तस्विर समाचार

म्याकडोनाल्ड्स जापानले एकै वर्षमा दुई पटक मूल्य वृद्धि गर्यो, हरेक उत्पादनमा १० देखि ३० येन भयो वृद्धि

म्याकडोनाल्ड्स जापानले यस वर्ष सामग्रीहरूको बढ्दो लागत र येनको तीव्र अवमूल्यनका कारण आफ़ना उत्पादनमा दोस्रो पटक मूल्य बढाएको छ। यस अघि यिनै कारण देखाऊदै मार्चमा मूल्य वृद्धि गरेको थियो । यस पटक कम्पनीले शुक्रबार आफ्ना करिब ६० प्रतिशत वस्तुको मूल्य १० देखि ३० येनले बढाएको छ।सादा ह्याम्बर्गरको मूल्य १५० येन वा करिब एक डलर पुगेको छ भने चिजबर्गरको मूल्य अहिले १८० येन पुगेको छ।एनएचकेले आफ़्नो समाचारमा जनाए अनुसार हरेक दिन बिहान र खाजाको समयमा रेस्टुरेन्टको संरक्षण गर्ने ८३ वर्षीया महिलाले… पुरा पढौ

घुम्टे युवा परिवार जापान शाखाले गलकोट नगरपालिकाका ११ वटै वार्डमा भलिबल खेलका लागि सामग्री प्रदान गर्यो

गलकोट क्षेत्रमा भलिबल खेलको संरक्षण, सम्वर्धन र खेलाडीको वृत्ति विकासमा सहयोग पुर्याउने उदेश्यले नेपाल भलिबल संघ गलकोट नगर समिति अन्तर्गतका ११ वटै वडाका समितिहरूलाई घुम्टे युवा परिवार जापान शाखाले खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । परदेशमा रहेर पनि विशेषतः भलिबल खेलको विकास र जापानमा रहेका खेलाडीलाई सो खेलप्रति सक्रिय बनाईराख्न आफ्ना क्रियाकलापहरू गर्दै आइरहेको जापान शाखाले जन्मभूमिको पालिकामा खेलकूदप्रति चासो जगाई राख्न र खेलाडीहरूको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि रु १ लाख ५० हजार बराबरको खेलकुद सामाग्री सो समितिलाई सहयोग… पुरा पढौ

क्रिकेटर सन्दीप २० गते नेपाल फर्कने 

नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२०असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६ मा नेपाल आउने समाजिक सञ्जालमार्फत बताएका हुन । गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथिआरोप छ । यससँगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पुर्जी गरेको छ  । सँगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए । त्यसपछि सन्दीप क्यान  र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार… पुरा पढौ

आज दसैंको छैटौँ दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन्। उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन्। यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ। कात्यायनीको… पुरा पढौ

जापानको विशेष आर्थिक क्षेत्र बाहिर पर्ने गरि उत्तर कोरियाले एक हप्तामा चौथो पटक ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार गरेको जापानी रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।थप विवरणहरू अझै विश्लेषण भइरहेको छ, मन्त्रालयका अधिकारीहरूले भने। जापानी सञ्चारमाध्यमले उक्त क्षेप्यास्त्र जापान सागरमा खसेको अनुमान गरिएको छ । शनिबारको गोलीबारी उत्तर कोरियाको बढ्दो क्षेप्यास्त्र प्रक्षेपणको पछिल्लो र दक्षिण कोरियामा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको भ्रमणको क्रममा शुक्रबार प्रहार गरिएको यो हप्ताको तेस्रो हो। प्योङयाङले एक हप्तामा चौथो प्रक्षेपण गरेको भन्दै कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ।उत्तर कोरियाले शनिबार पूर्वी तटमा मिसाइल ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका… पुरा पढौ

डेंगु, कोरोना र सिजनल–फ्लु पत्ता लगाउने यस्तो छ तरिका

प्रत्येक वर्ष बर्खायाम सुरु भएसँगै डेंगु, हैजा, स्क्रब टाइफस,  चिकनगुनिया, फ्लु लगायत संक्रामक रोगहरु बढ्ने गर्छन् । हरेक वर्षजस्तै यो वर्ष पनि कोरोना, डेंगु, हैजा धेरैमा संक्रमित भइरहेको छ ।  पछिल्लो समय ७६ जिल्लामा डेंगुको सङ्क्रमण तिव्रगतिमा फैलिसकेको छ ।  पछिल्लो समय ७६ जिल्लामा डेंगुको सङ्क्रमण तिव्रगतिमा फैलिसकेको छ । कोरोना सङ्क्रमणको त्रास रहिरहेका बेला डेंगु र मौसमी–फ्लु फैलँदा मानिसमा थप स्वास्थ्य जटिलता थपिदैगएको छ । भाइरोलोजिष्ट डा. लुना भट्टका अनुसार प्राय सङ्क्रामक रोगमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने,… पुरा पढौ

‘मासु सँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’

दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उहाँहरूले मासु सँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिनुभएको हो । रातो मासुको प्रयोग भने सकभर नगर्न उहाँहरूले बताउनुभएको छ । file photo कान्तिपुर हेल्थले आज चितवनमा आयोजना गरेको ‘चाडपर्वको खाना र स्वास्थ्य’ विषयक चिकित्सक पत्रकार अन्तरक्रिया कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा गुरुशरण साहले रातो मासु प्रयोग नगर्न आग्रह गर्नुभयो । पोलेको मासुले आन्द्रा, आमाशय, प्रोस्टेटको क्यान्सरको जोखिम बढी हुने डा साहको भनाइ छ । दसैँमा… पुरा पढौ

व्यावसायिक तरकारी खेतीबाट घर घडेरी 

सल्यान । इच्छा शक्ति, सीप र जाँगर भए पैसा कमाउन विदेश जानु पर्दैन । आफ्नै गाउँघरमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउनुभएको छ सल्यान बागचौर नगरपालिका ३ रातपहराका खुमराज भण्डारीले । विगत १५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका भण्डारीले वार्षिक १२ लाख भन्दा बढी आम्दानी गर्दै आइरहनुभएको छ । परम्परागत अन्नबाली भन्दा चार गुणा बढी आम्दानी व्यावसायिक तरकारी खेतीबाट भइरहेको उहाँले बताउनुभयो ।  १० रोपनी क्षेत्रफलमा व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका भण्डारीले तरकारी खेतीबाट नै… पुरा पढौ

बागलुङका बाढीपीडितलाई न दसैँ, न तिहार 

 दसैँ सुरु भयो । विदेश भएका र बजार झरेका पनि गाउँ फर्किरहेका छन् । सहरदेखि गाउँसम्म दसैँको रौनक निकै बढेको छ । बागलुङको ढोरपाटनका बाढीपीडितलाई भने दसैँको रौनकले कत्ति पनि छुन सकेको छैन । उनीहरुलाई आफन्त गुमाएको पीडा र घर बनाउँदाको ऋणले सताइरहेको छ । विसं २०७७ भदौ १७ गते राति भूजी खोलामा आएको भीषण बाढीले सयौँलाई घरबारविहीन बनाएको थियो भने कैयनलाई आफन्तविहीन बनाएको थियो । बाढीमा परी ३८ बढीले ज्यान गुमाउनुपरेको थियो । त्यो कहालीलाग्दो घटनाले बाढीपीडितलाई अहिले पनि… पुरा पढौ

नवरात्रीको आज पाँचौ दिन, स्कन्दमाताको पूजा आराधना 

नवरात्रीको आज पाँचौ दिन। आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ। देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ। स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो। सिंहासनगता नित्यं पद्माश्रितकरद्वया।शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी।। स्कन्दमाताको चार हात रहेको छ। देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरुपको भगवान कुमार र एउटा हात आशिर्वाद मुद्रामा रहेको छ। स्कन्दमाताको वहान सिंह रहेको छ। कमलको फुलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ। यस स्वरुपकी देवीलाई विशेष गरेर फलमा… पुरा पढौ