पर्वत समाज जापानको अध्यक्षमा सुभाष लामिछाने र महासचिवमा रामप्रसाद बास्तोला निर्वाचित

-


     जनहित न्युज    
     असाेज १६ गते २०७९


पर्वत समाज जापानको ७ औँ अधिवेशन शनिबार सम्पन्न भै सुभाष लामिछाने नेतृत्वको आगामी कार्यकालको लागि २२ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
जापानमा रहेका सामाजिक संघ संस्थाका बिचमा सामाजिक सेवाका क्षेत्रमा क्रियाशील समाजको उपाध्यक्षमा मुक्ति राज रेग्मी, रमेश काफ्ले, बसन्त जोशी महासचिवमा रामप्रसाद बास्तोला सचिवमा बिमल न्यौपाने र राजेन्द्र शर्मा कोषाध्यक्षमा राम चन्द्र सापकोटा र सह-कोषाध्यक्ष रमेशराज जैशी निर्वाचित भएको समाजले जनाएको छ ।

विभिन्न पेशा व्यवासाय, रोजागारी, अध्ययन लगायत विभिन्न क्षेत्रमा कार्यरत नेपालको पर्वत जिल्लाबाट जापानमा रहेकाहरूको साझा संस्थाको रूपमा रहेको पर्वत समाजको आगामी कार्यकाल २०२२-२०२४ को लागि सम्पन्न अधिवेशनबाट निर्वाचित हुने सदस्यहरूमा कृष्ण भुषाल, नवराज आचार्य, योगनाथ आचार्य, अर्जुन तिवारी, रबिन सुबेदी, पुरूषोतम बास्तोला, शिव रेग्मी, बिनोद भुषाल शर्मा, बालकृष्ण रिजाल, विनोद न्यौपाने, बिकास पौडेल, रामकृष्ण शर्मा र सागर सापकोटा रहेका छन ।

नवनिर्वाचित अध्यक्ष सुभाष लामिछाने


अधिवेशनको प्रमुख अतिथिका रूपमा रहेका एनआरएनए आइसीसी उप महासचिव ओम गुरुङ, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, आनेसासंघ जापान च्याप्टरका अध्यक्ष रबिन शर्मा लगायतले परदेशमा हुदाँ भातृत्व बिकास,साथ सहयोग र जन्मभूमिप्रति आफ़्नो कर्तव्य निर्वाहका लागि यस्ता समाजको भूमिका महत्वपुर्ण हुने बताएका थिए ।
निवर्तमान समितिलाइ धन्यबाद दिदै नव निर्वाचित हुने समितिलाइ कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नु समेत गरिएको थियो ।
कार्यक्रममा कोषाध्यक्षको प्रतिबेदन बिमल न्यौपाने , संस्थागत परिचय रबिन शर्माले र प्रगति प्रतिबेदन राम प्रसाद बास्तोलले प्रस्तुत गरेका थिए।
नवनिर्वाचित अध्यक्ष लामिछानेले समाजको गरिमालाई थप उचाइमा पुर्याउनका लागि आफूले सार्थक भूमिका निर्वाह गर्ने प्रतिवद्दता व्यक्त गरे । नव निर्वाचित कार्यसमितिको प्रबक्तामा रबिन शर्मालाई चयन समेत गरिएको छ ।
अध्यक्ष जनक सुबेदी अध्यक्षतामा भएको कार्यक्रम महासचिब राम बास्तोलाले सचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?