राष्ट्रिय समाचार

कावाशाकीमा मृतक गैरेको आइतबार जापान मै अन्तिम संस्कार गरिने, सहभागिताको लागि आफन्तको आग्रह,ठेगाना र समयसहित

नेपालको बुटबल घर भई जापानको कानागावा केन मिदोरी कु नागाचुता बस्ने मृतक विकास गैरेको आइतबार अन्तिम संस्कार गरिने भएको छ ।गत आइतबार आफू बस्ने घरमा नै अप्रत्याशित मृत्यु भएका बुटवल उपमहानगरपालिका १२ का ३० वर्षीय गैरेको अक्टुबर ३ तारिकका दिन कावासाकी केनको कावासाकी शि कावासाकी कु ३-२-७ याकोमा दाहसंस्कार गर्न लागिएको मृतकका आफन्त दाजु निरन्जन गैरेले जानकारी दिए ।कामदार भिसामा कार्यरत मृतक गैरे श्रीमतिसँग जापानमा बस्दै आएका थिए । डिप्रेशनका बिरामी रहेका गैरेले नियमित औषधी खाईरहेका र आफूलाई पछिल्लो समय… पुरा पढौ

एनआरएनए निर्वाचनमाथि मडारिएको कालो बादल

गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन घोषणा गरिएको मिति अब लगभग तिन हप्ता बाँकी छ । एनआरएनए निर्वाचनको प्रसंग उप्किनासाथ अधिकांशको मुखबाट निस्किहाल्छ ‘हुन्छ र अक्टोवरमा चुनाव ? होला र महाधिवेशन ?’ ती शंका बेतर्कका छैन । किनभने निर्वाचन घोषित समयमा हुन्न कि भन्ने शंका पछिल्लो क्रियाकलापले झनै बढाइदिएको छ ।भन्न त, एनआरएनएको केन्द्रिय समितिका अधिकांश पदाधिकारीहरु ‘निर्वाचन तोकिएकै समयमा हुन्छ’ भनिरहेका छन् । गठित निर्वाचन आयोगपनि तयार भएर बसेको बताउँछ । तिनले भन्नैका लागि मात्र त्यसो भनिरहेका छन्… पुरा पढौ

नेपाललाई बेलायतको ‘रेड लिष्ट’ बाट हटाउन ब्रिटिश प्रधानमन्त्रीसंग माग

लण्डन (जीएनएन)बेलायतमा रहेका प्राज्ञहरुले नेपाललाई बेलायतको यात्रा सूचीको ‘रेड लिष्ट’ बाट हटाउन बेलायती प्रधानमन्त्रीसमक्ष माग गरेका छन् ।बेलायत नेपाल प्रज्ञा परिषद (बिएनएसी) ले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेख्दै सो माग गरेको हो ।पत्रमा बेलायत सरकारले कुनै पनि मुलुकलाई 'रेड लिष्ट' मा राख्न बनाएको मापदण्डहरु जस्तै, ती मुलुकबाट आउनेहरुमा कोभिड १९ पोजिटिभ दर, नयाँ भेरियन्टको खतरा र खोप लगाउने दर अनुसार नेपाललाई रेड लिष्टमा राखिरहनु पर्ने कुनै वैज्ञानिक कारण नरहेको जिकिर गरिएको छ ।बेलायत सरकारले सेप्टेम्बर १७ मा दक्षिण… पुरा पढौ

नोभेम्बर महिनादेखि आस्ट्रेलियाको सिमा खुला गरिने, हजारौ विद्यार्थीलाई राहत

भ्याक्सिनको दुबै मात्रा ८० प्रतिशत पुरा हुना साथ नोभेम्बर महिनादेखि अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुला गरिने बताईएको छ । शुक्रवार बसेको त्यहाको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री स्कट मोरिसनले नोभेम्बरदेखि भ्याक्सिनको दुबै मात्रा ८० प्रतिशत पुरा हुनासाथ अस्ट्रेलियाको अन्तर्राष्ट्रिय बोर्डर खोलिने र आगमनमा सहज बनाउन लागेको जानकारी गराएका हुन्। पहिलो चरणमा अस्ट्रेलियाका नागरिक र पीआरलाई प्राथमिकता दिइने छ प्रधानमन्त्री मोरिसनले शुक्रबार पत्रकारसँग कुरा गर्दै भने, ‘त्यसपछि भ्याक्सीन लगाएका अस्ट्रेलियनको लागि बिदेश भ्रमणको पनि बाटो खुल्नेछ।’ आस्ट्रेलिया प्रवेश गर्ने आगन्तुक एक हप्ता होम क्वारेन्टाइटीनमा… पुरा पढौ

एनभीए कप भलिवलमा गलकोट स्पोटर्स क्लव टोकियो जापान क्वाटरफाईनलबाट बाहिरियो

गलकोट स्पोटर्स क्लव टोकियो जापान क्वाटर फाईनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लवसँग पराजित भएको छ । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लव भलिवल च्याम्पियनसिपको पुरुषतर्फ  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा विहिबार गलकोट स्पोर्ट्स क्लब टोकियो जापानलाई पराजित गदैं विभागीय टोली आर्मी सेमिफाईनलमा प्रवेश गरेको हो । त्रिभुवन आर्मी क्लबले पहिलो, तेस्रो र चौथो सेटमा क्रमश २५–१५, २५–१५ र २५–१३ को सेटमा गलकोट स्पोट्स क्लव टोकियोलाई पराजित गरेको थियो । गलकोट स्पोटस् क्लवले दोस्रो सेटमा २५–१९ को सेटमा पराजित गरेपनि अन्य… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ अधिवेशन जनवरी ३० मा हुने

नेपाली जनप्रगतिशील मञ्च जापान राष्ट्रिय समितिको आठौ अधिवेशन २०२२ जनवरी ३० तारिकका दिन जापानको टोकियोमा हुने भएको छ ।प्रवासमा नेपाली एकतासहित संगठन सुदृढिकरण, आपसी सत्भाव विकासका लागि नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन भन्ने मूल नाराका साथ अधिवेशन सम्पन्न गर्नका लागि हवलचन्द्र लामा संयोजक र सालिकराम भण्डारी सह संयोजक रहेको १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको मंचले जनाएको छ ।माओबादी केन्द्रका प्रवास समन्वय कमिटिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यता, पूर्वी एसिया प्यासिफिकका संयोजक हर्क थापाको विशेष आतिथ्यता,… पुरा पढौ

एनभीए कप भलिबलमा गलकोट स्पोर्टस क्लब जापान क्वाटरफाईनलमा

साविक विजेता हेल्प नेपाल समूह विजेता बन्दै छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाईनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार गलकोट स्पोर्ट्स क्लब टोकियो जापानलाई ३–१ को सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बनेको हो । भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालले पहिलो तेस्रो र चौथो सेटमा क्रमश २५–१८, २५–२२ र २५–१९ को सेटमा  गलकोट स्पोट्स क्लव टोकियोलाई पराजित गरेको थियो । गलकोट स्पोटस् क्लबले दोस्रो सेटमा २५–२२ को सेटमा पराजित गरेपनि… पुरा पढौ

जापानको मुख्य सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वमा किशिदा निर्वाचित, अक्टोबर ४ मा प्रधानमन्त्री नियुक्त हुने निश्चित

जापानको मुख्य सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वमा किशिदा फुमीओ निर्वाचित भएका छन । आगामी हप्ता उनी जापानको प्रधानमन्त्री बन्ने भएका हुन ।६४ वर्षीय किशिदा अक्टोबर ४ मा बोलाईएको तल्लों सदनको विशेष अधिवेशनबाट आधिकारिक रूपमा जापानको १०० औ प्रधानमन्त्री हुने निश्चित भएको हो ।एलडीपी नेतृत्वको गठबन्धनको संसदको दुबै सदनमा बहुमत रहेकोले जो पार्टी अध्यक्ष निर्वाचित हुन्छ उनी नै सोमबार हुने विशेष अधिवेशनबाट निर्वाचित प्रधानमन्त्री बन्ने निश्चित छ।किशिदा पार्टी भित्र उदारवादी झुकाव राख्ने गुटको नेतृत्व गर्दै आएका र गत बर्ष पनि सुगासँगको… पुरा पढौ

जहाँ नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी बिक्री शुरु गरियो!

लण्डन ।बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।बेलायतमा कोदो लिमिडेट कम्पनीको स्थापना गरी नेपालीहरुले कोदोको रक्सीको ब्राण्डिङ शुरू गरेका हुन् ।उक्त रक्सीको यही अक्टोबर १० गते अल्डरशटमा एक औपचारिक रुपमा उदघाटन गर्न लागिएको कम्पनीका निर्देशक जनक राईले लण्डन नेपाल न्यूजलाई बताए ।उत्पादक कम्पनीका अनुसार ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरी विक्री शुरु गर्न लागिएको… पुरा पढौ

एनआरएनए जापानको कोष पूर्णरूपमा सुरक्षित रहेको स्पष्टिकरण

गैरआवासीय नेपाली संघ जापानको समस्या थप जटिल बन्दै गएको छ । जुलाई ३० मा अनलाइनमार्फत् सम्पन्न एनआरएनए जापानको निर्वाचनमा एकपक्षले आफुखुसी नेपाल लगायतका विभिन्न देशबाट फर्जि भोटिङ गराएपछि अध्यक्षका उम्मेदवार नरेन्द बस्नेत ‘दिनेस’ अनिता गुरुङ, किरण शर्मा र सरोज खत्रीसहित सहित ३८ जनाले यसको विरोध गर्दै निष्पक्ष छानविनको माग समेत गरेका थिए । उक्त विवाद समाधानका लागि छानविन टोली गठन गरिए पनि विवाद समाधान नभएको र संस्था झन जटिलतातर्फ बढ्दै गएको भन्दै अध्यक्षका उम्मेदवार नरेन्द्र बस्नेत ‘दिनेस’ तथा एनआरएन जापानका… पुरा पढौ