एमालेको विधान महाधिवेशनको मिति परिवर्तन, विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म

-


     जनहित न्युज    
     भाद्र २६ गते २०७८


काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनको मिति परिवर्तन गरिएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनको मिति तय गरिएको सचिब योगेश भट्टराइले जानकारी दिए ।

उनले समय अपुग भएकाले यसअघि तोकिएको मिति परिवर्तन गरिएको बताए । उनका अनुसार विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म काठमाडौंमा हुने जानकारी दिए ।

सचिव भट्टराईकाअनुसार दस्तावेज तयारी लगायत काम नसकिएकोले महाधिवेशन सारिएको हो । त्यसको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी बैठक बोलाइएको छ । उक्त बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनहरू स्थायी समितिको बैठकमा प्रस्तुत गर्नेछ। 

भट्टराईका अनुसार विधान महाधिवेशनमा प्रतिनिधि परिषद्का सदस्यहरु विधान महाधिवेशनका सदस्यहरु हुने ऐन रहेपनि प्रतिनिधि परिषद् नबनेकोले केन्द्रीय कमिटी र त्यसका सदस्यहरु, अनुशासन आयोगका प्रतिनिधि र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका सचिवसहित १५ जना सदस्य, सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्यहरुले भाग लिन पाउनेछन् ।

विधान महाधिवेशनमा भाग लिने 

सचिव भट्टराईका अनुसार विधान महाधिवेशनमा प्रतिनिधि परिषद्का सदस्यहरु विधान महाधिवेशनका सदस्यहरु हुने ऐन रहेपनि प्रतिनिधि परिषद् नबनेकोले केन्द्रीय कमिटी र त्यसका सदस्यहरु, अनुशासन आयोगका प्रतिनिधि र सदस्य, लेखा परिक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रिय विभागका सचिवसहित १५ जना सदस्य, सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्यहरुले भाग लिन पाउँनेछन्। 

त्यस्तै प्रदेश र सो सरहका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित र खुल्ला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनितहरुले पनि विधान महाधिवेशनमा भाग लिन पाउने निर्णय भएको सचिव भट्टराईले बताउनुभयो । योसहित करिव ३ हजार प्रतिनिधिहरुले भाग लिने उनले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?