
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन्।
अमेरिकी राजदूत र्यान्डी बेरीसँग भेटेपछि ओली प्रधानमन्त्री भेट्न बालुवाटार गएका हुन्। ओलीका प्रेसविज्ञ रामशरण बजगाइँले प्रधानमन्त्री देउवाले बाेलाएपछि ओली बालुवाटार गएकाे जानकारी दिए।
‘प्रधानमन्त्रीसँग सम्वादका लागि अध्यक्षज्यू अन्य नेताहरुसहित बालुवाटार जानु भएको छ’, उनले भने, ‘त्यहाँ एमसीसीसहित अन्य समसामयिक विषयमा दुईजनाबीच कुरा हुनेछ।’
संसदमा पेश भएको अमेरिकी सहायता परियोजना एमसीसी पास गराउने दौडधूपमा सत्तारुढ नेपाली कांग्रेस रहेका बेला ओलीलाई देउवाले बालुवाटार बोलाएका हुन्।



