छैटौँ संस्करणको एनभिए कप महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली नेपाल पुलिस क्लब तथा गलकोट स्पोर्टस् क्लव टोकियोले पुरुषतर्फ विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको चौथो तथा अन्तिम खेलमा पुलिसले दावाली मिलान क्लबलाई ३–० को सोझो पराजित गरेको हो ।
पुलिसले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै पुलिसले तीन अंक जोड्दा दावालीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगिताको तेस्रो खेलमा गलकोट स्पोर्टस् क्लव टोकियोले बागमती प्रदेशलाई ३–०को सोझो सेटमा पराजित गर्यो ।
गलकोट स्पोर्टस् क्लव टोकियोले पहिलो सेट २५–१९,दोस्रो र तेस्रो सेट समान २५–१७ ले आफ्नो पक्षमा पार्यो । जितसँगै गलकोट स्पोर्टस् क्लव टोकियोले ३ अंक जोड्दा बागमतीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।