तस्विर समाचार

हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाध्यक्षसहित १३ जनाको मृत्यु

एजेन्सी– भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) जर्नेल विपिन रावतसहित १३ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय वायु सेनाले जर्नेल रावत, उनकी श्रीमतीसहित १३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । सो हेलिकोप्टरमा रहेका १४ जनामध्ये १३ जनाको मृत्यु भएको छ । सो हेलिकोप्टरमा जर्नेल रावत, उनकी श्रीमती र सेनाका उच्च अधिकारी रहेको बताइएको छ । रक्षामन्त्री राजनाथ सिंहले जर्नेल रावतका परिवारसँग भेट गरेका… पुरा पढौ

भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

काठमाडौँ । भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर आज (बुधबार) दुर्घटनामा परेको छ । टाइम्स अफ इन्डियाका अनुसार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो । रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टरमा भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ । इन्डिया टुडेले अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ। उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय… पुरा पढौ

सप्तरीमा गाउँपालिका उपाध्यक्षले अध्यक्षका दुई दाँत भाँचिइदिइन्

काठमाडौँ– सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच गाउँपालिकाको कार्यालयमै कुटाकुट भएको छ । गहुँको विषयमा छलफल चलिरहँदा अध्यक्ष सूर्यरानायणले उपाध्यक्ष उषाकुमारीलाई गालीगलोच गरेपछि कुटाकुट भएको ३ नम्बर वडाका अध्यक्ष दिपेन्द्र प्रसाद यादवले खबरहबलाई फोनमा जानकारी दिए । उनका अनुसार गहुँको बिउँ वितरण गर्ने विषयमा अध्यक्ष सूर्यनारायणले आफूखुशी निर्णय गराउन लागेपछि उपाध्यक्ष उषाकुमारीले विरोध जनाएकी थिइन् । त्यसपछि अध्यक्षले उपाध्यक्षलाई झम्टेको र उपाध्यक्षले कुर्सीले प्रहार गरेकी थिइन् । कुर्सीले लागेर अध्यक्ष सूर्यनारायणका अगाडिका दुईवटा दाँत भाँचिएका छन्… पुरा पढौ

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

काठमाडौँ । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगन्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टीकृत सेवा दिइरहेका छन् ।  अझ अर्को खुसीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छटपटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ । पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगन्ज पठाउने गरेको कर्णालीले… पुरा पढौ

जापानमा कोरोना-१९ को महामारीका कारण जुलाई-सेप्टेम्बरमा ३.६ प्रतिशतले आर्थिक संकुचन

जापानमा कोभिड-१९को असरका कारण जुलाई-सेप्टेम्बर अवधिमा अर्थतन्त्र अघिल्लो त्रैमासिकको तुलनामा वार्षिक ३.६ प्रतिशतले घटेको सरकारी तथ्याङ्कले देखाएको छ। टोकियो, ओसाका र केही अन्य प्रान्तहरूमा कोभिड-१९ को संक्रमण कम गर्न लगाइएको आपतकालीन अवस्थामा रेष्टुरेण्ट तथा भोजनालयहरूलाई छिटो बन्द गर्न र रक्सी बिक्री वितरण नगर्न गरेको आग्रहका साथै मानिसहरूलाई अनावश्यक रूपमा बाहिर ननिस्कन गरिएको अनुरोधले गर्दा चौमासिकको सुरुको ३.० प्रतिशतबाट ३.६ प्रतिशतमा अर्थतन्त्रमा संकुचन हुन पुगेको तथ्यांकहरूले देखाएको छ । वास्तविक कूल गार्हस्थ्य उत्पादनमा आएको कमी, मुद्रास्फीति समायोजन गरिएको मुलुकमा उत्पादित वस्तु… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानको सेन्दाइ क्षेत्रीय समिति गठन, अध्यक्षमा तेजप्रसाद दाहाल

नेपाली जनप्रगतिशील मंच जापानले आफ़्नो राष्ट्रिय अधिवेशन डिसेम्बर १२ मा सम्पन्न गर्नु अघि क्षेत्रीय समितिका अधिवेशन धमाधम गरिरहेको छ ।आक्रामक रूपमा संगठन विस्तारलाई जोड दिइरहेको मंचले मंगलबार जापानको सेन्दाइमा प्रथम अधिवेशन सम्पन्न गर्दै तेजप्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गर्दै सेन्दाइ क्षेत्रीय समितिको गठन गरिएको छ ।नेपाली जनप्रगतीशील मंच जापानका राष्ट्रिय समितिका अध्यक्ष हवलचन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा रमेश देवकोटा, सचिवमा छिरिङ तामाङ, सह सचिवमा सबित्रा नेपाली र कोषाध्यक्षमा युघिर भुजेललाई चयन गरिएको संयोजक दाहालले जानकारी… पुरा पढौ

ढोरपाटन शिकार आरक्षमा पहिलो सिजनमा तीन झरल र नौ नाउरको सिकार

बागलुङ- सिकार पर्यटनको पहिलो याममा ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको सिकार भएको छ ।नेपालका पाँच सिकार कम्पनीमार्फत सिकारमा पुगेका विदेशी सिकारले यस पटक निर्धारित कोटा भन्दा कमी सिकार गरेका हुन । पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । नाउरको सिकार पछि सिकारी - नवीन शिशिर विक यस पटक तीन वटा झारल र एक नाउरको सिकार हुन सकेनन । एक झारल… पुरा पढौ

गलकोटमा धार्मिक महोत्सवबाट ३ करोड बढि रकम संकलन

बागलुङ- यहाँको लक्ष्मीनारायण मन्दिर एउटा निकै पुरानो धार्मिक स्थलको रुपमा परिचित छ । गलकोट नगरपालिका वडा नं ९ छिस दरबारामा रहेको उक्त मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भईरहेको छ । मंसिर ६ गते देखि मन्दिरमा आयोजना गरिएको महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको छ ।पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण धार्मिक महोत्सव अवधिभर नगद रु ३ करोड ४८ लाख आर्थिक सहयोग संकलन गरिएको महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिए । १५ दिनसम्म सञ्चालित… पुरा पढौ

पन्चेबाजाको तालसंगै सम्पन्न भयो नेपाली जनप्रगतिशील मंच,कान्साइ क्षेत्रीय समितिको अधिवेशन

मानिसहरू भित्र बाहिर गरिरहेका थिए, कोही पाहुनाहरूको स्वागतमा लागिरहेका थिए त, कोहि मंच व्यवस्थापनका लागि खटिरहेका त कतै पन्चेबाजाको धुनले ठूलो उत्सवको झल्को दिइ रहेको थियो । मंचमा झुण्डिरहेको ठुलो ब्यानर लेखिएको थियो “सम्पूर्ण प्रवासी नेपाली एक हौ”मंचमा लहरै अतिथिहरू बसेका छन, उद्घोषकले कार्यक्रमको सुरुवात गर्दै नेपालको सामाजिक,राजनैतिक परिवर्तन गर्न आफ़नो प्राण आहुति दिने शहिदप्रति मुठी उठाएर श्रद्धानजली अर्पण गर्दा विगतको नेपालका क्रान्तिकारी प्रगतिशील राजनैतिक दलले गरेको भव्य कार्यक्रम भन्दा कमि थिएन ।नेपाली जनप्रगतिशील मंच जापानले आफ़नो महाधिवेशन डिसेम्बर १२… पुरा पढौ

जापानी नागरिक पनि ओमिक्रोनबाट संक्रमित भएको पुष्टि, जापानमा ३ जना पुगे ओमिक्रोन संक्रमित

जापानमा विदेशी दुइ जना आगन्तुकमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमणबाट संक्रमित भएसंगै सोमबार जापानी नागरिकमा पहिलो पटक ओमिक्रोन संक्रमित भएको पुष्टि सरकारले गरेको छ । जुन जापानमा तेस्रो यो केस हो । इटालीको यात्राबाट फ़र्किएका ३० वर्षीय ती व्यक्ति बुधबार टोकियोको हानेदा विमानस्थलबाट जापान प्रवेश गरेपछि म्युटेन्ट उत्परिवर्तित ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनले जुलाई र अगस्टमा कोभिड-१९ विरूद्दको मोड्रेनाको दुवै डोजको खोप लगाएको स्रोतले जनाएको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार ती संक्रमित व्यक्ति आएको… पुरा पढौ