राष्ट्रिय समाचार

जापानले रोक्दै आएको ‘जापान प्रवेश’ खुला गर्ने संकेत, नया सिओइ पाएकालाई खुशीको खबर

कोरोना महामारीको संक्रमण बढ्न थालेपछि सिमा नियन्त्रण उपाय अन्तर्गत नया जापान प्रवेश योग्यता प्रमाणपत्र (सिइओ) प्राप्त गरेका अन्तराष्ट्रिय आगन्तुकहरूलाई जापान प्रवेशमा रोकेको जापानले खुला गर्ने संकेत गरेको छ ।सेप्टेम्बर २० तारिक नेपाल स्थित भिएफएसको कार्यालयले जारी गरेको सूचनाका अनुसार सिइओ प्राप्त गरेकाहरुको आवेदन संकलन गर्न सकिने बताएपछि लामो समयदेखि सिइओ आएर पनि जापान आउन प्रतीक्षामा रहेका विद्यार्थी लगायतलाई केही राहत महशुस गराएको छ ।जारी गरिएको सूचनामा हालका लागि १५८४ नम्बर उल्लेख गरिएका सिओइ प्राप्त गर्नेहरूले आवेदन गर्न सक्ने उल्लेख गरिएको… पुरा पढौ

ओली सरकारले नियुक्त गरेको सबै राजदूतलाई फिर्ता बोलाइयो

सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको यो निर्णयसँगै भारतका लागि नीलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, अमेरिकाका डा। युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी, बंगलादेशका वंशीधर मिश्र, ओमानकी शर्मिला पराजुली, जापानकी प्रतिभा राणा, मलेसियाका उदयराज पाण्डे, इजरायलका अन्जान शाक्य, कतारका नारद भारद्वाज, स्पेनकी आङफुटि शेर्पा र दक्षिण अफ्रिका निर्मलकुमार बिक फिर्ता भएका छन् । यी राजदूतमध्ये जापानका लागि… पुरा पढौ

टिकटक अब ४० मिनेट मात्र चलाउन पाइने !

कतिपय देशमा टिकटक बन्द गरेको समाचार हामीले सुन्दै आएको छौं । छिमेकी मुलुक भारत तथा पाकिस्तानले टिकटक बन्द गरेका छन् । अब भने टिकटक निर्माता देश चीनमा समेत टिकटक चलाउने समय ४० मिनेटमा सिमित गरिएको छ । चीनमा अब टिकटक प्रयोगकर्ताले ४० मिनेटमात्र चलाउन पाइने भएका छन् । चिनियाँ भर्सनको टिकटकमा यो नियम लागू भएको हो । चीनमा १४ वर्ष मुनिका बालबालिकाले अब दैनिक ४० मिनेटमात्र टिकटक चलाउन पाउनेछन् । टिकटकले सुरु गरेको 'टिनएज मोड' मा बालबालिकाले दैनिक ४० मिनेटभन्दा बढी टिकटकमा… पुरा पढौ

६ जनाको सामुहिक हत्यामा प्रहरीले भेटेको त्यो ‘क्लु’ जसले अनुसन्धानलाई ‘यू टर्न’ गरायो

संखुवासभा मादी नगरपालिका - १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको प्रकरणमा प्रहरीले थप चार जना संलग्न रहेको सार्वजनिक गरेपछि घटनामा फेरि ट्विस्ट देखापरेको छ। संखुवासभा प्रहरीले यसअघि तेजबहादुर कार्कीको परिवारको सामूहिक हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीको बयानको आधारमा योजनाबद्ध रूपमा हत्या भएको पुष्टि भएको हो ।   जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वजन सुवेदीका अनुसार तेजबहादुरको परिवारको हत्याका मुख्य योजनाकार खड्गबहादुर कार्की हुन् । सोमबार प्रहरीले खड्गबहादुर कार्कीसहित उनका छोरा हस्तबहादुर कार्की, रणबहादुर कार्की र उनका छोरा नरेश कार्कीलाई… पुरा पढौ

यी एपबाट मोबाइलमा सजिलै भिडियो एडिट गर्नुहोस्

कोरोनाभाइरसका कारण लामो समय घरमै बस्नुपर्ने भए पछि युट्युव भिडियो क्रियटरको संख्या उल्लेख्य रुपमा बढेको छ । यस्तो भिडियो एडिटिङका ससाना कामका लागि प्रोफेसनल एडिटरको आवश्यकता परिरहेको हुन्छ । मोबाइलमा केही एपको सहयोगमा सहजै प्रोफेसनल देखिने भिडियो एडिट गर्न सकिन्छ । हेर्नुहोस्  मोबाइलमै भिडियो एडिट गर्न सकिने सबैभन्दा महत्वपूर्ण एप   काइन मास्टर काइन मास्टर भिडियो एडिटिङका लागि उपलब्ध केही विकल्पमध्येको यो केही समय पहिलेसम्म सबैभन्दा अगाडि थियो ।यो एक उत्कृष्ट भिडियो एडिटिङ एप हो । यदि एक पटक तपाईंले यसका सबै फंसनलाई राम्रोसँग… पुरा पढौ

जापानमा नेपाली विद्यार्थी अर्चनाले आत्महत्या गरिन

नेपालको काठमाण्डौ जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष अघि बिद्यार्थी भिषामा जापानमा रहेकी एक नेपाली बिद्यार्थीले आत्महत्या गरेकी छन ।जापानको फुकुओका स्थित ईजिरीमा बस्ने र हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलको सोमबार बिहान करिव १:३० मा आफ्नो कोठामा आत्माहत्या गरेको अवस्थामा भेटिएको बताईएको छ ।मृतक भुर्तेल केही समय अघिदेखि पुरुष साथीसँग लिभिङ्ग टुगेदरमा बसदै आएकी थिइन । हाल उनको केटा साथी कामको शिलाशिलामा ओसाकामा बुझिएको छ । सामाजिक संजालमा निरन्तर कुरा भईरहे पनि पछिल्लो समय उनीहरुका… पुरा पढौ

अबको एनआरएनएको बाटो

सन् २००३ मा स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) ८३ वटा राष्ट्रमा फैलिसकेको छ । यी राष्ट्रहरु बाहेक पनि नेपालीको उपस्थिति रहेका अन्य राष्ट्रहरुमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले गैर आवासीय नेपाली संघको सक्रियता देखिन्छ । एक पटकको नेपाली, सँधैंको नेपाली भन्ने मार्मिक वाक्यांशालाई लिएर नेपालसँग देश बाहिर भावनाको देशमा रहेका नेपालीलाई जोड्नका निम्ति स्थापना भएको गैर आवासीय नेपाली संघ देश बाहिर रहेका नेपालीका निम्ति मात्र होइन नेपाल सरकारको दृष्टिकोणमा समेत एउटा महत्वपूर्ण सहयोगी संस्थाको रुपमा उभिन सकेको छ… पुरा पढौ

मोना जापानको सातौं अधिबेशन सम्पन्न, अध्यक्षमा सचिन श्रेष्ठ चयन

टोकियो । म्याग्दी जिल्लाबाट जापानमा आइ विभिन्न पेशा, व्यवसायी, अध्ययनमा आबद्द म्याग्देलीहरुको साझा संस्था प्रवासी म्याग्दी नेपाली संघ (मोना) जापानको सातौं अधिबेशन सम्पन्न भएको छ । आईतबार टोकियोस्थित बारकाँडे नेपाली रेष्टुरेन्ट शिनओकुबुमा सम्पन्न भएको मोना जापानको केन्द्रीय समितिको सातौ अधिबेशन तथा साधारण सभा सम्पन्न भएको हो । अधिबेशनमार्फत २ वर्षे कार्यकालको लागी सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । नवगठित कार्यसमितीकाे बरिष्ठ उपाध्यक्ष दिल केसी ( बिशाल ), महिला उपाध्यक्ष पबित्रा पुन, क्षेत्रीय उपाध्यक्ष टिका छन्त्याल , उपाध्यक्षहरू हेम… पुरा पढौ

जापानमा एक तिहाई वृद्धाहरू, शताब्दी उमेर पार गर्नेको संख्या करिब ९० हजार, महिला ८८ प्रतिशत

जापानमा ६५ वर्ष भन्दामाथिको उमेर समूहका मानिस संख्या अन्य उमेर समूहको जनसंख्याको तुलनामा उच्च रहेको एक सर्वेक्षणले देखाएको छ ।सोमबार वृद्धहरूको सम्मान स्वरूप वृद्ध दिवस अवसरमा राष्ट्रिय बिदा राखिएको छ । यसै सन्दर्भमा सरकारी स्तरबाट गरिएको एक सर्वेक्षणले जापानमा वृद्धाहरुको जनसंख्या बढ्दै गएको र जन्मदर घटदै गएको तथ्यहरू सर्वेक्षणले देखाएको छ ।आन्तरिक मामिला मन्त्रालयका अनुसार वृद्धाहरुको जनसंख्या बुधवारसम्ममा ४ करोड भन्दा बढि रहेको बताएको छ । यो संख्या गतवर्ष भन्दा २ लाख २० हजारले बढि रहेको सर्वेक्षणले देखाएको छ ।वृद्धा… पुरा पढौ

अझै कति वर्ष लाग्ला स्वचालित सवारी आउन ? ज्येष्ठ नागरिकले भरिएको जापानको प्रयास पनि सुस्त

जापान उसै पनि ज्येष्ठ नागरिकहरूको देश बनेको छ, तिनका निम्ति स्वचालित गाडी उपलब्ध गराउन त्यहाँको सरकारले चाहेको छ । तर, हालै भएको एक दुर्घटनाले भविष्यमा आउन सक्ने चुनौतीलाई रेखांकित पनि गरिदिएको छ । जापानसमेत अन्य कतिपय देशमा स्वचालित गाडी सडकमा कुदिरहेका छन् । जापान सरकारले त टेक्नोलोजी विकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।गत वर्ष नै जापान केही अवस्थालाई पूरै नियन्त्रणमा लिने सवारी सार्वजनिक सडकमा गुडाउने अनुमति दिने पहिलो मुलुक बन्यो । उक्त होन्डा कारलाई ‘लेभल थ्री’ को स्वायत्तता दिइयो, अर्थात… पुरा पढौ