कामको बोझका कारण प्रेम सम्बन्धमा रहने युवतीको संख्यामा कमी

-


     जनहित न्युज    
     असाेज १९ गते २०७९


टोकियो– यौवन अवस्थामा पुगेका ६० प्रतिशत जापानी युवतीहरु कामको बोझका कारण माया र प्रेमको सम्बन्धमा रम्न इच्छुक नभएको एक सर्वेक्षणले देखाएको छ ।
एक अनलाइनले गरेको सर्वेक्षणका अनुसार जापानमा पुरुष जत्तिकै महिलाहरु पनि काममा व्यस्त रहेकोले पुरुषसँग रोमाण्टिक भई प्रेम गर्नुको सट्टा घरमा नै आरमदायी सोफामा बसेर टेलिभिजनमा सिरियल हेर्न खुशी हुने गरेको देखाएको छ ।
सर्वेक्षणले काममा थकित चार जना युवतीमा एक जना मात्र प्रेमको सम्बन्धमा रहेको देखाएको छ । साथै केटीहरु केटासँग डेटिङ जान छाड्नेको संख्या बढ्दै गएको पनि देखाएको छ । डेटिङ जानु समयको बर्वादी मात्र भएको उनीहरुले धारणा राख्न थालेका छन् ।
१९८० को दशकमा २० वर्ष उमेर समूहका ६० प्रतिशत युवायुवती प्रेम सम्बन्धमा रहेको भएपनि हाल यसको संख्या निकै घट्दै गएको छ ।
यस विषयमा जिज्ञासा राख्ने जानकारहरुका अनुसार जापानमा कामको घण्टा घटाइनुपर्ने, मातृत्व बिदाको ग्यारेण्टी गरिनुपर्ने, काम गर्ने कार्यालयको वातावरण तनावपूर्ण नबनाउने हो भने प्रेमका फूलहरु फेरी एकपटक युवतीहरुको हृदयमा खेल्न थाल्नेछन् ।
जापान सरकारले युवा युवतीहरुका लागि प्रेममा कुनैपनि प्रतिबन्ध नलगाइएको भएपनि कामको तनाव र थकान कै कारण प्रेमको सम्बन्धमा कमी हुने गरेको रक्त परिक्षणको प्रतिवेदनले पनि देखाएको बताइएको छ । जापानमा पछिल्ला वर्षहरुमा जन्मदर निकै घट्दो क्रममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?