राष्ट्रिय समाचार

एनआरएनए अध्यक्षमा उम्मेदवार घोषणा गर्दै कुल आचार्यले भने, ‘आइएलओ घोटाला छानवीन गर्छु’

काठमाडौं, १० असोज – गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका छन् । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनएका पूर्वउपाध्यक्ष आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आइएलओको सहयोगबाट सञ्चालित परियोजनामा भएको अनियमतिताको छानवीन गर्न माग गरेका छन् । आचार्यले आफू निर्वाचित भएमा संस्थाभित्र गरिएका अनियमितताहरूलाई बाहिर ल्याउने घोषणा गरेका छन् । उनले संघभित्र सानो समूहले… पुरा पढौ

गलकोट स्पोर्टस् क्लव टोकियोको एनभिए कपमा विजयी सुरुवात

छैटौँ संस्करणको एनभिए कप महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली नेपाल पुलिस क्लब तथा गलकोट स्पोर्टस् क्लव टोकियोले पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको चौथो तथा अन्तिम खेलमा पुलिसले दावाली मिलान क्लबलाई ३–० को सोझो  पराजित गरेको हो ।पुलिसले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्यो । जितसँगै पुलिसले तीन अंक जोड्दा दावालीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगिताको तेस्रो खेलमा गलकोट… पुरा पढौ

जापानमा फेरि एक युवाले आत्महत्या गरे

हाल जापानको कानागावा मेन मिदोरी कु नागाचुता बस्ने नेपालको बुटबल घर भएका गैरे थरका एक युवाले आइतबार आत्महत्या गरेका छन्् ।श्रीमतिसँगै जापानमा बस्दै आएका करिब ३५ वर्षीय गैरेको मृत्यु आत्महत्याबाट नै भएको जापान प्रहरीले बताएको छ । केहि समय अघिदेखि आफू डिप्रेसनमा रहेको आफ्ना दाजुसँग बताएका उनले के कारणले आत्महत्या गरे भन्ने खुलेको छैन ।वर्किङ भिषामा जापानमा कार्यरत गैरेका दाजु पनि जापानमा नै कार्यरत रहेको छन । पारिवारिक सल्लाहपछि उनको शवलाई कहाँ अन्त्येष्टि गरिने भन्ने जानकारी गराइने बताइएको छ ।हाल… पुरा पढौ

सडक दुर्घटनामा ज्यान गुमाएका मृतकको बिमाबापतको ५० लाख रकम एनआरएनए जापानका निवर्तमान अध्यक्ष देविलालले खाएको आरोप

गैर आवासीय नेपाली संघ जापानका निवर्तमान अध्यक्ष देविलाल भण्डारीमाथि जापानको गुन्माकेनमा सडक दुर्घटनामा निधन भएका हृदयेश जिशीको परिवारले बिमा रकम बापत प्राप्त भएको करिव ५० लाख रकम दुरुपयोग गरि आफुहरुलाई भुक्तानी नगरेको आरोप लगाएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै मृतक जिसीका भाइ मोहन जिसीले आफ्नो दाजुको मृत्यु बापत् जापानको बिमा बापत २ करोड ९६ लाखभन्दा बढि रकम आएपनि देविलाल भण्डारीले हालसम्म १ करोड ९० लाख जति रकम परिवारलाई भुक्तानी गरिएको, १३ लाख नगद देविलाललाई आफ्नो घरबाट नगद नै प्रदान… पुरा पढौ

गैर आवासीय नेपाली दिवसको अवसरमा ‘’एनआरएनएको महत्व र हाम्रो भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गरिने

गैर आवासीय नेपाली दिवस (NRN DAY) को अवसरमा गैर आवासीय नेपाली संघ, जापान क्युस्यु क्षेत्रीय कार्यसमितिले ‘’एनआरएनएको महत्व र हाम्रो भूमिका" विषयक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न भएको छ ।हरेक वर्ष असोज २५ गते मनाउदै आएको गैर आवासीय दिवस (NRNA DAY ) अक्टोबर ११ क़ा दिन एनआरएनएको स्थापना भएको १८ वर्ष भएको सन्दर्भमा संस्थाले स्थापना कालमा परिकल्पना गरेको अवधारणा र आजको दिनमा भईरहेको यसको कार्य योजना बारे एनआरएनएका संस्थापक देखि हालका नेतृत्व एवं एनआरएनए सँग सम्बन्धित व्यक्तित्वहरुसँग बिशेष अन्तरक्रिया हुने… पुरा पढौ

क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध घोषणा

चीनको केन्द्रीय ब्याङ्कले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध हुने घोषणा गरेको छ। योसँगै चीनले बिटकोइनजस्ता डिजिटल मुद्रामाथि प्रभावकारी प्रतिबन्ध लगाएको छ।  "भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि हुन्," पिपुल्स ब्याङ्क अफ चाइनाले भनेको छ।  उसले त्यस्ता गतिविधि मानिसहरूका सम्पत्तिका लागि खतरनाक भएको चेतावनी समेत दिएको छ। ठूलो बजार चीन क्रिप्टोकरेन्सीका लागि विश्वका ठूलामध्ये एउटा बजार हो। त्यहाँ हुने घटबढले क्रिप्टोकरेन्सीको विश्वव्यापी मूल्यमा असर पर्ने गरेको थियो। चीनको पछिल्लो घोषणासँगै बिटकोइनको मूल्यमा दुई हजार डलरभन्दा बढीले गिरावट… पुरा पढौ

जापान एनआरएनएको विवाद संरक्षण परिषदमा पुग्यो, निर्वाचन रद्द गर्न उजुरी

गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानको २०२१-२०२३ कार्यकालका लागि भएको निर्वाचनले अन्तराष्ट्रिय परिषद हुदै नेपाल सरकार परराष्ट्र मन्त्रालय बाट अब एनआरएनएको समरक्षक परिषदसम्ममा छलफलको विषय बन्ने पक्कापक्की भएको छ । एनआरएनएको १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी महिना अक्टुवर २३–२५ मा काठमाण्डौमा हुने दिन नजिकिदै जादा विश्वभरबाट प्रतिनिधि छनोटदेखि एनसिसिका निर्वाचन धाँधलीसहित भएका भनेर उजुरी पर्ने क्रम बढ़दो छ । बिवाद रहेका एनसिसिको समस्या समाधान नगरी महाधिवेशन र निर्वाचन रोक़्नका लागि भन्दै परराष्ट्र मन्त्रालयको एनआरनए हेर्ने डेस्क… पुरा पढौ

सर्वोच्चद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ– देउवा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश र एमाले विभाजन गरेर बनेको नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संवैधानिक इजलासमा भएको सुनुवाई पछि अदालतले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेश र सोही अध्यादेशका आधारमा दर्ता भएको नेकपा एसको दल दर्ता बदर गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासले शुक्रबार सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको… पुरा पढौ

अब जापानी आशाही बियर नेपाली बजारमा

जापानको एक नम्बर बियर आशाही नेपाली बजारमा उपलब्ध भएको छ । जुनसुकै मौसममा पनि पिउन सकिने यो ठुलो आकारको वियर नेपालका विभिन्न स्टोरहरुमा किन्न सकिने गरी उपलब्ध भएको कम्पनीले जनाएको छ ।  आशाही बियर बिभिन्न साईजमा उपलब्ध छन जसमा २ लिटरको अशाही मिनी क्यान किन्न सकिन्छ। अन्य साना साईजमा पनि यो बियर किन्न पाईन्छ। यो बोतल तथा क्यानमा गरी ३ साईजमा उपलब्ध रहेको छ। असाही बेभरेजबाट अत्याधुनिक प्रविधिबाट यो बियरको उत्पादन गरिएको हो। जापनिज संस्कृति झल्किने गरी मिठो स्वाद र बास्ना सहितको… पुरा पढौ

नेपाली जनप्रगतिशील मोर्चा जापानको अध्यक्षमा निरञ्जन गैरे

टोकियो - नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विदेश विभाग मोर्चा अन्तर्गत नेपाली जनप्रगतिशील मोर्चा जापानको अध्यक्षमा निरञ्जन गैरे निर्वाचित भएका छन् । बुधबार राजधानी टोकियोमा सम्पन्न तेस्रो अधिवेशनबाट गैरे अध्यक्षमा निर्वाचित भएका हुन् । ‘प्रवासमा हुने सबै खाले शोषण दमन र दलालीको भण्डाफोर गरौं, नेपाली जनप्रगतिशील मोर्चा जापानको तेस्रो अधिवेशन सफल पारौं’ भन्ने नारा सहित अधिवेशन सम्पन्न भएको थियो । आयोजक समितिका संयोजक दुर्गा खड्काको अध्यक्षतामा सम्पन्न अधिवेशनमा पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रमुख अतिथि रहेका थिए । उनले भर्चुअल… पुरा पढौ