
जापानको ३ शहरहरु टोकियो, फुकोओका र नागोयामा यो वर्ष नेपाल फेष्टिवलको आयोजना गरियो। कोभिड-१९ का कारण २ वर्ष देखि यस प्रकारका फेष्टिवल जापानमा हुन सकेका थिएनन् । जापानमा नेपाल र नेपाली चिनाउन भनेर गरिएका फेष्टिवलमा नेपाली संगै जापानीजको उल्लेखनीय उपस्थिति देखिन्थ्यो ।
जापानको राजधानी टोकियोमा जुलाई ३० र ३१ तारिख आयोजना गरिएको नेपाल फेष्टिवलमा प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उदघाटन गरेका थिए। २००७ देखि जापानमा हुँदै आएको नेपाल फेष्टिवलको यो १२ औं संस्करण हो । कोभिडका कारण बितेका केही वर्ष भने फेस्टिबल हुन सकेको थिएन l

त्यस्तै फुकुओका शहरको तेन्जिङ च्यूओ पार्कमा पनि अगष्ट ६ तारिक एक दिने फेस्टिवलको आयोजना गरिएको थियो। फेष्टिभल सोचे भन्दा धेरै सफल भएको आयोजक समितिका संयोजक अर्जुन थापाले बताए । देशको पूर्व प्रधानमन्त्रीको हैसियतले फेष्टिवलको उदघाटन पुष्वकमल दादाल (प्रचण्ड)बाट भएकोमा उनी लगाएत आयोजक समिति दंग थिए ।
त्यस्तै जापानको नागोयामा सेप्टेम्बर ३ तारिक शनिबार र ४ तारिक आईतवार सम्पन्न नेपाल फेष्टिबल सोचे भन्दा पनि सफलता पूर्वक सम्पन्न भएको एनआरएनए नागोयाका उप -संयोजक भेषनाथ गौतमले बताए । फेस्टिवलमा १ करोड दश लाख येनको हाराहारीमा आर्थिक संकलन भएको र छिटैं हिसाब सार्वजनिक गरिने बताइएको थियो। नागोयामा भएको नेपाल फेष्टिवलको हरेक कारोवार बैंकबाट गरिएको फेष्टिवलका आर्थिक संयोजक डिलाराम खरेलले बताए । हरेक गतिविधी आर्थिक पारदर्शीता अनिवार्य हुने उनि बताउँछन । चाडै नै फेष्टिवलको हिसाब किताव सार्वजनिक गर्छौं उनले भनेका थिए।

टोकियो र फुकोओकामा देशकै बिशिष्ठ व्यक्तिबाट फेष्टिवलको उद्घाटन गरिएको थियो। नायोयामा फेष्टिवलको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृह तथा रक्षा मन्त्री डा मिलेन्द्र रिजालले गरेका थिए l हाल राष्ट्रको कुनै पनि भूमिकामा नरहेको व्यक्तिलाई फेष्टिभलको प्रमुख अतिथि बनाएको भन्दै बिरोध समेत जनाईएको थियो।
सो संम्बन्धमा फेस्टिभल आयोजक समितिका संयोजक दिपक कार्कीले स्पस्ट्रिकरण नै दिन पर्यो ।उनका अनुसार डा रिजाल जापान आएको मौकामा फेष्टिवलको प्रमुख अतिथि बनाइएको हो। फेष्टिवलको तर्फबाट उहाँको लागी कुनै खर्च गरिएको छैन कार्कीले भने।

नेपालमा गरिने धान्यचल र जापानमा गरिएका फेष्टिभल मा केही समानता देखिन्थ्यो । त्यहाँ र यहाँ आफ्ना नजिकका नेतालाई कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि बनाएर ल्याउन ठूलै कसरत गरेको पाईथ्यो । अर्को चाँही धान्यचलमा आफुले दिने सहयोग रकम कबुल गरिन्छ । तर कबुल गरेको रकम आयोजकले पाउने, नपाउने टुङ्गो हुँदैन। जापानमा गरिएका नेपाल फेष्टिवलको हालत पनि त्यस्तै भएको छ। फलानोले फेष्टिवलमा यति सहयोग गर्नु भयो भनेर आयोजकले मञ्चमा पनि बोलाए । प्रमुख अतिथिबाट खादा लगाए, प्रमाणपत्र पनि लिए। त्यति मात्र कहाँ हो र प्रमुख अतिथि संगै फोटो खिचाएर फेसबुकमा छयापछयापी बनाए। तर दिन्छु भनेर बोलेको रकम अझैं दिने अत्तोपत्तो छैन।
टोकियोमा सम्पन्न नेपाल फेष्टिभलको केहि समय अगाडी आय – व्यय सार्वजनिक गरिएको छ। प्रायः घाटा मात्र देखाईने फेष्टिभल यसपालि भने बचत गर्न सफल भएको छ। एनआर एनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलका अनुसार २१,७५,५१५円(अक्षेरूपी एक्काई लाख पचहत्तर हजार पाँचसय पन्ध्र ) बचत गर्न सफल भएको बताएका छन्।करिब आठलाख उठ्न बाँकी रहेको छ रे। कहिले उठ्ला ति व्यक्तिहरुले बोलेका ति रकम ? नागोयामा भएको नेपाल फेष्टिभलको हालत पनि त्यस्तै छ । फेष्टिवल सकिना साथ गरिने भनिएको आय-व्यय अझैं सार्वजनिक गरिएको छैन। नागोयाको दशैं पछि आय – व्यय सार्वजनिक गरिने र अझैं ८ लाख येन बोलेको रकम उठ्न बाँकी रहेको बताईएको छ। फुकोओकामा पनि अझैं फेष्टिभलको आय – व्यय सार्वजनिक गरिएको छैन।
बिभिन्न सामाजिक गतिविधी तथा यस्ता फेष्टिभलमा हौंसियर सहयोग रकम बोल्नु भन्दा आफुले सक्ने मात्र सहयोग गर्दा नै व्यक्तिको ओझ अझैं बढ्छ । आयोजकहरुले पनि दबावमा धेरै सहयोग रकम माग्नु भन्दा थोरै भए पनि नगदमा नै कारोवार गरे त्यस्ता समस्याबाट मुक्ति पाउन सकिन्थ्यो कि।



