।
लिङ्देनले एक हजार ८४४ मत ल्याएर वियजी हुदा कमल थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन्। ४३१ मत बदर भएको छ।
लिङ्देनले मतगणनाकाे सुरूआतिदेखि नै अग्रता कामय गरेका थिए।
खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।
कसले कति मत पाए ?
राप्रपाको अध्यक्ष पदमा विजयी लिङ्देनले १ हजार ८ सय १७ मत पाउँदा थापाले १ हजार ६ सय १७ मत पाएका छन् ।
खुला उपाध्यक्षमा विक्रम पाण्डे २ हजार ५ सय २१ मतसहित विजयी भएका छन् । बुद्धिमान तामाङले १ हजार ९ सय ४४ र ध्रुवबहादुर प्रधानले १ हजार ८ सय १४ मत पाएका छन् ।
महिला उपाध्यक्षमा रोशन कार्की १ हजार ५ सय ८९ मत सहित विजयी भएकी छन् ।
यसैगरी महामन्त्रीमा डा. धवल शम्सेर राणा विजयी भएका छन् । नेपालगञ्ज महानगरपालिकाका मेयरसमेत रहेका राणा राजेन्द्र लिङ्देन समूहबाट चुनाव लडेका थिए । राणा २ हजार २ सय २१ मतसहित महामन्त्रीमा विजयी भएको राप्रपाको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीका अर्का प्रत्यासी भुवन पाठकलाई १ हजार ७ सय ५ मत प्राप्त भएको थियो ।
महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसहित विजयी भएकी छन् । अर्का प्रत्यासी रेखा थापाले १ हजार ६ सय ४० मत पाइन् ।
कमल थपाले दिए बधाई
अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन्।
‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना,थापाले सामाजिक सन्जालमा लेखेका छन्।
को हुन् राजेन्द्र लिङ्देन ?
झापाली जनताको ढुकढकी बनेका राजेन्द्र लिङदेनको जन्म २०२२ सालको भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो। राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा शुभारम्भ गरेका हुन्।
राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुन्। लिङदेनले २०४९ र २०५४ सालको चुनावमा उनको चुनावी क्षेत्रमा गोलधापमा वडाध्यक्ष विजयी भइ वडाध्यक्षको सफल कार्यभार सम्हालेका थिए।
२०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समते बनेका लिङदेन २०५६ सालको संसदिय चुनावमा चुनावमा झापा क्षेत्र नं ३ मा तेश्रो स्थानको मत पाएका लिङदेन २०७० सालको चुनावमा दोश्रो हुँदै पराजयलाई आत्मसात गर्नु परेको थियो। उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुँदै आएका थिए। उनै लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै यतिबेला चर्चाको शिखरमा छन्। २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङदेन २०७० सालमा राप्रपा नेपालको महामन्त्री भएका हुन्।
यस्तै राजनीतिक यात्रा गर्दै जाँदा लिङदेन यतिबेला झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका छन्। समान्य गरिब परिवारमा जन्मेर पञ्चायती राजनीति हुँदै बहुदल आएपछि राप्रपाको राजनीतिमा लागेका झापाली नेता लिङदेनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपा पार्टीको साख जोगाएका छन्। त्यसो त लिङदेनले स्थानीय निर्वाचनमा पनि झापामा राप्रपाको साख जोगाएका थिए।



