जापानको मुख्य सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वमा किशिदा फुमीओ निर्वाचित भएका छन । आगामी हप्ता उनी जापानको प्रधानमन्त्री बन्ने भएका हुन ।
६४ वर्षीय किशिदा अक्टोबर ४ मा बोलाईएको तल्लों सदनको विशेष अधिवेशनबाट आधिकारिक रूपमा जापानको १०० औ प्रधानमन्त्री हुने निश्चित भएको हो ।
एलडीपी नेतृत्वको गठबन्धनको संसदको दुबै सदनमा बहुमत रहेकोले जो पार्टी अध्यक्ष निर्वाचित हुन्छ उनी नै सोमबार हुने विशेष अधिवेशनबाट निर्वाचित प्रधानमन्त्री बन्ने निश्चित छ।
किशिदा पार्टी भित्र उदारवादी झुकाव राख्ने गुटको नेतृत्व गर्दै आएका र गत बर्ष पनि सुगासँगको प्रतिस्पर्धाबाट पराजित भएपछि पार्टी प्रमुख बन्न गरेको यो दोस्रो प्रयासमा सफलता हासिल गरेका छन । उनलाई धेरै अनुभवी सांसदहरुको समर्थन रहेको देखिएको छ ।
कोनो एक सुधारवादीको रूपमा देखिदै आएकाले उनी नै प्रधानमन्त्री बन्नको लागी उपयुक्त छ भन्ने अनुमानहरु मिडिया पोलमार्फत सार्वजनिक भए विपरित एलडीपीका युवा सांसदहरु र पार्टी सदस्यहरुबाट किशिदाले बाज़ी मारेका हुन ।
किशिदाले अघिल्लो प्रशासनको नवउदारवादी नीतिहरुबाट बाहिरिने र आम जनताले विकासको फाइदा लिन सक्ने सुनिश्चित गर्ने प्रतिज्ञा गरेका छन् ।
चारजना मध्य कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि कोनो तारो र किशिदा फुमियोको बीचमा पुन मतदान भएकोमा किशिदा निर्वाचित भएका हुन।
बुधवार भएको पहिलो चरणको निर्वाचनमा पूर्व नीति परिषदका प्रमुख किशिदा फुमीओले २५६ र प्रशासनिक सुधार मन्त्री तारो कोनोले २५५, पूर्व आन्तरिक मामिला तथा संचारमन्त्री ताकाइची सानाएले १८८ र एलडिपीका कार्यकारी कार्यवाहक महामन्त्री नोडा सेइकोले ६३ मत प्राप्त गरि कोहिपनि प्रत्यासीको स्पष्ट बहुमत नआएकोले दोस्रो चरणको प्रतिष्पर्धा तारो र फुमीयोका बिच हुने भएको थियो ।
पार्टी भित्र रहेका गुटहरुले कसलाई भोट गर्ने भन्नेमा पहिलो चरणको मतदानमा स्वविवेकले मत राख्न अनुमति दिएपछि कसैको स्पष्ट बहुमत नआएको बताईएको छ ।
प्रधानमन्त्री सुगाले यस महिनाको सुरुमा आफ्नो पद छाड्ने घोषणा गरे पछि यो निर्वाचन भएको हो । उनको उत्तराधिकारी किशिदालाई अब सत्तारुढ दलको नेतृत्व गर्ने जिम्मेवारी दिइनेछ, जसले कोभिड-१९ को महामारीबाट ग्रसित अर्थतन्त्रलाई सुधार गर्न मुख्य भूमिका निर्वाह गर्नुपर्ने दायित्व रहेको छ । चुनावका दौरानमा प्रत्याशीहरुले प्रधानमन्त्री सुगासँग नेतृत्व कौशल र उत्तरदायित्वको कमी रहेकोले त्यसको परिपूर्ति आफूहरुले गर्ने आश्वासन जनतालाई दिएका थिए ।