बागलुङ- सिकार पर्यटनको पहिलो याममा ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको सिकार भएको छ ।
नेपालका पाँच सिकार कम्पनीमार्फत सिकारमा पुगेका विदेशी सिकारले यस पटक निर्धारित कोटा भन्दा कमी सिकार गरेका हुन । पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो ।
यस पटक तीन वटा झारल र एक नाउरको सिकार हुन सकेनन । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसिएन नागरिक इभिजिनी सिरोक्यो सिकारको लागि आउनुभएन । उहाँले हिमालयन वाइल्डआउटफिटरमार्फत सिकार अनुमति लिनुभएको थियो । व्यक्तिगत कारण देखाउँदै सिकारको लागि नआएको सञ्चालक सेरबहादुर वाईवाले जानकारी दिनुभयो । उहाँले सुन दहमा एक नाउर र एक झारलको सिकार गर्ने अनुमति लिनुभएको थियो ।
यो सिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर, ओभिन एन्टोनी नोयलले सेनब्लकमा एक नाउरको सिकार गरे पनि फागुने ब्लकमा एक झारलको सिकार गर्न चुक्नुभएको थियो ।
हिमालयन सफारीमार्फत मेक्सिकन नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लवकमा एक नाउरको सिकार गर्नुभयो । मेक्सिनक नागरिक कार्लोसले सेन ब्लवनमा एक नाउर मारे पनि झारल मार्न सक्नुभएन ।
ट्याक एण्ड ट्रभाल्सले दुई जना युक्रेनी नागरिकलाई सिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको सिकार गर्नुभयो ।
ग्लोबल सफारीमार्फत दोगाडी ब्लवमा पुग्नुभएको स्पेनिस नागरिक जोएक्वाईन बेन्जिमेनले एक नाउरको सिकार गरेको ढोरपाटन सिकार केन्द्रका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कँडेलले जानकारी दिनुभयो । स्पेनिस नागरिक मुगलले पनि सोही ब्लवकमा नाउरको सिकार गर्नुभएको थियो ।
चे रिब्लिकन नागरिक रोमनले सुनदह ब्लकमा एक झारल र एक नाउरको सिकार गरेको ग्लोबल सफारीका सञ्चालक समसेर पराजुलीले बताउनुभयो ।
ढोरपाटनमा सिकार गरेपछि अधिकांस शिकारीले मासु खाएर सिंङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तराष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिंगको प्रतिष्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।
सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्न पाउँछन । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ ।