तस्विर समाचार

प्रिय पल, तिमी मेरो पनि ‘ड्रिमब्वाइ’ थियौ 

प्रिय पल, तिमीलाई कतिको याद छ, अनामनगरको त्यो सानो स्टुडियो । त्यतिबेला म रेडियो छोडेर भर्खर अनलाइन पत्रकारितामा आएथेँ। तिमी भिडिओ इडिटिङ छोडेर अभिनयमा। त्यतिबेला मलाई फेस गर्न तिमीलाई गाह्रो भएको थियो, क्यामेरा फेस गर्न मलाई। भनेथ्यौ, ‘मलाई अरु पत्रकारलाई फेस गर्न जस्तो सजिलो भइरहेको छैन, तपाईँलाई फेस गर्न।’ कारण म कहिल्यै कुनै सेलिब्रिटीको पछि हात धोएर लागिनँ। अर्को कुरा मनोरञ्जन पत्रकारिता गरिरहे पनि मलाई गसिपसँग दिलचस्पी थिएन। अझै पनि छैन।   तिमीलाई याद छ की छैन, मलाई थाहा भएन। तर… पुरा पढौ

जापान प्रवेश गर्ने नेपाली सहित ३७ देशका आगन्तुकको लागि अब ३ दिन मात्र होटल क्वारेन्टाइन

मार्च १ देखि जापान प्रवेश गर्ने नेपालसहित ११ देशका नागरिकहरूलाई ६ दिनको होटल क्वारेन्टाइनबाट ३ दिनमा झार्ने भएको छ ।जापानको एअरपोर्टमामा आइपुगेपछि आवास सुविधासहित इटाली, उज्वेकिस्तान, बेलायत, इजिप्ट, स्वीडेन, डेनमार्क, जर्मनी, नर्वे, पाकिस्तान, फ्रान्सबाट आउने आगन्तुकलाई हाल क़ायम रहेको ६ दिनको क्वारेन्टाइन अवधिबाट ३ दिन गराइन लागेको जापान सरकारले आफ़्नो वेभसाइटमार्फत जनाएको छ ।त्यसैगरि हाल क़ायम ३ दिनको एअरपोर्ट होटल क्वारेन्टाइन रहेका ३७ वटा देशहरूमा रहेका छन । १० दिन र ६ दिनको एअरपोर्ट होटल क्वारेन्टाइन अब कुनै देशका लागि… पुरा पढौ

किन गिजोलिदै छ एनआरएनए जापानको विवाद, क्षेत्रीय समितिले समाधान गर्न गरेको पहल कहाँ गएर अड्कियो?

एनआरएनए जापानका १२ वटै क्षेत्रीय समितिहरूले गैर आवासीय नेपाली संघ उच्च स्तरीय समितिका सदस्य देवमान हिराचनको निर्देशनमा गठित राजन प्रधानङगको अध्यक्षतामा बनेको तदर्थ समितिलाई स्वीकार नगर्ने बताएका छन ।बिहिबार भर्चुवलमार्फत पत्रकार सम्मेलन गर्दै क्षेत्रीय समितिका संयोजकहरूले स्वचालित नभई परिचालित रूपमा गठन गरिएको सो तदर्थ समिति एक नाटकको मंचन मात्र भएकोले जुलाईमा सम्पन्न निर्वाचनमा १७ सय इमेल परिवर्तन गर्नेको स्पष्ट पहिचान गरि सो इमेल मार्फत कसलाई भोट गरिएको हो सो को समेत प्रमाणसहित जानकारी नगराउने अवस्थासम्म तदर्थ समितिको औचित्य नहुने बताएका… पुरा पढौ

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं : सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरी अर्को बैठक भोलि  १ बजे बस्ने जनाएको हो।  पुरा पढौ

माओवादीले संसद् बहिष्कार नगर्ने, एमसीसीको विपक्षमा मतदान गर्ने

माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । ‘हाम्रो पार्टीले आजको संसद् बैठक बहिष्कार गर्दैन, तर एमसीसी संसदमा निर्णयार्थ पेस भएमा विपक्षमा मतदान गर्नेछ,’ श्रेष्ठले भने, ‘एमसीसी संसदबाट पास हुने देखियो ।’ उनका अनुसार कांग्रेस, लोसपा, एकीकृत समाजवादी र जसपाको सहयोगमा एमसीसी संसद्बाट पास हुन्छ । आजै… पुरा पढौ

पुटिनको घोषणालगत्तै युक्रेनमाथि आक्रमण सुरु, आक्रमणमा परी युक्रेनमा ७ जनाको मृत्यु, १९ जना बेपत्ता

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान मस्कोमा सम्बोधन गर्दै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए। त्यसको लगत्तै युक्रेनको राजधानी कीभलगायत अन्य शहरमा विस्फोट भएको हो। कीभमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। बिहीबार बिहानै युक्रेनको पूर्वी डोनबास क्षेत्रको क्रामतोर्स्क शहरमा पनि कम्तीमा दुईवटा ठूला विस्फोट भएका छन्। खार्किभ, मारियुपोल, माइकोलाइभ र ओडेसा शहरमा पनि विस्फोटका खबर आइरहेका छन्। रुसले बिहीबार युक्रेनमा गरेको आक्रमणमा ७ जनाको मृत्यु भएको छ। युक्रेनको प्रहरीले दिएको जानकारीअनुसार थप १९ जना मानिस आक्रमणमा बेपत्ता… पुरा पढौ

नाबालिगलाई प्रलोभन देखाएर करणी गरेको आरोपमा पल शाहलाई पक्राऊ गर्न देशभरका प्रहरी कार्यालयमा सर्कुलर

अभिनेता पल शाहलाई पक्राउ गर्न नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा सर्कुलर गरेको छ।  नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत तनहुँले बुधबार अभिनेता शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ।  अभिनेता पल शाहले नाबालिग किशोरीमाथि अन्तिम पटक यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भएकाले किशोरीले तनहुँमा पीडित युवतीका बुबाले तनहुँमा किटानी जाहेरी दिएका थिए।  १७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज… पुरा पढौ

घर र मानिसलाई प्लास्टिकमा बेरेर फोटो खिच्दैछन् जापानी फोटोग्राफर हारुहिको कावागुची 

जापानी फोटोग्राफर हारुहिको कावागुचीसँग ‘फेमिली-फोटो’ खिच्नु परे एउटा अनौठो सर्त पूरा गर्नुपर्छ। उनले पूरै घरलाई प्लास्टिकले छोप्छन् र फोटो खिच्न लागेको मान्छेलाई प्लास्टिकको झोलामा ‘भ्याकुम-सिल’ गर्छन्। त्यसपछि मात्रै उनले फोटो खिच्न सुरु गर्छन्। मान्छे निसास्सिनुअघि नै टोकियोका फोटोग्राफर कावागुचीले केही सेकेन्ड फोटो खिचेर भ्याउँछन्। यस्तो अनौठो फोटोलाई कावागुचीले ‘मेमोरियल फोटो फर द फेमिली’ (परिवारको यादगार फोटो) भन्ने गरेका छन्। यो उनको जारी सेरिज ‘फ्रेस लभ’ (ताजा प्रेम)को एक अंश हो। यो उनको दुई दशक लामो मिसन हो। जसमा उनले मानिसहरूलाई प्लास्टिकमा र्‍याप… पुरा पढौ

कलकत्ते काईंयो र टेबलमा ऐना छ, तर जयनन्द छैनन् 

रत्नराज्य कलेजमा पंक्तिकार पत्रकारिता पढदै गर्दा छेउमै रहेको ललितकला क्याम्पसमा पढने मित्रहरु डेस्क ठटाउँदै एउटा गीत खुबै गाउँथे, ‘कलकत्ते काईंयो केस मेरो बांगो, टेबलमा ऐना छ,पीरती मैले नलाको हैन तकदिरमै रैनछ’ प्रेम वियोग भोगेका ठिटा ठिटीलाई यो गीतको ‘तकदीरमै रैनछ’ शब्दले बढी प्रभाव पार्ने गथ्र्यो । तामाङ सेलो लयमा गाइएको यो गीत हिजोआज पनि पिकनिक, जमघटदेखि सांगीतिक रियालीटी शोमा समेत गुञ्जिरहेकै छ । कलकत्ते काईंयो पनि छ, टेबलमा ऐना पनि छ । तर, अब रहेनन्, यो गीत गाउने लोक गायक… पुरा पढौ

बागलुङ समाज जापानको आयोजनामा प्रथम पुरस्कार करिब ३ लाख राशी रहेको दोस्रो रनिङ कप पुरुष भलिबल प्रतियोगिता सिन्जुकुमा हुदै

बाग्लुङ समाज जापानले अप्रिल ४ तारिखका दिन टोकियोमा दोश्रो रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।नेपालको राष्ट्रिय खेल भलिबललाई चैते दसैंको अवसरमा खेलकूदमार्फत प्रवाशमा रहेका खेलाडीहरुको विकासमा टेवा पुर्याउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको हो।भलिबल प्रतियोगिता संचालन गर्नका लागि समाजले विभिन्न उप-समिति गठन गरी जिम्मेवारी बाडफाडका साथ प्रतियोगिताको तयारी थालेको समाजका कार्यवहाक अध्यक्ष यमकान्त कँडेलले बताए ।प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्दै समाजको उद्देश्य परिपूर्तिका लागि समग्र प्रतियोगिताको संयोजन गर्ने गरि कार्यक्रम संयोजक कार्यसमिती सदस्य बसन्त… पुरा पढौ