राष्ट्रिय समाचार

एमसीसी सम्झौता अनुमोदन गराउन पहल गर्न आएकी उपाध्यक्षलाई मिलेन सकारात्मक संकेत, कस्तो गर्लिन त बोर्डमा ब्रिफिङ ?

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा रहेको अन्योल चिर्ने र नेपालमा एससीसी कार्यान्वयनको वातावरण बनाउने उद्देश्य लिएर काठमाडौं अवतरण गरेकी एमसीसी उपाध्यक्ष फातिमा सुमार आइतवार अमेरिका फर्कँदै छिन् ।  फतिमा सुमारको नेपाल बसाईका क्रममा राजनितिक भेटघाटमा निकै व्यस्त रहिन र एमसीसी सम्झौता पास गर्नका लागि सकेसम्मको लागि परिन । तर राजनितिक दलमा शीर्ष नेतृत्वबाट अपेक्षा गरेअनुसारको जवाफ भने पाउन सकिनन् । सबै पक्षबाट राष्टिय सहमतिका आधारमा मात्र सम्झौतालाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिने खालको सन्देश प्राप्त… पुरा पढौ

एमालेको विधान महाधिवेशनको मिति परिवर्तन, विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनको मिति परिवर्तन गरिएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनको मिति तय गरिएको सचिब योगेश भट्टराइले जानकारी दिए । उनले समय अपुग भएकाले यसअघि तोकिएको मिति परिवर्तन गरिएको बताए । उनका अनुसार विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म काठमाडौंमा हुने जानकारी दिए । सचिव भट्टराईकाअनुसार दस्तावेज तयारी लगायत काम नसकिएकोले महाधिवेशन सारिएको हो । त्यसको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी बैठक बोलाइएको छ ।… पुरा पढौ

एनआरएनए सदस्य संख्या ५ लाख पुराउने कुल आचार्यको घोषणा, एनआरएन नागरिकता कार्यान्वयन सर्वोच्च प्राथमिकता

काठमाडौँ (जीएनएन )-गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आफु निर्वाचित भएमा संघको सदस्य संख्या पांच लाख पुराउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् । अहिले संघको सदस्य संख्या १ लाख बढी छ। जीएनएनसंग कुरा गर्दै आचार्यले थप मुलुकहरुमा संघका शाखा विस्तार गरेर तथा राष्ट्रिय समन्वय परिषदहरुलाई क्रियाशील गराएर सदस्य संख्या पांच गुना बढाउने आफुले योजना ल्याएको खुलासा गरे। उनले संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या एक सय पुर्याउने पनि बताए । हालसम्म ८४ देशमा एनआरएनए पुगेता पनि… पुरा पढौ

गठबन्धन सरकारको बजेटः आर्थिक राहतदेखि थप सामाजिक सुरक्षासम्म, यस्ता छन् विशेषता

सरकारले चालु खर्चतर्फ रहेका सबै बैठक भत्ता कटौती गरेर त्यसबाट प्राप्त हुने रु पाँच अर्ब बराबरको बजेट कोरोना खोप खरिदका लागि उपयोग गर्ने भएको छ।  अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेता तालिम र गोष्ठीसम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्याङ्कन खर्च, भ्रमण खर्च, विविधि कार्यक्रम खर्च शीर्षकमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरिएको उल्लेख गरे। त्यसबापत प्राप्त हुने रु पाँच अर्ब… पुरा पढौ

संखुवासभा सामूहिक हत्या प्रकरण : ‘तेजबहादुर मात्र मार्न खोजेको थिएँ, देख्नेजति सबैलाई सिध्याएँ’

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।  तेजबहादुरको भन्दा करिब डेढ सय मिटर टाढा घर रहेका २६ वर्षीय लोकबहादुर कार्कीले परिवारका ६ जनाकै हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो। ५ दिन लामो अनुसन्धानपछि प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको छ। हत्या गरेपछि पनि लोकबहादुर घरमै थिए।… पुरा पढौ

छविलाल सुवेदी : मोफसलका एक मात्रै उत्कृष्ट निजामती कर्मचारी

सरकारले निजामती सेवा दिवसको अवसरमा यसै साता ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गर्यो। २०६१ सालदेखि मनाउन थालिएको यो दिवसको अवसरमा सरकारले सर्वोत्कृष्ट कर्मचारी, उत्कृष्ट कर्मचारी र निजामती कर्मचारी पुरस्कार दिँदै आएको छ।  यस वर्ष ८० हजार सरकारी कर्मचारीबाट सरकारले सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेन। त्यसबाहेक उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कार ३० जना सम्मानित हुँदैछन्। यसवर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० मध्ये ९ जना काठमाडौं उपत्यकामा कार्यरत सरकारी कर्मचारी छन्। उपत्यका बाहिरका एकजनालाई मात्रै सरकारले पुरस्कार… पुरा पढौ

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को मनोनितहरुलाई प्रमाणपत्र बितरण, कलाकार तथा मोडल तुलशा कटुवाल टप ५ मा मनोनित

क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा बिभिन्न क्षेत्रका कलाकर्मी, फेसन डिजाईनका क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले काठमाण्डौँमा क्वालिटि ईन्टरटेनमेन्ट अवार्ड २०७८ को आयोजना गर्ने भएको छ । क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त अवार्ड कार्यक्रम अन्तर्गत शनिवार औपचारिक कार्यक्र्रमको आयोजना गरी नोमिनेशनमा परेका सर्जक, कलाकार गायक गायिका, नायक नायिका, मोडल तथा नव कलाकारहरुलाई मनोनित प्रमाणपत्र बितरण गरेको हो । क्वालिटी फिल्मस प्रा.लि.द्वारा आयोजना हुने क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभ मनोनयनमा परेका सर्जक, कलाकार र प्राविधिकहरुको विधा र नामावली शुक्रवार सार्वजनिक गरिएको… पुरा पढौ

जापानमा नेपाली समुदायमा कोरोना संक्रमण व्यापक, नागोयामा एक नेपालीको कोरोनाबाट निधन भएको आशंका

जापानमा नेपाली समुदायमा कोरोना संक्रमण व्यापक भएपछि चिन्ता छाएको छ। यतिबेला धेरै नेपालीहरू रहदैं आएका जापानको टोकियो, नागोया, ओसाका र फुकुओका लगाएतका शहरहरुमा नेपालीहरु अत्याधिक संक्रमित भएको बताइएको छ। यसै बिच जापानको नागोयामा पारिवारिक भिषामा रहदैं आएकी बागलुङ गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डवखानीकी ३८ वर्षीय यशोधा पुन मगर बेलुको निधन भएको पारिवारिक स्रोतले बताएका छन्। उनी २ हप्ता अघि कोरोना संक्रमण भई कोराना मुक्त भएकी थिइन । शुक्रवार राती पुन मगरले स्वासप्रश्वासमा असहजता महसुश गरेपछि पछि एम्बुलेन्समार्फत अस्पतालमा लगिएको… पुरा पढौ

बेलु पुनको कोरोनाबाट मृत्यु भएको आशंका, एकहप्ता भित्रै जापानमा बागलुङ गलकोटका दुईजनाको निधन

बागलुङ गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डपखानी स्थायी घर भई हाल पारिवारिक भिषामा, जापानको आईची प्रान्तको नागोया बस्ने बेलु पुन मगरको कोभिड संक्रमणका कारण निधन भएको छ ।समाचार स्रोतका अनुसार, उनलाई कोरोना संक्रमण भएको लक्षणहरु देखापरेपछि,कोरोना परिक्षण गर्दा पोजिटिभ रिजल्ट आएको थियो । यद्यपी निकट स्रोतले जनाए अनुसार कोरोना पोजिटिभ देखिएता पनि उनको निधन भने हृदयघातका कारण भएको हुनसक्ने बताइएको छ ।मृतक पुन मगरका श्रीमान दक्ष कामदार भिसामा जापानमा कुक पेशामा आवद्ध छन् भने ३ जना छोराछोरी रहेका छन् ।मृतक… पुरा पढौ

एमसीसी उपाध्यक्ष र प्रधानमन्त्री बीच भेट:राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाइने प्रधानमन्त्रीको आश्वासन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उपाध्यक्ष सुमारसहितको टोलीले प्रधानमन्त्री देउवासँग भेट गरेको हो । प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) अगाडि बढाउन आफूले राजनीतिक छलफल गरिरहेको बताएका छन् ।  बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन आफूले राजनीतिक स्तरमा छलफल गरिरहेको बताएका हुन् । 'एमसीसी अगाडि बढाउन मैले प्रयास गरिरहेको छु,' उनले भने, 'हामी सकारात्मक छौँ तर सत्ता… पुरा पढौ