तस्विर समाचार

जापानमा जन्मदर लगातार हरेक वर्ष घट्दोक्रम, २०२१ मा जन्मेको संख्या भन्दा मृत्यु हुने संख्या ६ लाख बढि

जापानमा जन्मिएका बालबालिकाको संख्या २०२१ मा लगातार छैठौं वर्षमा पनि न्यून रहेको र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा बढी मृत्युको भै देशको जनसंख्या घट्ने निरन्तर प्रवृत्तिलाई फेरि निरन्तरता दिदै गएको सरकारी तथ्याङ्कले देखाएको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२० देखि नवजात शिशुको संख्या ३.४ प्रतिशतले घटेर ८ लाख ४२ हजार ८ सय ८७ मा पुगेको छ भने मृत्यु ४.९ प्रतिशतले बढेर १४ लाख ५२ हजार २८९ पुगेको छ, जसको परिणामस्वरूप १२ करोड ५० लाख भएको देशमा प्राकृतिक… पुरा पढौ

जापानले विदेशी नागरिकको प्रवेश अनुमतिका लागि अनलाइन आवेदन खोल्यो, परिवर्तित नियमहरू के के छन त ?

जापानले आगामी मंगलबारदेखि आफ़्नो देशको कडा प्रवेश प्रतिबन्धहरू खुकुलो बनाउनु अघि विदेशी विद्यार्थी र व्यवसायीहरूका लागि प्रवेश अनुमति प्रदान गर्न विश्वविद्यालयहरू र कम्पनीहरूद्वाराको प्रायोजनमार्फ़त अनलाइन आवेदनहरू शुक्रवारदेखि स्वीकार गर्न थालेको छ ।प्रायोजकहरूले प्रवेशकर्ताको जानकारी स्वास्थ्य मन्त्रालयद्वारा निरीक्षण गर्ने फलो-अप प्रणाली (ERFS) मार्फत सार्वजनिक गरिनुपर्ने बताईएको छ। आवेदन गरिएका सफल आवेदकहरूको सूचना प्रायोजक विश्वविद्यालयहरू र कम्पनीहरूमार्फ़त पठाइनेछ। भिसा आवेदकहरूले त्यसपछि आफ्नो नजिकको जापानी दूतावास वा वाणिज्य दूतावासमा भिसाको लागि आवेदन गर्न सकिने जापान सरकारले जनाएको छ। भिसा प्राप्त गर्ने विदेशी नागरिकहरूले… पुरा पढौ

विद्युतीय राहदानी ( ई-पासपोर्ट) उत्पादनको सफल परिक्षणसंगै अब जापानका नेपालीलाई यहिबाट ई–पासपोर्ट

जापानस्थित नेपाली दूतावासले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरणको लागि आवेदन दिन प्रि- इनरोलमेण्ट बुकिंङ खुला गरेको छ । जापानमा करिब लाख नेपाली विभिन्न पेशा व्यावसाय अध्ययन तथा रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा राहदानी विभागले शुक्रबार जापानको टोकियोस्थित नेपाली दूतावासबाट ई–पासपोर्टको उत्पादनको सफल परीक्षणसंगै प्रि इनरोलमेन्ट बुकिङ शुरुवात गरिएको हो । यो संगै अब जापानबाटै विद्युतीय राहदानी ( ई-पासपोर्ट) जारी हुने भएको छ । टोकियोस्थित दूतावासबाट लाइभ इनरोलमेन्ट गरी ई-पासपोर्ट सफलतापूर्वक उत्पादन भएसँगै जापानबाटै नेपालीले राहदानी पाइने भएको छ । परीक्षण सफल भएसँगै… पुरा पढौ

जापानले मार्चदेखि विदेशी आगन्तुकको प्रवेशका लागि कोभिड-१९ को भ्याक्सिन जोन्सन एन्ड जोन्सनलाई समेत स्वीकार गर्ने

अन्तर्राष्ट्रिय यात्रुहरूले कोभिड-१९ विरुद्दको भ्याक्सिन जोन्सन र जोन्सन लगाएको प्रमाण रहेमा पनि जापान प्रवेशका लागि अनुमति दिइने र अर्को महिना सीमा नियन्त्रणहरू सहज भएपछि क्वारेन्टाइनको छोटो लागि समयावधिको लागि पनि योग्य हुने बताईएको छ । जापानमा करिब दुई वर्षको प्रतिबन्धपछि जे एण्ड जे खोप विदेशी आगन्तुकहरूको प्रवेश गर्नका लागि नियामकहरूले अनुमोदन गरेको अन्य तीन खोपहरूको सूचीमा सामेल गरिने भएको हो। विदेश मन्त्रालयले जारी गरेको सूचीमा अन्य स्वीकृत खोपहरूमा फाइजर, मोडर्ना, र एस्ट्राजेनेका रहेका छन।चिनियाँ र रुसी निर्माता कम्पनीहरूले विकास गरेका… पुरा पढौ

प्रिय पल, तिमी मेरो पनि ‘ड्रिमब्वाइ’ थियौ 

प्रिय पल, तिमीलाई कतिको याद छ, अनामनगरको त्यो सानो स्टुडियो । त्यतिबेला म रेडियो छोडेर भर्खर अनलाइन पत्रकारितामा आएथेँ। तिमी भिडिओ इडिटिङ छोडेर अभिनयमा। त्यतिबेला मलाई फेस गर्न तिमीलाई गाह्रो भएको थियो, क्यामेरा फेस गर्न मलाई। भनेथ्यौ, ‘मलाई अरु पत्रकारलाई फेस गर्न जस्तो सजिलो भइरहेको छैन, तपाईँलाई फेस गर्न।’ कारण म कहिल्यै कुनै सेलिब्रिटीको पछि हात धोएर लागिनँ। अर्को कुरा मनोरञ्जन पत्रकारिता गरिरहे पनि मलाई गसिपसँग दिलचस्पी थिएन। अझै पनि छैन।   तिमीलाई याद छ की छैन, मलाई थाहा भएन। तर… पुरा पढौ

जापान प्रवेश गर्ने नेपाली सहित ३७ देशका आगन्तुकको लागि अब ३ दिन मात्र होटल क्वारेन्टाइन

मार्च १ देखि जापान प्रवेश गर्ने नेपालसहित ११ देशका नागरिकहरूलाई ६ दिनको होटल क्वारेन्टाइनबाट ३ दिनमा झार्ने भएको छ ।जापानको एअरपोर्टमामा आइपुगेपछि आवास सुविधासहित इटाली, उज्वेकिस्तान, बेलायत, इजिप्ट, स्वीडेन, डेनमार्क, जर्मनी, नर्वे, पाकिस्तान, फ्रान्सबाट आउने आगन्तुकलाई हाल क़ायम रहेको ६ दिनको क्वारेन्टाइन अवधिबाट ३ दिन गराइन लागेको जापान सरकारले आफ़्नो वेभसाइटमार्फत जनाएको छ ।त्यसैगरि हाल क़ायम ३ दिनको एअरपोर्ट होटल क्वारेन्टाइन रहेका ३७ वटा देशहरूमा रहेका छन । १० दिन र ६ दिनको एअरपोर्ट होटल क्वारेन्टाइन अब कुनै देशका लागि… पुरा पढौ

किन गिजोलिदै छ एनआरएनए जापानको विवाद, क्षेत्रीय समितिले समाधान गर्न गरेको पहल कहाँ गएर अड्कियो?

एनआरएनए जापानका १२ वटै क्षेत्रीय समितिहरूले गैर आवासीय नेपाली संघ उच्च स्तरीय समितिका सदस्य देवमान हिराचनको निर्देशनमा गठित राजन प्रधानङगको अध्यक्षतामा बनेको तदर्थ समितिलाई स्वीकार नगर्ने बताएका छन ।बिहिबार भर्चुवलमार्फत पत्रकार सम्मेलन गर्दै क्षेत्रीय समितिका संयोजकहरूले स्वचालित नभई परिचालित रूपमा गठन गरिएको सो तदर्थ समिति एक नाटकको मंचन मात्र भएकोले जुलाईमा सम्पन्न निर्वाचनमा १७ सय इमेल परिवर्तन गर्नेको स्पष्ट पहिचान गरि सो इमेल मार्फत कसलाई भोट गरिएको हो सो को समेत प्रमाणसहित जानकारी नगराउने अवस्थासम्म तदर्थ समितिको औचित्य नहुने बताएका… पुरा पढौ

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं : सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरी अर्को बैठक भोलि  १ बजे बस्ने जनाएको हो।  पुरा पढौ

माओवादीले संसद् बहिष्कार नगर्ने, एमसीसीको विपक्षमा मतदान गर्ने

माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । ‘हाम्रो पार्टीले आजको संसद् बैठक बहिष्कार गर्दैन, तर एमसीसी संसदमा निर्णयार्थ पेस भएमा विपक्षमा मतदान गर्नेछ,’ श्रेष्ठले भने, ‘एमसीसी संसदबाट पास हुने देखियो ।’ उनका अनुसार कांग्रेस, लोसपा, एकीकृत समाजवादी र जसपाको सहयोगमा एमसीसी संसद्बाट पास हुन्छ । आजै… पुरा पढौ

पुटिनको घोषणालगत्तै युक्रेनमाथि आक्रमण सुरु, आक्रमणमा परी युक्रेनमा ७ जनाको मृत्यु, १९ जना बेपत्ता

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान मस्कोमा सम्बोधन गर्दै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए। त्यसको लगत्तै युक्रेनको राजधानी कीभलगायत अन्य शहरमा विस्फोट भएको हो। कीभमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। बिहीबार बिहानै युक्रेनको पूर्वी डोनबास क्षेत्रको क्रामतोर्स्क शहरमा पनि कम्तीमा दुईवटा ठूला विस्फोट भएका छन्। खार्किभ, मारियुपोल, माइकोलाइभ र ओडेसा शहरमा पनि विस्फोटका खबर आइरहेका छन्। रुसले बिहीबार युक्रेनमा गरेको आक्रमणमा ७ जनाको मृत्यु भएको छ। युक्रेनको प्रहरीले दिएको जानकारीअनुसार थप १९ जना मानिस आक्रमणमा बेपत्ता… पुरा पढौ