राष्ट्रिय समाचार

नेपालमाथि ओमानको जित

नेपालले दिएको १९७ रनको लक्ष्य घरेलु टिम ओमानले ३१।१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। ओमानको जितमा ओपनर जतिन्दर सिंहले शतक प्रहार गरे। उनले १०७ रनको योगदान गरे। कुशल मल्लको बलमा रोहित पौडेलबाट क्याच हुनुअघि उनले ६२ बलमा १२ चौका र ६ छक्का हिर्काए। सिंहले सोमपाल कामीलाई एकै ओभरमा ३० रन प्रहार गरेका थिए। पाँचौ ओभरमा सोमपालविरुद्ध उनले तीन चौका र तीन छक्का हिर्काएका थिए। यस्तै सुरज कुमारले २० रन र आयन खानले १८ रन जोडे। मोहमद नदीमले नटआउट ३८… पुरा पढौ

टिकटक बनाउन खोज्दा सेती नदीमा खसेर १९ वर्षीया किशोरी बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ । शुक्लागण्डकी नगरपालिका– ८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीय र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए… पुरा पढौ

एनआरएनए को १० औँ महाधिवेशन तोकिएकै मितिमा हुने, संघको नियमित काम कारवाहीमा हस्तक्षेप नगर्न परराष्ट्र मन्त्रालयलाई आग्रह

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वयन परिषदले संघको (एनआरएनए) १० औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन जस्तोसुकै परिस्थिति सृजना भएपनि तोकिएकै मितिमा सम्पन्न गरि छाड्ने प्रतिवद्दता व्यक्त गरेको छ ।मंगलबार प्रवक्ता डिबी क्षेत्रीद्वारा एक विज्ञप्ती जारी गर्दै महाभुकम्प र नाकाबन्दी जस्ता प्रतिकुल अवस्थामा पनि विधानमा व्यवस्था भए अनुसार संघले २–२ वर्षमा निर्वाचन गर्दै आएको सन्दर्भ उल्लेख विज्ञप्तीमा भनिएको छ -हामी जस्तोसुकै वैधानिक बाटो अपनाएर प्रक्रिया सम्मत छानिनु भएका तपाई प्रतिनिधिहरुको अधिकार सुनिश्चित गर्न कुनै कसर बाँकी राख्ने छैनौँ ।गैरआवासीय नेपालीहरुले उत्साहका… पुरा पढौ

तपाई‌को घरमा साङ्लोले सताएको भने अब यसरी भगाउनुस्

साङ्लोले नसताएको घर कमै भेटिएला । अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू फुत्तफुत्त निस्केर तपाईंलाई हैरानै गर्छन् होला । गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ । अनि त कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला फाल्नुपर्ने आवश्यकता आइलाग्छ । बजारमा पाइने स्प्रेले साङ्लालाई मार्छ तर त्यसमा भएको रसायनले स्वास्थ्यलाई हानि पनि पु–याउँछ । यहाँ हामी केही घरेलु उपाय बताउँछौं जसको प्रयोग गर्दा साङ्ला पनि भाग्छन् र स्वास्थ्य पनि खराब हुँदैन । तेजपातखानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै… पुरा पढौ

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा राजभण्डारी

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा मुकेशचन्द्र राजभण्डारी चयन भएका छन् । मंगलबार भएको दोस्रो अधिवेशनबाट राजभण्डारी अध्यक्षमा सर्वसम्त रूपमा चयन भएका हुन् । उनको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएकाे छ । जसको उपाध्यक्षमा गगन पुन (बानपा), कौशिला घर्ती (गलकोट), सुरज विक (ढोरपाटन), भीम घर्ती (ताराखोला) र प्रकाश शर्मा (जैमिनी) चयन भएका छन् । आज सम्पन्न अधिवशेनबाट महासचिवमा गोकुल कँडेल, सचिवमा प्रकाश रखाल, सह–सचिवमा तुलसीनारायण भारी, कोषाध्यक्षमा मनकाजी विश्वकर्मा र सह–कोषाध्यक्षमा… पुरा पढौ

ज्वरो कम गर्ने यस्ता छन् घरेलु उपायहरु

९७ डिग्री फरेनहाइटदेखि ९९ दशमलव ५ डिग्री फरेनहाइटबीचको तापक्रमलाई आवश्यक सामान्य तापक्रम मानिन्छ । शरीरको तापक्रम औसतभन्दा माथि जानुलाई नै ज्वरो भनिन्छ । ज्वरो भन्नाले शरीरको ताप्रक्रम बढ्नु वा हो । कुनै कारणबस जब तपाइँको शरीरमा कुनै ब्याक्टेरिया वा भाइरसले आक्रमण गर्दछ तब तपाइँको शरीर भित्र भएको इम्युनिटीले ती ब्याक्टेरिया वा भाइरसहरुलाई मार्न युद्द गरिरहेको हुन्छ। तर समय र परिस्थिति अनुसार केही क्षणलाई शरीरको तपक्रम बढेको पनि हुन सक्छ जसलाई ज्वरो नमानिने पनि हुन् सक्छ । जस्तै निकै गर्मिमा हिड्नेको बेला, दौडिएको बेला, ब्यब्याम गरेको… पुरा पढौ

नेपाली बालबालिकालाई जापानमा विद्यालय स्तरको शिक्षा हासिल गर्न जानकारीमूलक कार्यक्रम गरिदै

जापानमा रहेका नेपाली बालबालिकाहरुलाई विद्यालय स्तरको शैक्षिक जानकारी दिनका लागि अनलाइन इभेण्ट गरिने भएको छ ।सप्ला निर सिटिज़न कमिटी इन जापान फर ओभरसिज सपोर्टको आयोजनामा सेप्टेम्बरको २६ तारिक आइतबार विहान १०:०० बजेदेखि दिउँसो १२:०० सम्म जापानमा रहेका नेपाली बालबालिकाहरुको लागि प्राथमिक तथा निम्न माध्यामिक विद्यालय स्तरीय जानकारीमूलक अनलाइन कार्यक्रम गर्न लागिएको सूचनामार्फत जनाईएको छ ।टोकियो युनिवर्सिटिमा विद्यावारिधि पिएचडीको अनुसन्धान गरिरहनु भएका दिनेश प्रसाद जोशी रतालाले सहजिकरण गर्नु हुने सो कार्यक्रममा नेपाल र जापानको शैक्षिक प्रणाली तथा रीतिरिवाजको बारेमा भिन्नता, जापानको… पुरा पढौ

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्। आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका नेता केपी शर्मा ओलीलगायत सबै दलका प्रमुखसँग छलफल गरेकी थिइन्। यही क्रममा एमसिसी आयोजना अगाडि बढाउने जिम्मेवारी लिएको संस्था एमसिएका पदाधिकारीसँगको… पुरा पढौ

सामाजिक यथार्थपरक कथा बोकेको श्रीकृष्णको “सारङ्गी” सार्वजनिक (भिडियो सहित)

‘रेटिदै छ सारंगी धुन, गरिबको कहानी लौ सुन’ भन्दै गलकोट बागलुङका स्रष्टा लोकप्रिय गीतकार, संगीतकार तथा गायक श्रीकृष्ण बम मल्लले अधिकांश नेपालीहरूको वास्तविक जीवन कहानीलाई ‘सारंगी’ नामक गीति एल्बममार्फत आवाज बोलेका छन ।एक सारंगी वादकलाई प्रतिनिधि पात्रको रूपमा प्रस्तुत गर्दै उनैमार्फत सामाजिक यथार्थपरक कथा बनाई नेपाली श्रमजिवी गरिब जनताको आवाजलाई मुखरित गर्ने प्रयास सो एल्बममार्फत गरिएको छ ।विगतमा नेपाली ग्रामीण क्षेत्रमा सूचना र जानकारी दिदै हिडने सारंगी वादक एक सूचनादाताले आफ्नो दैनिक जीवनमा के कस्तो पिडा र अभाव झेल्नु र… पुरा पढौ

अमेरिकाको ओहायोमा एकाबिहानै घरमा आगो लाग्दा ५ जना नेपाली परिवारका सदस्यहरुको दुखद निधन

अमेरिकाको ओहायो राज्यको आक्रन शहरमा भएको आगजनीबाट ५ जना नेपाली नेपाली परिवारका सदस्यहरुको दुखद निधन भएको छ । सेप्टेम्बर १३ सोमबारका दिन बिहान आगलागी हुँदा ३ जना बालबालिका र २ जना वयस्कको निधन भएको छ । मृतक हुने सबै नेपाली भाषी भुटानीहरु हुन् । आक्रन अग्नी नियन्त्रण बिभागले जनाए बिहानै आगलागी हुँदा ५ जनाको निधन भएको र ४ जना घाइते भएको जनाएका छन । आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर संख्यामा बिहान १२ :५० मा आगो लागेको हो ।… पुरा पढौ