प्रेस सेन्टर नेपालका अध्यक्षमा विष्णु सापकोटा,केन्द्रीय सदस्यमा बागलुङबाट राजभण्डारी र कँडेल चयन

-


     जनहित न्युज    
     मंसिर २० गते २०७८


प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशनले विष्णु सापकोटा ‘जुगल’को नेतृत्वमा एक सय ९१ सदस्यीय कार्यसमिति सदस्य चयन गरेको छ । चितवनको भरतपुरमा शनिबारबाट जारी  महाधिवेशनले सापकोटाको नेतृत्वमा कार्यसमिति सदस्य चयन गरेको हो । 

सेन्टरको बाँकी पदाधिकारी भने अब बस्ने केन्द्रीय समिति बैठकले चयन गर्नेछ । सेन्टरमा अध्यक्षसहित ३९ पदाधिकारीको व्यवस्था छ भने कार्यसमिति सदस्य एक सय ९९ रहने व्यवस्था छ । केन्द्रीय समिति बैठक अर्को साता बस्ने तय भएको छ । उक्त बैठकले सेन्टरको पदाधिकारीका साथै कार्यसमितिका ८ जना सदस्य पनि चयन गर्नेछ ।

घाेषणा कार्याक्रममा प्रेस सेन्टर नेपालका संस्थापक सचिव सचिन राेका,संस्थापक अध्यक्ष महेश्वरदाहाल ,सस्थापक उपाध्यक्ष खिलबहादुर भण्डारी ,नेपाल पत्रकार महासंघकाे पूर्वअध्यक्ष गाेविन्द अाचार्य,निर्वाचन समितिकासंयाेजक काेमल बराल,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य लक्ष्मी पुन,प्रेस सेन्टर नेपालकाे नवनिर्वाचित अध्यक्ष विष्णुसापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।

महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।जसमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह गर्दैदलहरुलाई राजनीतिक गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गरिएको छ ।

मिडिया सम्बन्धी पुराना कानून खारेज गरी नयाँ कानून बनाउन, साना लगानी गर्न संरक्षण गर्न, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबैसेवासुविधा बन्द गर्न, सञ्चारकर्मीले सवारी साधन किन्दा भन्सार छुट, स्वास्थ्य बीमा लागू गर्न समेत माग गरिएको छ ।

प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा बागलुङबाट राजभण्डारी र कँडेल चयन

प्रेस सेन्टर नेपालको  केन्द्रीय सदस्यमा बागलुङबाट दुई जना चयन भएका छन् ।

चौंथो राष्ट्रिय महाधिवेशनबाट मुकेशचन्द्र राजभण्डारी र कोपीला कँडेल सर्वसम्मत चयन भएका हुन् ।राजभण्डारी नयाँ विश्व डटकमकासम्पादक हुन भने कँडेल रेडीयो नेपालमा आवद्द छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?