
A passenger walks with a suitcase at the arrivals hall at Tokyo's Haneda International Airport on February 18, 2022, after Japan's government announced plans to ease virus border rules for workers and students. (Photo by Philip FONG / AFP)
जापानले आगामी मंगलबारदेखि आफ़्नो देशको कडा प्रवेश प्रतिबन्धहरू खुकुलो बनाउनु अघि विदेशी विद्यार्थी र व्यवसायीहरूका लागि प्रवेश अनुमति प्रदान गर्न विश्वविद्यालयहरू र कम्पनीहरूद्वाराको प्रायोजनमार्फ़त अनलाइन आवेदनहरू शुक्रवारदेखि स्वीकार गर्न थालेको छ ।
प्रायोजकहरूले प्रवेशकर्ताको जानकारी स्वास्थ्य मन्त्रालयद्वारा निरीक्षण गर्ने फलो-अप प्रणाली (ERFS) मार्फत सार्वजनिक गरिनुपर्ने बताईएको छ।
आवेदन गरिएका सफल आवेदकहरूको सूचना प्रायोजक विश्वविद्यालयहरू र कम्पनीहरूमार्फ़त पठाइनेछ। भिसा आवेदकहरूले त्यसपछि आफ्नो नजिकको जापानी दूतावास वा वाणिज्य दूतावासमा भिसाको लागि आवेदन गर्न सकिने जापान सरकारले जनाएको छ।
भिसा प्राप्त गर्ने विदेशी नागरिकहरूले जापान आउनको लागि संशोधित क्वारेन्टाइन नियमहरूको पालना गर्न र ERFS प्रणाली मार्फत आफ्नो ठेगाना र स्वास्थ्य अवस्था रिपोर्ट गर्न आवश्यक हुने बताईएको छ ।
बिहीबार सरकारले पर्यटक बाहेक अन्य सम्पूर्ण भिसावाहक विदेशी नागरिकहरूको नयाँ प्रवेशलाई अनुमति दिने गत हप्ता प्रधानमन्त्री फुमियो किशिदाको घोषणा पछि मार्चदेखि सहज सीमा प्रतिबन्धहरूको विवरण पनि जारी गरेको छ।
नेपाल,बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, मेक्सिको, दक्षिण कोरिया र युएइ लगायत कुल ३७ देश तथा क्षेत्रहरूका नागरिकहरूको नयाँ आगमनका लागि क्वारेन्टाइन नियमहरू समेत निर्धारण गरेको छ ।
यदि ३७ वटा देशको सूचिमा रहेका देशहरू मध्येबाट जापान प्रवेश गर्न लागेका आगन्तुकले बूस्टर खोप प्राप्त नगरेको भए तोकिएको सुविधामा तीन दिनको होटेल क्वारेन्टाइनमा बसी तेस्रो दिन कोभिड-१९ को परिक्षणबाट रिपोर्ट नकारात्मक आउन आवश्यक हुने,
तेस्रो डोज खोप नलागेकाहरूका लागि एअरपोर्ट क्वारेन्टाइन ३ दिन बस्नुपर्ने र कोभिड-१९ को परीक्षण गर्दा परीक्षणको नतिजा नेगेटिभ आयो भने आफ़नो आवासमा क्वारेन्टाइन रहनपनि सकिने उल्लेख गरिएको छ । तेस्रो बूस्टर खोपको लगाएकाहरूसँग खोप प्रमाणपत्र भएकाहरूमा सैद्धान्तिक रूपमा ७ दिनसम्म आफ़्नो आवासमा क्वारेन्टाइन रहनुपर्ने भएपनि उनीहरूले रोजेको ठाऊमा क्वारेन्टाइन बस्न सक्ने, जापान प्रवेश गरेको तेस्रो दिन पछि स्वेच्छाले कोभिड-१९ को परिक्षण गर्दा परीक्षण नेगेटिभ आयो भने स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयलाई सूचित गरेर मन्त्रालयले पुष्टि गरेपछि घरमा क्वारेन्टाइन नबस्न पनि सकिने छ ।
बुस्टर खोपको लागि योग्य नभएका आफ्ना आमाबाबुसँग यात्रा गर्ने बच्चाहरूले तोकिएको अवधि नै आमाबाबुसँग क्वारेन्टाइन बस्नुपर्ने छ।
फाइजर, मोर्डेना एस्ट्राजेनिका र जोनसन एनड जोनसन, खोपहरू प्राप्त गरेका व्यक्तिहरू छोटो अवधिको क्वारेन्टाइन लागि योग्य हुनेछन्।
मार्चदेखि तोकिएका सुविधाहरूमा क्वारेन्टाइनमा बस्नु पर्ने व्यक्तिहरू बाहेक विदेशबाट आउनेहरूले क्वारेन्टाइन अवधिमा पनि आफ्नो आगमनको २४ घण्टा भित्र आफ़्नो आवासमा पुग्न सक्ने भएमा सार्वजनिक यातायात प्रयोग गर्न पनि दिइने भएको छ ।
विश्वविद्यालयहरू, स्वदेश र विदेशका व्यवसायी, विपक्षी तथा सत्तारुढ दलहरूका नेताहरू लगायतले तीब्र आग्रहपछि सरकारले सीमा प्रतिबन्धहरू खुकुलो गर्ने निर्णय गरेको हो ।
जापानले अल्बानिया,बंगलादेश, ब्राजिल (साओ पाउलो र पराना),कम्बोडिया, क्यानडा,डेनमार्क, इजिप्ट,फ्रान्स, जर्मनी,इजरायल, भारत, इन्डोनेसिया, इटाली, इरान, इराक, जोर्डन, लेबनान, माल्दिभ्स, मेक्सिको, मंगोलिया, म्यानमार, नेपाल, नर्वे, ओमान, पाकिस्तान, पेरु, रूस, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण कोरिया, श्रीलंका, स्वीडेन, स्विट्जरल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम र उज्वेकिस्तान देशलाई ओमिक्रोनको लागि हट स्पटको रूपमा उल्लेख गरेको छ ।



