विद्यालयमा सिसाकलमले घोचेर विद्यार्थी घाइते!

-


     राजेशचन्द्र राजभण्डारी    
     असाेज २० गते २०७८


बागलुङको एक निजी विद्यालयमा व्यवस्थापकीय कमजोरीको कारण विद्यार्थीहरु गम्भीर खालका दुर्घटनामा पर्ने गरेका छन् । बागलुङ बजारको फ्यूचर ब्राईटर माद्यामिक विद्यालयमा दुई हप्ताको अन्तरालमा दुई जना विद्यार्थी घाइते भएको घटना बाहिरिएको हो ।
सोही विद्यालयको कक्षा १ मा अध्ययनरत एक विद्यार्थीले आफ्नै कक्षाका दुई साथीलाई सिसाक़लमले कोपेर घाईते भएका हुन् ।
गत असोज ७ गते आयुस आचार्यको आखामा सिसाक़लम कोपेको घटना सेलाउन नपाउदै सोमबार सोही कक्षाका आदर्श सापकोटालाई बेन्चमा बस्ने क्रममा सिसाक़लम राखिदिदा सापकोटाको अण्डकोषमा चोट लागेको छ ।
चोट लागेका सापकोटाको बागलुङ बजारका एक निजी क्लिनिकमा उपचार गरिएको छ । सिसाक़लमले कोपिएर घाईते भएका सापकोटाको जाङगे रगतले भिजेको थियो । बच्चाहरु विद्यालयमा असुरक्षित बन्दै गएको भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् । यस अघि पनि यस्ता घटना भैरहदा समेत विद्यालय गम्भीर बन्न सकेको छैन ।
यस विषयमा विद्यालयका प्रध्यानध्यापक बालकृष्ण शर्माले कमजोरी भएको भन्दै आगमी दिनमा घटना दोहोरिन नदिन विद्यालयले सकेको प्रयत्न गर्ने बताए ।
बागलुङको फ्यूचर ब्राइटर माद्यामिकमा भएको यस घटना प्रतिनिधिमुलक मात्रै हो । अन्य विद्यालयमा पनि यस्ता घटना नभएका भने होइनन् यस विषयमा आम बालवालिकाको स्वास्थ्य सुरक्षा र शैक्षिक उन्नयनको जिम्मा लिएका विद्यालयहरुले यस्ता खालका घटना दोहोरिन नदिन गम्भीर बन्नु पर्ने देखिन्छ । पूर्व प्राथमिक तहका बालबालिकाहरुले प्रयोग गर्ने सिसाकलमको लिडबाट स्वास्थ्यमा गम्भीर असर गर्ने भएकोले सचेत हुनुपर्ने बाल रोग विषेशज्ञ डाक्टर विधान घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?