राष्ट्रिय समाचार

जापानमा ‘क्युस्यु नेप्लिज वेलफियर सोसाइटी’ को गठन

जापानको फुकुओका स्थित किताक्युस्यु कोकुरामा पनि पछिल्लो समय नेपाली समुदायको उपस्थितति बाक्लो हुदै गईरहेको सन्दर्भमा नेपाली समुदायलाई एकिकृत गर्ने उद्देश्यले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको गठन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको औपचारिक उदघाटन गरिएको हो । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य तथा आगामी कार्यकालका एसिया प्यासिफिक क्षेत्रका उप–संयोजकका उम्मेद्धार टंक गैरेको प्रमुख अतिथिमा प्रत्यक्ष तथा जुम भर्चुअल मार्फत नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले उक्त… पुरा पढौ

भरतमणि पौडेल बने कमेडी च्याम्पियन-२

हास्य रियालिटी सो कमेडी च्याम्पियन २ को विजेता भरतमणि पौडेल बनेका छन् । उनले अन्य दुई प्रतिस्पर्धीलाई पछाडि पार्दै कमेडी च्याम्पियनको उपाधि जितेका हुन् । शनिबार बेलुका भएको ग्राण्ड फिनालेमा भरतमणि च्याम्पियन बनेसँगै नगद २५ लाख रुपैंयाँ र एक कार पुरस्कार पाएका छन् । भरतमणिले गरेको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाहको क्यारिकेचर सर्वाधिक रुचाइएको प्रस्तुतिमा परेको थियो । यसबाहेक घरबेटीको चरित्र पनि उत्तिकै प्रशंसनीय थियो । उनीसँग ग्रान्ड फिनालेका प्रतिस्पर्धी थिए, भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका… पुरा पढौ

अनेरास्ववियू क्रान्तिकारी बागलुङको २४ औं सम्मेलन : मिलन काउचाको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी बाग्लुङको २४ औं जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा´ भन्ने उद्घोषकका साथ गलकोटमा शनिबार सम्पन्न भएको हो । सम्मेेलनले मिलन काउचा मगरको अध्यक्षतामा ४५ सदस्यीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन (क्रान्तिकारी) जिल्ला कार्य समितिको पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा प्रदीप सापकोटा, सचिवमा विकास कँडेल, कोषाध्यक्षमा देवीकुमारी रसाइली र अन्य सदस्यहरु रहेका छन् ।कार्यक्रममा अखिल नेपाल राष्ट्रिय… पुरा पढौ

शिक्षकको हक हितका लागि निर्णायक आन्दोलन उत्रनु पर्ने-क्षत्री

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको विस्तारित बैठक शनिबार गलकोट हटियामा सम्पन्न भएको छ । बैठकमा बोल्दै संगठनका केन्द्रीय उपाध्यक्ष झपिन्द्र क्षेत्रीले शिक्षकको हक हितका लागि निर्णायक अान्दोलनमा उत्रनु पर्ने बताए । उक्त अवसरमा संगठनका केन्द्रीय सदस्य इन्दु शर्मा, ने क पा माअोवादी का गण्डकी प्रदेश सदस्य फमलाल निउरे, जिल्ला सदस्य तथा शिक्षक फ्याक्सन ईन्चार्ज चन्द्र दत्त रेग्मी लगायतले मन्तव्य राखेका थिए । बैठकले असोज ९ गते ८५ वटा वडामा वडा समित गठन, असोज १६ गते जिल्लाका… पुरा पढौ

६५ वर्ष उमेर तथा कोरोना लाग्ने उच्च जोखिममा भएकाहरुलाई तेश्रो खोप लगाउन सिफारिस

अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडिए)का खोप सल्लाहकारहरुले ६५ बर्ष उमेर माथिका तथा कोरोना लाग्ने उच्च जोखिममा भएकाहरुलाई तेश्रो खोप लगाउन सिफारिस गरेको छ । अर्थात् पूर्ण खोप लगाई सकेकाकालाई पनि लगाउन सिफारिस गरेको छ । सेप्टेम्बर १७ शुक्रबारका दिन बुस्टर डोज अर्थात् अभिवर्धक खोप लगाउन मतदान गरि सिफारिस गरेको छ । लामो समय देखि नै बाइडेन प्रसासनले सेप्टेम्बरको २० को वरिपरि तेश्रो खोप ल्याउने पहिले नै योजना बनाई रहेको समयमा एफडिएका खोप सल्लाहकारहरुले सिफारिस गरे पछि सुनमा सुगन्ध भएको छ… पुरा पढौ

जापानले रि- इन्ट्री भिषालाई प्रवेश अनुमति दिएसंगै जारी गर्यो क्वारेन्टिन सम्बन्धी अनिवार्य पालना गर्नुपर्ने नियमहरु

कोरोना संक्रमणको दर उच्च हुदै गएपछि त्यसको नियन्त्रणका लागि भन्दै जापान सरकार नेपाल सहितका केही देशहरुमा लगाएको आगन्तुक प्रतिबन्ध फुकुवासंगै क्वारेन्टिनका लागि समेत नया नियमको व्यवस्था गरेको छ ।विदेश मन्त्रालयले शुक्रवार राती आफ्नो आधिकारिक वेबसाईट मार्फत सूचना प्रकाशित गर्दै जापानको रि- इन्ट्री भिषा भएका नेपाल लगायत ४४ देशबाट जापान प्रवेश गर्न चाहने आगन्तुक जापान आउनु सक्ने बताईएको छ ।जारी गरिएको सूचनामा सेप्टेम्बर २० बाट २०२१ बाट नेपालसहित ४४ देशका नागरिकहरु जोसँग जापानको आवासीय भिषा र रि- इन्ट्री भिषा रहेको छ… पुरा पढौ

‘एनआरएन निर्वाचन विवादरहित बनाउँछौँ’

काठमाडौँ: गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले  अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुनै पनि बदमासी हुन नदिने स्पष्ट पारेको छ । एनआरएनले आज जारी गरेको विज्ञप्तिअनुसार २०२१ अक्टोबरमा हुने निर्वाचनलाई विवादरहित बनाउन अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा जुटेको स्पष्ट पारेको छ । जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको उसले जानकारी दिएको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय… पुरा पढौ

ढोरपाटनमा शिकार याम सुरु

ढोरपाटन शिकार आरक्षमा शिकार खेलाउन पाँच कम्पनीले दरभाउपत्र बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गतेदेखि शुक्रबारसम्मलाई दरभाउपत्र पेश गर्न समय तोकेको थियो । विभागका अनुसार शिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले बोलपत्रमा भाग लिएको हो । बोलपत्रको प्रकृया पूरा गरेपछि मात्र कम्पनीले शिकारका लागि अनुज्ञापत्र पाउँछन् । प्रतिस्पर्धाबाट शिकार गराउनका लागि हरेक शिकार याममा विद्युतीय बोलपत्र आव्हान गर्ने गरिएको विभागका सूचना अधिकारी हरिभद्र… पुरा पढौ

जापानले नेपालसहित अन्य केहि मुलुकमा लगाउदै आएको प्रवेश प्रतिबन्ध खुला गर्ने, रि-इन्ट्रि पाइने, सयौ नेपालीलाई राहत

जापान सरकारले कोरोना भाइरसको संक्रमणलाई बढ्न नदिने भन्दै नेपालसहित विभिन्न ४४ वटा देशका आगन्तुकहरुमाथि लगाएको प्रवेश प्रतिबन्ध हटाउने भएको छ ।विदेश मन्त्रालयले शुक्रबार राती अबेर आफ्नो होमपेजमार्फत सूचना जारी गर्दै नेपाल लगायत अफगानिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्ससहित ४४ देशमा को लागि पुन प्रवेश प्रतिबन्धलाई सेप्टेम्बर १९ तारिक राती १२ बजेदेखि हटाउन लागेको उल्लेख गरेको छ । १९ तारिक रातीबाट प्रतिबन्ध हटाइएपनि आगन्तुकहरुले २० गतेबाट मात्र प्रवेश अनुमति दिइने बताइएको छ । आगन्तुकहरुलाई प्रवेशमा अनुमति दिइएपनि क्वारेन्टिनको नियमलाई भने कडाईका साथ… पुरा पढौ

उत्तर कोरियाः क्रूज क्षेप्यास्त्र परीक्षण किन अरू देशका लागि चिन्ताको विषय हो?

केही दिनअघि उत्तर कोरियाले जापानसम्म प्रहार गर्न सक्ने लामो दूरीको क्रूज क्षेप्यास्त्रको सफल परीक्षण गरेको घोषणा गर्‍यो।  बलिस्टिक भनिने प्रकारका क्षेप्यास्त्रको दाँजोमा क्रूज प्रकृतिका क्षेप्यास्त्रहरू हावामा उडानमा रहेका बेला तलमाथि जाने वा मार्ग परिवर्तन गर्न सक्ने क्षमताका हुन्छन्। यो गुणले गर्दा क्रूज क्षेप्यास्त्रहरूले तिनका निसानामा विभिन्न अनपेक्षित कोणबाट आक्रमण गर्न सक्छन्।  यो पछिल्लो परीक्षणबाट उत्तर कोरियाले परमाणुअस्त्रहरूको प्रयोग गरेर आक्रमण गर्न सक्ने आफ्नो क्षमतालाई विभिन्न तरिकाले बढाउने कार्यलाई निरन्तरता दिइरहेको छ भन्ने देखाएको छ।  कोरोनाभाइरसको महामारी, देशमा विभिन्न चरणको प्राकृतिक… पुरा पढौ