आगन्तुकलाई जापान प्रवेशमा सहजता बनाउदै, अब घरमै १० दिन क्वारेनटीन बसे हुने

-


     जनहित न्युज    
     असाेज १२ गते २०७८


अक्टोबर १ देखि लागु हुने गरि जापान सरकारले कोरोना विरुद्दको खोप लगाएका जापान प्रवेश गर्नेहरुकोलागि क्वारेनटीन अवधिलाई घटाएइको छ ।
कोभिड-१९ विरुद्दको खोप लगाएका जापान प्रवेश गर्ने आगन्तुकहरूलाई १४ दिनको क्वारेनटीनबाट १० दिन सम्म छोटो अवधि बनाईने भएको क्याविनेटका प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन । १० दिनमा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएमा क्वारेनटीनको अवधि सोही दिनदेखि अन्त्य गर्न सकिने उनले जानकारी गराएका हुन ।
मोर्डेना, फ़ाइजर र AstraZeneca खोपको पुरा डोज लगाएर खोप पासपोर्ट जारी गरि जापानले मान्यता प्रदान गरेको देशबाट जापान आउने आगन्तुकलाई घरमा होम आइसोलेसनका लागिको समयावधि कम गरिएको हो ।
भारत, बेलायत र फिलिपिन्स सहित केही देशबाट जापान आउनेहरुमा कोरोना भाईरसको उच्च जोखिम रहेको भन्दै यसअघि ३ दिनसम्म सरकारको खर्चमा होल्डिंग सेण्टरको रूपमा होटलमा र ११ दिनसम्म घरमा होम आइसोलेसनमा बस्नुपर्ने वाध्यात्मकता रहेकोमा अब कोभिड-१९ विरुद्दको पुरा डोज खोप लगाएका हरुले १० दिन घरमै क्वारेनटीन बसे हुने भएको जापानी समाचार माध्यमहरुमा बताईएको छ ।
जापानले हाल सैद्धान्तिक रूपमा विदेशी नागरिकहरुको लागि प्रवेश अनुमति दिएको छैन तर जापानी नागरिक, एइज्यू ,तेइज्यू र रि इनट्री भिषा भएका हरुको हकमा सेप्टेम्बर १९ तारिक देखि प्रवेश अनुमति प्रदान गरेको छ।
क्याविनेटका प्रमुख सचिव कातोले जापानले अवलम्बन गर्दै आएको सिमा सुरक्षा उपायलाई परिमार्जन गर्न सकिने संकेत समेत गरेका छन । यसो भएमा लामो समय अघि नया सिइओ प्राप्त गरेका धेरै विदेशी नागरिकलाई जापान प्रवेशमा सहजता आइ राहत पुग्ने देखिन्छ । विश्वमा कोरोनाको संक्रमणको दरलाई विश्लेषण गरि जापानका लागि प्रवेश अनुमति दिने बारेमा छिटै सरकारको धारणा सार्वजनिक गर्ने समेत उनले बताए ।
यसै सन्दर्भमा नेपालीलाइ जापान छिर्न सहज हुदै जान लागेको र नेपालबाट आउनुहुने यात्रुहरुले हाल सरकारको होल्डिंग सेन्टरमा ३ दिनसम्म बस्नुपर्ने व्यबस्थालाइ यहि ३० तारिकबाट हटाउने भएको जापानसम्बन्धमा जानकार जिज्ञानकुमार थापाले आफ्नो फ़ेसबुकमार्फ़त जानकारी गराएका छन । उनले उक्त मिति पछि जापान छिर्ने नागरिकले एयरपोर्टमा कोरोना परीक्षण गर्दा नेगेटिभ आएमा सोहि दिनआफ्नो निजी सवारीमार्फत घर जान सक्नेछन् समेत उल्लेख गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?