घर र मानिसलाई प्लास्टिकमा बेरेर फोटो खिच्दैछन् जापानी फोटोग्राफर हारुहिको कावागुची 

-


     जनहित न्युज    
     फागुन ११ गते २०७८


जापानी फोटोग्राफर हारुहिको कावागुचीसँग ‘फेमिली-फोटो’ खिच्नु परे एउटा अनौठो सर्त पूरा गर्नुपर्छ। उनले पूरै घरलाई प्लास्टिकले छोप्छन् र फोटो खिच्न लागेको मान्छेलाई प्लास्टिकको झोलामा ‘भ्याकुम-सिल’ गर्छन्। त्यसपछि मात्रै उनले फोटो खिच्न सुरु गर्छन्। मान्छे निसास्सिनुअघि नै टोकियोका फोटोग्राफर कावागुचीले केही सेकेन्ड फोटो खिचेर भ्याउँछन्।

यस्तो अनौठो फोटोलाई कावागुचीले ‘मेमोरियल फोटो फर द फेमिली’ (परिवारको यादगार फोटो) भन्ने गरेका छन्। यो उनको जारी सेरिज ‘फ्रेस लभ’ (ताजा प्रेम)को एक अंश हो।

यो उनको दुई दशक लामो मिसन हो। जसमा उनले मानिसहरूलाई प्लास्टिकमा र्‍याप गरेर ‘ह्युमन इन्टिमेसी’लाई फरक तरिकाले तस्बिरमा उतार्ने प्रयास गरिरहेका छन्।

सबै तस्विर सीएनएनबाट लिइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?