राष्ट्रिय समाचार

झुठा विवरण बुझाई जापान सरकारद्वारा व्यावसायको दिगोपनाका लागि प्रदान गरिएको रकम निकाल्ने ३ जना पक्राऊ

जापान सरकारले ब्यावसायको दिगोपनाका लागि प्रदान गरेको रकम झुठा विवरण बुझाई एक सय मिलियन भन्दा बढ़ी ठगी गर्ने ‘सेक्स शप’ का मालिक सहित तीन जनालाई गिरफ्तार गरिएको छ ।भियतनामी विद्यार्थीको नाममा पटक पटक गलत विवरण बनाई एसएनएसमा अन्तराष्ट्रिय विद्यार्थीलाई जम्मा पारेर संदिग्ध कार्य गर्दै १०० मिलियन भन्दा बढ़ी ठगी गरेको आरोपमा महानगरीय प्रहरीले उनीहरूलाई पक्राऊ गरि अनुसन्धान गरिरहेको एनएचकेको समाचारमा बताएको छ ।टोकियोको सेतागाया वार्ड स्थित सेक्स शपका मालिक ४६ वर्षीय शुनोसुके किरितासहित ३ जनालाई पक्राऊ गरि थप अनुसन्धान भैरहेको… पुरा पढौ

नेपाली जनप्रगतिशिल मन्च जापान क्षेत्रीय कमिटि नागोयाको अधिवेशन नोभेम्बर १४ तारिकमा हुने

नेपाली जनप्रगतिशिल मन्च जापान क्षेत्रीय कमिटि नागोयाको क्षेत्रीय अधिवेशन नोभेम्बर १४ तारिकका दिन हुने भएको छ ।कमिटीको बुधवार बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि हरिदोङ तामाङ संयोजक रहेको ३२ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ ।संगठनलाई सुदृढ़ र क्रियाशील बनाउनका लागि संगठनप्रति आस्था र विश्वास राख्नेहरुलाई एकताबद्द गर्दै ल्यैजाने कमिटीको निर्णयलाई कार्यान्वयन गर्दै अधिवेशनको तयारीका लागि व्यवस्थापन र केन्द्रिय अधिवेशन आयोजक समितिसंग समन्वय गर्न आर एच गौतम, सन्देश पोखरेल ,हरिदोङ तामाङलाई ज़िम्मेवारी दिने निर्णय गरेको संयोजक तामाङले जानकारी दिए… पुरा पढौ

जापानमा खोप लगाउने युवालाई पुरस्कार दिइने

ओसाका प्रान्तीय सरकारले कोरोना भाईरस विरुद्दको बुस्ट खोपलाई युवा उमेर समूहका लागि लगाउन प्रोत्साहन गर्ने उद्देश्यले १५ मिलियन येन बराबरको पुरस्कार दिने योजना सार्वजनिक गरेको छ ।२० देखि ३० वर्षीय युवाहरुलाई कोरोना विरुद्धको खोप लगाउनका लागि बढ़वा दिने गरि मंगलवार सार्वजनिक गरिएको सो योजना अनुसार नोभेम्बरको ३० तारिकसम्ममा दोस्रो डोजको खोपको मात्रा पुरा गरि प्रान्तीय सरकारको अफिसियल ट्विटर अकाउण्टमा रिटुइट हुने गरि कोरोना भाईरसको खोप लगाउन उत्प्रेरित गर्ने खालको सन्देश प्रवाह गर्ने १ हजार जनालाई लट्री सिस्टमबाट पुरस्कार प्रदान गरिने… पुरा पढौ

विद्यालयमा सिसाकलमले घोचेर विद्यार्थी घाइते!

बागलुङको एक निजी विद्यालयमा व्यवस्थापकीय कमजोरीको कारण विद्यार्थीहरु गम्भीर खालका दुर्घटनामा पर्ने गरेका छन् । बागलुङ बजारको फ्यूचर ब्राईटर माद्यामिक विद्यालयमा दुई हप्ताको अन्तरालमा दुई जना विद्यार्थी घाइते भएको घटना बाहिरिएको हो ।सोही विद्यालयको कक्षा १ मा अध्ययनरत एक विद्यार्थीले आफ्नै कक्षाका दुई साथीलाई सिसाक़लमले कोपेर घाईते भएका हुन् ।गत असोज ७ गते आयुस आचार्यको आखामा सिसाक़लम कोपेको घटना सेलाउन नपाउदै सोमबार सोही कक्षाका आदर्श सापकोटालाई बेन्चमा बस्ने क्रममा सिसाक़लम राखिदिदा सापकोटाको अण्डकोषमा चोट लागेको छ ।चोट लागेका सापकोटाको बागलुङ… पुरा पढौ

विपत व्यवस्थापनमा योगदान पुर्याउदै आएका महेशलाई जापान सरकारले गर्यो राष्ट्रिय सम्मान

जापानको तोचिगी प्रान्तमा बस्ने एक नेपालीले ताइफु नम्बर १९ को भीषण वर्षाको विपत्तिमा विदेशीहरुलाई उद्धार सम्बन्धी जानकारी फैलाउन योगदान पुर्याएको भन्दै विपद् व्यवस्थापन मन्त्रालय अन्तर्गतको राष्ट्रिय सम्मान पत्रद्वारा सम्मानित गरेको छ ।नेपालको काभ्रे ज़िल्ला पाँचखाल नगरपालिका वार्ड नम्बर १० का ३५ वर्षीय महेश लुईटेललाई तोचिकि प्रान्तमा बस्ने विदेशीहरुलाई प्राकृतिक र आकस्मिक विपतका समयमा कसरी सुरक्षित रहन सकिने भन्ने बारेमा सकारात्मक र प्रभावकारी सूचना र जानकारी प्रदान गरेकोले सो सम्मानद्वारा सम्मानित गरिएको हो ।हरेक वर्ष राष्ट्रव्यापी विपत व्यवस्थापनमा सहयोग पुर्याउने व्यक्ति… पुरा पढौ

‘समृद्धि र रूपान्तरण, हाम्रो साझा अभियान’ भन्ने मान्यताका साथ एनआरएनएको अध्यक्षमा डा.बद्री केसीको उम्मेदवारी घोषणा (प्रतिबद्धताको पूर्ण पाठसहित)

उम्मेद्वारी घोषणा गर्दै केसीले वैदेशिक रोजगारीका लागि मानवअधिकार र सुरक्षाको प्रत्याभूत भएका देशहरूसँग साझेदार गर्ने बताए । डा केसीले करिब ५५ वटा लिखित प्रतिबद्धतापत्र जनाएका छन् । व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड निर्माण, संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण,गैरआवासीय नेपालीका हक हित अधिकार सुनिश्चित गर्ने ज्ञान, सीप र प्रविधिसहितको एनआरएन बनाउने, नेपाल एवं नेपाली पर्यटन प्रवर्धन गर्न समन्वयात्मक काम गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन । त्यसैगरि युवा र महिलालाई एकजुट रूपमा नेपालसँग जोड्न विशेष… पुरा पढौ

झन्डै १०० नेपालीहरू लण्डन म्याराथनमा सहभागी, क़रीब रु १० लाख सहयोग संकलन

लण्डन — विश्वभरबाट करिब ८० हजार सहभागीहरुले भाग लिएको ‘लन्डन म्याराथन २०२१’ गत आइतबार सम्पन्न भएको छ । करिब ४० हजार धावकहरुले प्रत्यक्ष रुपमा र थप ४० हजारले एप मार्फत भर्चुअल रुपमा दौडमा सहभागिता जनाएका थिए । यो वर्ष लन्डन म्याराथनमा बेलायतस्थित नेपाली धावकहरुको राम्रो उपस्थिति थियो । करिब १०० जनाको सहभागिता रहेको नेपाल रन युकेले जनाएको छ । नेपाल रनले ८४ जना धावकहरुको नाम संकलन गरि सकेको छ भने अन्य सम्पर्क हुन नसकेका १०-१५ धावक रहेको बताइएको छ ।… पुरा पढौ

एनआरएनए निर्वाचन : जापानका महेश श्रेष्ठ सहित दुई प्रभावशाली उम्मेदवारले बद्रीलाई छाडे ! कुललाई साथ दिने

गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबेदल हुन थालेको छ । केही उम्मेदवारहरुले टीम परिवर्तन गर्न थालेका छन् । अध्यक्षका प्रत्यासी बद्री केसीको टीममा रहेका दुई प्रभावशाली उम्मेदवारहरुले उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छाडेका छन् । केसीको टीमबाट उपाध्यक्षको उम्मेदवार तय गरिएका महेश श्रेष्ठ(जापान)र लोक दाहाल(बेल्जियम)ले केसीको साथ छाडेका छन् । उनीहरु दुवै जनाले अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको टीमबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । श्रेष्ठ वर्तमान आइसीसी कार्य समितिका कोषाध्यक्ष हुन् भने दाहाल सहकोषाध्यक्ष… पुरा पढौ

जापानले माई नम्बर कार्ड संगैको स्वास्थ्य बिमा कार्ड (होकेन) यहि महिनाको २० तारिकबाट पूर्ण कार्यान्वयनमा ल्याउने

जापानले विगतदेखि स्थगित गर्दै आएको माई नम्बर कार्ड र स्वास्थ्य विमा कार्ड(होकेन) लाई एकसाथ बनाउने योजना नोभेम्बर २० तारिक देखि देशव्यापी रूपमा पूर्ण कार्यान्वयनमा ल्याउने भएको छ ।गत मार्च महिनामा केही स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य बिमा कार्ड( होकेन) को रूपमा माई नम्बर कार्ड प्रयोगमा ल्याइएको भएपनि बिरामीका बारेमा सम्पूर्ण विवरणको जानकारी दिन नसक्ने गम्भिर प्रकारको समस्या देखिएपछि सोही महिनादेखि पूर्ण कार्यान्वयनमा ल्याउने भनिएको कार्यलाई स्थगित गरि आगामी २० तारिकदेखि कार्यान्वयनमा ल्याउन लगिएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका… पुरा पढौ

फेसबुक सहित इंस्ट्राग्राम, व्हाट्सएप करिब साढे सात घण्टापछि संचालनमा, ६ अर्ब घाटा

लोकप्रिय सामाजिक संजाल फेसबुक सहित इंस्ट्राग्राम, व्हाट्सएप करिब साढे सात घण्टापछि संचालनमा आएका छन ।जापानको समयानुसार मंगलबार राती १ बजेदेखि बिहान करिब ८ बजेर २० मिनेटसम्म बिश्वव्यापी रूपमा एसएनएसमा केही प्राविधिक समस्याका आइ अमेरिकन आइटि कम्पनीसँग सम्बन्धित फेसबुक, इन्स्टाग्राम, र व्हाट्सएप संचालनमा आएका थिएनन । बिहानदेखि ती एप्लिकेशन संचालनमा आएका छन । ‘हाम्रा एप्समा केही समस्या आएको जानकारी भएको र त्यसबाट पर्न गएको असुविधाप्रति माफी चाहन्छौ साथै हामी यसको छिटो पुन संचालनका लागि लागिपरेका छौ’ कम्पनीले भनेको छ ।तर मुख्य… पुरा पढौ