तस्विर समाचार

कामको बोझका कारण प्रेम सम्बन्धमा रहने युवतीको संख्यामा कमी

टोकियो– यौवन अवस्थामा पुगेका ६० प्रतिशत जापानी युवतीहरु कामको बोझका कारण माया र प्रेमको सम्बन्धमा रम्न इच्छुक नभएको एक सर्वेक्षणले देखाएको छ ।एक अनलाइनले गरेको सर्वेक्षणका अनुसार जापानमा पुरुष जत्तिकै महिलाहरु पनि काममा व्यस्त रहेकोले पुरुषसँग रोमाण्टिक भई प्रेम गर्नुको सट्टा घरमा नै आरमदायी सोफामा बसेर टेलिभिजनमा सिरियल हेर्न खुशी हुने गरेको देखाएको छ ।सर्वेक्षणले काममा थकित चार जना युवतीमा एक जना मात्र प्रेमको सम्बन्धमा रहेको देखाएको छ । साथै केटीहरु केटासँग डेटिङ जान छाड्नेको संख्या बढ्दै गएको पनि देखाएको… पुरा पढौ

जापानमा कामदारहरु लामो समय बस्नमा रुचि कम

टोकियो–विदेशी कामदारहरुले भाषाको समस्या र बच्चाहरुको शिक्षाको विषयले गर्दा जापानमा लामो समयसम्म बस्ने रुचि कम देखाएको एक अध्ययनले देखाएको छ ।लामो समयसम्म विदेशी कामदारका विषयमा अध्ययन गरेका अकासीले जापानी कम्पनीहरुले कामदारहरुको उपलब्धी र क्षमताको मुख्य मापन संचार निपूर्णतामा जोड दिएकाले यो विदेशी विद्यार्थी र कामदारहरुका लागि मुख्य चिन्ताको विषय भएको बताएका छन् ।‘जापानको घट्दो जन्मदर र वृद्धहरुको संख्यामा वृद्धिको बिचबाट अर्थव्यवस्थामा भएको विकासलाई कायम राख्नका लागि श्रमशक्तिको सुनिश्चितता गर्नु प्रमुख समस्या हो’ आकासीले आफ्नो अध्ययन पश्चात् भनेका छन् – रोजगारीको… पुरा पढौ

जापान नेपाली एकता समाज कान्साईको अध्यक्षमा गोपालकृष्ण सापकोटा चयन

जापान नेपाली एकता समाज कान्साईको प्रथम क्षेत्रीय भेलाले गोपाल कृष्ण सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत रूपमा निर्वाचित गरेको छ ।श्रमजिवी वर्गको हक, अधिकार न्यायका पक्षमा आफ्नो भूमिका निर्वाह गर्दै जनहितका पक्षमा सारथी बनेर राष्ट्रिय,सामजिक तथा राजनैतिक चेतना सहित जापानमा क्रियाशील रहेको राष्ट्रिय जनमोर्चासँग सम्वद्द समाजको कान्साइ क्षेत्रीय समितिको सोमबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा भुवन सापकोटा सचिवमा टिका केसी सह सचिवमा मेघराज सापकोटा, कोषाध्यक्ष राजन सापकोटासह कोषाध्यक्ष प्रकाश सापकोटालाई चयन गरेको छ । सो समितिको सदस्यहरूमा भविलाल सापकोटा, याम केसी, बिष्णु… पुरा पढौ

घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप भलिबल प्रतियोगिता-२०२२ को आयव्यय सार्वजनिक, २५ लाख बढि खुद नाफा गर्न सफल

घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को आर्थिक आयव्यय सार्वजनिक गरिएको छ ।जुलाई ६ तारिक जापानको साइतामा तोडा स्पोर्ट सेण्टरमा सम्पन्न भलिबल प्रतियोगितामा कुल ४० लाख २९ हजार ६६६ येन आम्दानी १५ लाख ३ हजार ५७८ कुल खर्च र कार्यक्रमबाट २५ लाख २६ हजार ८८ खुद बचत भएको संस्थाका कोषाध्यक्ष विष्णु थापाले सोमबार सम्पन्न बैठकमा जानकारी गराए । खेलकूद कला र संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मान्यताका साथ… पुरा पढौ

नेपाली लोकभाकाः सधैं लोकप्रिय सधैं उपेक्षित

हिमाल खबरपत्रिकाको २०६१ मंसीर १-१५ को अङ्कमा ‘भाकाको जीत’ शीर्षकको आवरण रिपोर्ट प्रकाशन भएको थियो। रिपोर्टमा त्यति वेला चर्चित पप अल्बम २० हजार र लोकदोहोरी अल्बमहरू ५० हजारभन्दा बढी बिक्री भएको उल्लेख थियो। नेपाली श्रोतामाझ स्थापित हिन्दी फिल्मी गीतहरूको वर्चस्व तोड्दै स्वदेशी लोकभाकाले पकड बलियो बनाएको अवस्थालाई रिपोर्टमा ‘सांस्कृतिक महत्त्वको ठूलो उपलब्धि’ भनिएको छ। मार्टिन चौतारीद्वारा प्रकाशित रेडियो नेपालको सामाजिक इतिहास पुस्तक (२०६१) मा शेखर पराजुलीको ‘रेडियो नेपाल र श्रोता सर्वेक्षण’ लेखको चर्चा पनि यहाँ जोडौं। लेख अनुसार, सन् १९७१,… पुरा पढौ

जापानमा महिलाको औसत तलब बढाएर ३० लाख येन पुर्याइयो

जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ ।जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन (३० हजार ६ सय १३ डलर) थियो । जुन सन् २०२० को तुलनामा २.४ प्रतिशतले बढी हो ।सन् २०२१ मा पुरुषको औसत तलब ५४… पुरा पढौ

उत्तर कोरियाले पाँच वर्षमा पहिलो पटक जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार, नागरिकहरूलाई सचेत रहन चेतावनी जारी

उत्तर कोरियाले मंगलबार पाँच वर्षमा पहिलो पटक जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेकोले त्यस क्षेत्रका बासिन्दाहरूलाई सचेत रहन आग्रह गर्दै उत्तरी जापानमा संचालित रेल सेवालाई अस्थायी रूपमा स्थगीत गरेको छ ।क्षेप्यास्त्र प्रशान्त महासागरमा खस्नु अघि आफ्नो क्षेत्रबाट उडेर गएको देखिएपछि जापान सरकारले उत्तरी मुख्य टापु होक्काइडो र देशको उत्तरपूर्वी प्रान्त आओमोरीका बासिन्दाहरूलाई भवनभित्रै बस्न आग्रह गर्दै सचेत रहन चेतावनी दिएको छ।तर यसले क्षेप्यास्त्र नष्ट गर्न कुनै प्रतिरक्षा उपायहरू प्रयोग नगरेको बताएको छ। टिभी असाहीले एउटा सरकारी स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले… पुरा पढौ

शुभकामना आदान- प्रदान सहित कर्णाली प्रदेश समाज नागोयाको दोश्रो अधिवेशन सम्पन्न

विजया दशमी तथा शुभ दिपावली एवं छट पर्वको २०७९ को शुभकामना आदान- प्रदान सहित कर्णाली प्रदेश समाज नागोयाको दोश्रो अधिवेशन सम्पन्न भएको छ। समाजका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनले नवराज थापाको अध्यक्षता सर्वसहमत नयाँ कार्य समिति चयन गरेको छ। समाजको उपाध्यक्षमा सुक्रबिक्रम शाही र बिमला हमाल ,सचिव निर्दोश आचार्य,कोषाध्यक्ष रोजिना कुवॅर चयन भएका छन्। कार्यसमितिको सदस्यहरुमा पुष्पा बुढाथोकी,भक्त के.सी,भिम दाहाल ,रमेस वली,सर्मीला वराल अस्मीता रेग्मी,बिनोद शाही,माया ढकाल,विक्रम शाही ,मिन प्रशात न्यैपाने रहेका छन् । समाजको संरक्षकमा पूर्व अध्यक्ष नारायण… पुरा पढौ

सामाजिक सञ्जाल टिकटकको लाइभले फेरिएको अंश वर्माको जीवन

बुवा अधिवक्ता, काका न्यायाधीश। अंश वर्मा आफू पनि कानुन व्यवसायी नै बन्ने योजनामा दृढ थिए। आफूले चाहेकै संस्थामा कानुन पढ्नका लागि उनले दुई वर्ष कुरेका थिए। पढाइ सुरु गरेको केही समयमै कोरोनाभाइरसको महामारी फैलियो। उनी काठमाडौंबाट महेन्द्रनगरस्थित घर फर्किए। लकडाउनका कारण घरभित्रै थुनिएका उनले भिडिओ साझा गर्ने एप टिकटक चलाउन थाले। त्यसपछि उनको अधिवक्ता बन्ने उद्देश्यको रफ्तार केही धिमा भयो। टिकटककै कारण उनले बीएएलएलबी पढ्नका लागि दुई वर्ष पर्खिएर भर्ना पाएको कलेज त्यागे। नेपाली टिकटक प्रयोगकर्ताहरू माझ अंश अहिले निकै… पुरा पढौ

खेलकुद, कला, संस्कृतिको संरक्षण आवश्यक: उपमेयर निउरे

गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरेले खेलकुद, कला, संस्कृतिको संरक्षण सम्वर्द्वन गर्न सामाजिक संघ संस्थाहरुको भूमिका महत्वपुर्ण हुने बताएका छन । खड्ग कालिका युवा कल्व गलकोट नगरपालिका वडा ९ बाँसखोलाको ३३ औं वार्षिकोत्सव तथा बडा दशै मेलालाई सम्वोधन गर्दै उपमेयर निउरेले हाम्रा परम्परागत चाडपर्व, रितिरिवाज परम्पराहरुमा मौलिकता हराउँदै गएको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए ।  प्रतिष्ठित, परिव्यापक समाज, चुनौतिपुर्ण विकास र अनुशाषित खेलकुद हाम्रो प्रतिवद्वता भन्ने मुल नाराका साथ बडा दशैं मेला असोज १३ गतेदेखि सञ्चालन गरिएको थियो । मेलाको… पुरा पढौ