तस्विर समाचार

नेपाल युएईसँग पराजित, दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरो 

यूएईसँग पराजित हुँदै नेपालको टी२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । टी२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाल ६८ रनले पराजित भएको हो । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो । नेपाललाई हराउँदै युएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ । र, अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ । युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा… पुरा पढौ

अमेरिकी राजदूतसँग भेटेपछि प्रधानमन्त्री भेट्न बालुवाटार लागे ओली

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन्। अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग भेटेपछि ओली प्रधानमन्त्री भेट्न बालुवाटार गएका हुन्। ओलीका प्रेसविज्ञ रामशरण बजगाइँले प्रधानमन्त्री देउवाले बाेलाएपछि ओली बालुवाटार गएकाे जानकारी दिए।  'प्रधानमन्त्रीसँग सम्वादका लागि अध्यक्षज्यू अन्य नेताहरुसहित बालुवाटार जानु भएको छ', उनले भने, 'त्यहाँ एमसीसीसहित अन्य समसामयिक विषयमा दुईजनाबीच कुरा हुनेछ।' संसदमा पेश भएको अमेरिकी सहायता परियोजना एमसीसी पास गराउने दौडधूपमा सत्तारुढ नेपाली कांग्रेस रहेका बेला ओलीलाई देउवाले बालुवाटार बोलाएका हुन्।  पुरा पढौ

वैशाख ३० को चुनाव रोक्ने रिटमा अन्तरिम आदेश दिन अस्वीकार

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन मधेश प्रदेशमा रोक्न माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासले महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  सरकारले तोकेको वैशाख ३० को निर्वाचनले २०७४ असोजमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको ५ वर्ष कार्यकाल पूरा गर्ने संवैधानिक हक कुण्ठित हुने भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर साहले रिट दर्ता गरेका थिए । यसअघि… पुरा पढौ

सुख्खा पहिरोमा परी एक जनाको मृत्यु, दुई जना घाइते 

बागलुङको बडिगाड गाउँपालिका –७ गोठानमा मोटर बाटो विस्तारको क्रममा खसेको सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । इदिखोलादेखि गोठान जोड्ने मोटर बाटो खन्दैगरेको अवस्थामा गोठान क्षेत्रमा विस्तार भएको सडकमाथिबाट खसेको सुख्खा पहिरोमा परेर स्थानीय ६० वर्षीय गोपीराम विकको मृत्यु भएको हो । मृतक विक सोही मोटरबाटो उपभोक्ता समितिको गतवर्ष अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।पहिरोमा परी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष ३४ वर्षीय दुर्गा विक र ४१ वर्षीय डिलबहादुर विक घाइते भएका छन ।… पुरा पढौ

गायिका समीक्षा अधिकारीसँगको विवाद कृत्रिम समस्या खडा गरि संघर्षमा रहेको कलाकारलाई बारम्बार प्रहार गरिएको अभिनेता पल शाहको स्पष्टोक्ति( अपिल जस्ताको तस्तै)

नेपाली चलचित्रका नायक पल शाहले तथ्यहीन लाञ्छनाका आधारमा आफ्नो र गायिका समीक्षा अधिकारीको व्यावसायिक र व्यक्तिगत जीवनमा धक्का नपुर्‍याइदिन आग्रह गरेका छन् । नायक पल र गायिका समीक्षाबीचको सम्बन्धलाई लिएर अनेक चर्चा भइरहेका बेला मंगलबार उनले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गरेका हुन् । दर्शकसामु एक सक्षम अभिनेताका रूपमा उभिने प्रयास गर्दागर्दै आफूमाथि बारम्बार प्रहार भएको उनको भनाइ छ । “समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउने प्रकारका गतिविधि र खदिलो, दरिलो मनोरञ्जनात्मक प्रस्तुति लिएर आउने प्रण पनि गर्दछु । तर, नेपाली समाजभित्र… पुरा पढौ

एनआरएनए जापान र दूतावासका बिच छलफल, जुलाईमा नेपाल फेस्टिबल गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाली राजदूतावास टोकियोबिच एनआरएनए जापानले गर्दै आएको कार्यप्रगति र भावी कार्ययोजनाबारेमा छलफल भएको छ । टोकियो स्थित नेपाली राजदुतावासको कार्यालयमा आयोजित छलफलमा दूतावासको तर्फबाट कार्यबाहक राजदूत अम्बिका प्रशाद जोशी र गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष शिवप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो । सोमबार भएको छलफलमा नयाँ कार्यसमितिले सात महिनाको अवधिमा गरेको विभिन्न सामाजिक काम र गतिबिधिहरुको बारेमा जानकारी गराउनुका साथै भावी कार्ययोजनाको बारेमा नेपाली राजदूतावास जापानलाई जानकारी गराइएको एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी… पुरा पढौ

विवाहित लिभिङ टुगेदरमा बसे बहुविवाह, अविवाहितले रजिस्ट्रेशन गर्नुपर्ने कानुन बन्दै !

नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी कानून बनाउन विज्ञहरूले सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरूले लिभिङ टुगेदरको समस्या पनि सम्बोधन गर्ने गरी कानून निर्माण गर्नुपर्ने धारणा राखेका हुन् । अधिवक्ता मोहनलाल आचार्यले ऐन बनाउँदा विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धविच्छेदको आधारमा मात्रै बनाइएको बताए । ‘विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धबिच्छेदको आधारमा मात्रै बनाइएको छ, लिभिङ टुगेदर अहिले… पुरा पढौ

अवैध रूपमा काम गर्ने ३ जना नेपाली र काम लगाउने संचालक समेत पक्राउ

जापान-छोटो अवधिको भिसामा जापान आएका ३ नेपालीहरुलाई गाडी पार्ट्स बन्ने कम्पनीमा काम लगाएको अभियोगमा, आइची प्रान्तको टोयोटा सहरस्थित एक हाकेन कम्पनीको संचालकलाई पक्राउ गरिएको छ । हाकेन कम्पनीका संचालनक संगै, ओभरस्टे बसेका ३ नै जना नेपालीहरुलाई पनि पक्राउ गरिएको छ । प्रहरीका अनुसार उक्त व्यक्तिले सन् २०१६ को जनवरीदेखि यसै महिनासम्म, ति ३ जना नेपालीहरुलाई एउटा अटोमोबाइल पार्टपुर्जा बनाउने कम्पनीमा अवैध रूपमा काम गर्न पठाएको आशंका गरिएको नेपाल न्यूज पोष्ट अनलाइनले आफ़नो समाचारमा उल्लेख गरेको छ । प्रहरी अनुसन्धानको जवाफमा… पुरा पढौ

शिक्षामन्त्रीको ऐतिहासिक निर्णय, शिक्षकका ५१ बुँदे माग पूरा (सहमतिको पूर्णपाठ) 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ। सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमति पत्रमा हस्ताक्षर गर्दै मन्त्री पौडेलले लामो समयदेखि आन्दोलनरत शिक्षकहरूका मागहरू कार्यान्वयन गर्ने सहमति भएको बताए। “शिक्षकहरू पहिल्यैदेखि आन्दोलनरत हुनुहुन्थ्यो,” मन्त्री पौडेलले भने, “म पदमा बहाली भएपछि पनि उहाँका मागका विषयमा गम्भीर छलफल गरी कार्यान्वयन गर्ने विषयमा सहमति भयो।” सार्वजनिक शिक्षा सुधार्न मन्त्रालय र महासंघले संकल्प गर्नुपर्ने… पुरा पढौ

सरकारी ऋण १७ खर्ब २८ अर्ब ९३ करोड पुग्यो 

पुस मसान्तसम्ममा कुल सरकारी ऋण १७ खर्ब २८ अर्ब ९३ करोड पुगेको छ । यस रकममध्ये बाह्य ऋण ९ खर्ब ४८ अर्ब ९८ करोड र आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब ९४ करोड रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८÷०७९ को छ महिनामा नेपाल सरकारको कुल कर्जा शून्य दशमलव ३३ प्रतिशतले बढेको छ । विदेशी ऋण भने ०.०३ प्रतिशतले घटेको छ । विदेशी ऋण अमेरिकी डलर उतावचढाव भएका कारणले घटेको हो । त्यस्तै, आन्तरिक… पुरा पढौ